सरस्वति स्कुल

सरस्वति स्कुल

Share

It is located in hilly Region of western Palpa It is government based school .

19/06/2023

शैक्षिक गुणस्तर निर्माणमा शिक्षक, अभिभावक र विद्यार्थीको भुमिका

शैक्षिक सत्रको सुरुवात संगै विद्यार्थीहरु आफ्नो सफलतासँगै नयाँ जोश र जाँगरका साथ विद्यालयमा छन । प्रायः विद्यालयहरुमा अध्ययन अम्यापन कार्य सुरु भइसकेको अवस्था छ । विद्यार्थीको नयाँ कक्षामा पढ्ने उत्साह र उमङ्गलाई बर्षभरि नै कायम राख्न सके सिकाई उपलब्धीलाई पनि प्रभावकारी बनाउन सकिन्छ ।

विद्यालय बालबालिकाको दोस्रो पाठशाला हो भने घर पहिलो पाठशाला हो । विद्यालयमा बालकबालिकाले औपचारिक शिक्षा लिने अवसर पाउँछन् भने घरमा अनौपचारिक शिक्षा लिईरहेका हुन्छन् । विद्यालयको तुलनामा बालकबालिकाहरूले घरमा धेरै समय बिताउँछन् । विद्यालयमा किताबको ज्ञान बढी लिने गर्दछन् भने घरमा किताब बाहिरको वा व्यवहारिक ज्ञान लिने गर्दछन् ।
घर र विद्यालय बालबालिकाको लागि दुवै ठाउँ उत्तिकै महत्वपूर्ण हुन्छ । घर र विद्यालय दुवैको वातावरणले बालबालिकालाई भविष्यको रेखा कोर्न मद्दत गरिरहेको हुन्छ । यति हुँदाहुँदै पनि विद्यालयको भूमिकालाई हामीले निकै प्राथमिकता दिएर हेर्ने गर्दछौं । यसको एउटै कारण छ, विद्यार्थीले विद्यालयमा प्रत्येक कक्षामा परीक्षा दिनु पर्ने हुन्छ र माथिल्लो कक्षामा उक्लन उत्तीर्ण हुनै पर्ने हुन्छ । विद्यार्थीको सिकाईको मूल्याङ्कन हुने भएकाले विद्यालयको सिकाईप्रति सबैको ध्यान केन्द्रित हुने गर्दछ । सबैको चासोको विषय हुने गर्दछ । उसले कति नम्बर ल्यायो, कति प्रतिशत ल्यायो, कतिऔं स्थानमा छ आदि कुराले विद्यार्थीको स्तर मापन गर्ने गरिन्छ भने घरमा उसले सिकेका कुराहरूको कुनै मापन गरिदैन । घरको वातावरणले विद्यालयको पढाईमा समेत प्रभाव पारिरहेको हुन्छ भन्ने कुरा हामीले बिर्सिएका हुन्छौं ।

हामीले विद्यार्थीको विद्यालयको परीक्षा मापन प्रणालीलाई मात्र ध्यान दिएका हुन्छौं । के विद्यार्थीको परीक्षाको प्राप्ताङ्क मात्रै उसको सिकाई, बुझाई हो त ? एउटा विद्यार्थी किन, कसरी, केके कारणले सफल र असफल हुने गर्दछ त ? विद्यार्थीको शैक्षिक उन्नतिको लागि क–कसको के–के भूमिका रहन्छ त ? विद्यार्थीको सफलतामा को बढी जिम्मेवारी हुन्छ त ? यी यस्ता प्रश्नहरूप्रति कसैको पनि ध्यान जाने गरेको देखिँदैन । प्रत्यक्ष रुपमा तीन पक्षको जिम्मेवारीको कुरा आउँछ । ती तीन पक्ष हुन्ः विद्यार्थी, शिक्षक र अभिभावक । यी तीन पक्षलाई एउटै उद्देश्यमा बाँध्न सके शैक्षिक उन्नति हुनेमा कुनै दुईमत नहोला ।

विद्यार्थी कसरी सफल हुन्छ भन्ने कुरामा यही बाटा भएर जानु पर्छ भनेर किटान गर्न त सकिदैन । विद्यार्थीको क्षमता फरक–फरक हुन्छ । उनीहरूलाई एउटै औषधीले काम नगर्न सक्छ अर्थात् एउटै शिक्षण विधिले सबै विद्यार्थीलाई बुझाउन गाह्रो हुन सक्छ । त्यसैले एउटै पाठलाई पनि विविन्न शिक्षण विधि प्रयोग गरेर विद्यार्थीलाई बुझाउनु पर्ने हुनसक्छ । जसको लागि शिक्षकहरुले आफूसँग भएको सीप, ज्ञान र क्षमताको प्रयोग गर्न कन्जुस्याईं गर्नु हुँदैन ।

विद्यार्थीको लगनशिलता पहिलो कुरा हो । विद्यार्थी लगनशिल हुनु पर्दछ । विद्यार्थीले कक्षामा शिक्षकले सिकाएको समयमा ध्यान केन्द्रित गर्नु अर्को महत्वपूर्ण पक्ष हो । शिक्षकले सिकाईरहँदा विद्यार्थीको ध्यान कक्षामा केन्द्रित छैन वा हुँदैन भने विद्यार्थीको सिकाई उपलब्धी न्यून हुने गर्दछ । विद्यालय नियमित जाने, विद्यालयको गृहकार्य नियमित गर्नु अर्को पक्ष हो । विद्यार्थी जहाँ–जहाँ गएर ठोकिन्छ वा घुलमिल हुन्छ त्यस ठाउँको वातावरण शैक्षिक खालको हुनु आवश्यक छ । शैक्षिक खालको भन्नाले शान्त वातावरण, स्थानीय स्तरमा शैक्षिक बहस हुने स्थान नै विद्यार्थीको लागि उपयुक्त वातावरण हुने गर्दछ ।
शिक्षकले यसो गरिदिए विद्यार्थी सफल हुन्छ भन्ने कुराको पनि हामी ठोकुवा गर्न त सक्दैनौं । शिक्षक कुनै जादुगर हैन, जसले चुट्कीको भरमा शैक्षिक गुणस्तर बढाउने सक्दैनन् । शिक्षकको निरन्तर प्रयासले यो सम्भव हुन्छ । शिक्षक नियमित रुपमा विद्यालय उपस्थित हुनु र समयमा कक्षा कोठामा प्रवेश गरी पूरा समय पढाउने गर्नुपर्दछ । शिक्षकका अनिवार्य हुनुपर्ने गुण भनेको शिक्षकमा भएको ज्ञान, सीप, क्षमता त हुनु नै पर्छ यसको साथसाथै आफूले पढाउने पाठको पूर्व तयारी, शैक्षिक सामग्रीको निर्माण र उपयुक्त प्रयोग गर्ने बानी हुनु पर्दछ । शिक्षकले पूर्व तयारी विना पढाउँदा विद्यार्थीलाई बुझ्न गाह्रो हुने गर्दछ । पूर्व तयारी नहुँदा कहिलेकाँही कुनै पाठमा शिक्षक आफै पनि अलमल पर्न सक्छ । शिक्षक अलमल भएमा विद्यार्थीलाई सिकाईप्रति अरुचिकर बढ्न सक्छ ।

त्यस्तै, शिक्षकले विद्यार्थीको उमेर, क्षमता, स्तर, रुची अनुसारको कृयाकलाप छनौट गरी उचित बसाई एवम् मायालु वातावरणमा शैक्षिक सामग्री प्रयोग गरी बालकबालिकालाई नै सकृय बनाई सिकाउन सके सिकाई प्रभावकारी हुन्छ । पाठ अनुसारको शैक्षिक सामग्रीको प्रयोग गर्नु उत्तम हुनेछ । जसले विद्यार्थीलाई बुझ्न सहज र सरल हुने गर्दछ । विद्यार्थीले सहज तरिकाले कसरी सिक्न सक्छ र सो सिकेका कुरालाई कसरी दिगो बनाउन सकिन्छ भन्ने ध्येय नै शिक्षकको मूल मन्त्र हुनु पर्दछ । यसका साथसाथै शिक्षकले आफूले लगाउने पोशाक, आफ्नो सरसफाई, स्पष्ट वक्ता जस्ता कुराहरुमा समेत ध्यान पुर्याउनु पर्दछ ।

अभिभावकले आफ्नो छोराछोरीलाई कसरी पढाईमा सहयोग गर्नु पर्दछ भन्ने कुरा पनि महत्वपूर्ण कुरा हो । जसले छोराछोरीको शैक्षिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । अभिभावकले आफ्नो छोराछोरीलाई घरमा पढ्ने समयका साथसाथै उचित वातावरण मिलाउनु पर्दछ । घरको काम गर्नुपर्ने भए तापनि आफ्नो छोराछोरीको पढाई सकेर फूर्सदमा गराउनु पर्दछ । धेरैजसो विद्यार्थी आफ्नो घरको काम सकेर फूर्सद भए पढ्ने गर्दछन् । जसले पढाईमा दत्तचित्त भएर लाग्न सकिदैन । घरको कामले थकाई लागेको हुन्छ, अनि शरीरले आराम खोजिरहेको बेला पढ्ने भन्ने कुरा प्रायः असम्भव हुन्छ वा दिगो हुन सक्दैन । त्यसैले अभिभावकले घरमा पढ्ने समय र शान्त वातावरणको व्यवस्था मिलाएर सहयोग गर्नुपर्दछ ।

यी तीन पक्षबीच माथिका गुण हुन अत्यावश्यक छ । सफलताको लागि मुख्य कडी भनेको यी तीन पक्षको तालमेल नै हो । शिक्षकको पूर्व तयारी नहुनु वा शिक्षणप्रति सक्रियाता देखाउनु, घरमा अभिभावकले हामीले नपढे पनि जीवन गुजारा गरेकै छौं, तिमीहरूले किन पढ्नु पर्यो भन्ने जस्ता कुराहरू गर्नु आदिले बालकबालिकाको मनोवल गिर्न सक्छ जसले उनीहरूलाई असफलता तिर डोर्याउन मद्दत गर्ने सम्भावना प्रवल रहन्छ ।
अब, कसरी सफलतातिर डोर्याउने त ? सबैभन्दा पहिले हामीले हाम्रो धारणा परिवर्तन गर्नु जरुरी छ । क–कसको धारणामा परिवर्तन आए शैक्षिक उन्नति हुन्छ भन्ने कुराको पनि यकिन गर्न त सकिदैन । यस विषयमा पनि विशेषगरी विद्यार्थी, शिक्षक र अभिभावक नै मुख्य पात्र हुने गर्दछ ।

विद्यार्थीको धारणा कस्तो हुनु पर्छ भन्ने कुरा पनि महत्वपूर्ण कुरा हो । विद्यार्थी आफैमा धारणा परिवर्तन गर्नु जरुरी छ । विद्यार्थीले विद्यालय, शिक्षकप्रति सकारात्मक धारणाको विकास गर्नु पर्दछ । पहिलो कुरा, विद्यालयप्रति उसको धारणाले उसको सफलतालाई सहयोग÷असहयोग गरिरहेको हुन्छ । विद्यालयप्रतिको सकारात्मक कुराहरुले सफलतालाई सहयोग गर्दछ । त्यो विद्यालय त यस्तो हो नी, उस्तो हो नी भन्ने खालको धारणाले विद्यार्थीलाई विद्यालयप्रति आकर्षण÷विकर्षण गराउने हुन्छ । आकर्षणले सफलता तिर भने विकर्षणले उसलाई असफलता तिर डोर्याईरहेको हुन्छ ।

दोस्रो कुरा, विद्यार्थीले शिक्षकप्रति पनि सकारात्मक धारणा राख्नु पर्दछ । विद्यार्थीले शिक्षकलाई आदार नगर्ने, जिस्क्याउने, शिक्षकको पछाडि कुरा काट्ने, शिक्षकको उपनाम राख्ने आदि गर्ने विद्यार्थीले उक्त शिक्षकबाट केही कुराको ज्ञान लिन सक्षम हुँदैन । यी यस्ता धारणा विद्यार्थीले परिवर्तन गर्नु पर्दछ । सकारात्मक धारणा राखे विद्यार्थी ज्ञान, सीप हासिल गर्न उत्प्रेरित भई सफल हुन सक्छ । तेस्रो कुरा, विद्यार्थी शिक्षकसँग धेरै डराउने भएमा पनि उसले उक्त शिक्षकको सिकाईमा ध्यान दिन सक्दैन । उसको मनमा भएको डर, त्रासले उसलाई सिक्ने वातावरण सिर्जना गर्दैन । विद्यार्थीले शिक्षक हाम्रो गुरु हो र हामी शिक्षकको चेला हौं भन्ने कुरालाई विर्सनु हुँदैन ।

शिक्षकको धारणा कस्तो हुनु पर्छ भन्ने कुरा पनि अर्को महत्वपूर्ण पक्ष हो । विद्यार्थीको मात्र धारणामा परिवर्तन भएर हुँदैन । शिक्षकको पनि धारणा सकारात्मक हुनु अत्यावश्यक छ । शिक्षकले विद्यालयप्रति आस्था र विश्वास राख्नु पर्दछ । समुदायका मानिसलाई आफ्नो सकारात्मक प्रभाव पार्ने खालको काम÷व्यवहार गर्नु जरुरी छ । विद्यालयलाई माया गर्ने, विद्यार्थी र विद्यालयप्रति उत्तरदायी हुनु पर्दछ । विद्यालयको लागि समय दिन सक्ने खालको हुनु पर्दछ ।
अभिभावकको व्यवहार तथा धारणाको पनि महत्वपूर्ण भूमिका रहन्छ । अभिभावकहरूको समूह नै समुदाय हो । समुदायले विद्यालयप्रति निकै ठूलो जिम्मेवारीको भूमिका निर्वाह गर्नुपर्दछ । विद्यालय हाम्रो हो भन्ने भावना सबै अभिभावकमा हुनु आवश्यक छ । विद्यालय प्रधानाध्यापक वा शिक्षकहरूको हो भन्ने आम अभिभावकको बुझाई छ । त्यो बुझाईबाट अभिभावक टाढा रहन सक्नुपर्दछ । विद्यालयप्रति आत्मीयताको विकास गराउनु पर्दछ । छोराछोरीलाई समेत विद्यालयप्रति उत्तरदायि हुन अभिभावकले ठूलो भूमिका खेल्नुपर्दछ । अभिभावकले नै आफ्नो छोराछोरीको अगाडि विद्यालयको बारेमा गलत र नराम्रा सन्देश प्रवाह गर्नु हुँदैन ।

जसले छोराछोरीको विद्यालयप्रति नकारात्मक धारणा बृद्धि भई उसले त्यस विद्यालयबाट ज्ञान, सीप लिने कुरामा आँच आउन सक्छ । यस्ता कुरामा अभिभावक सचेत हुनु आवश्यक हुन्छ । सके सकारात्मक सन्देश जाने कुरा गर्नु पर्दछ भने नसके विद्यालयको बारेमा कुरा नगरेको नै राम्रो हुन्छ । विद्यालयमा भएका हरेक गतिविधिमा प्रत्यक्ष रुपमा अभिभावकको चासो र सहयोग हुनु पर्दछ । अभिभावक भनेको विद्यालयको खम्बा हुन् । खम्बा नै लरखराएपछि विद्यालय बलियो हुन सक्दैन ।

21/04/2023
16/04/2023

शिक्षाको उज्यालो ज्योतिबाट कोहि पनि वालवालिका वञ्चित नहुन ।

Photos from सरस्वति स्कुल's post 07/04/2023
Photos from सरस्वति स्कुल's post 07/04/2023

वार्षिक परीक्षा २०७९ को नतिजा प्रकाशन सम्बन्धमा

Photos from सरस्वति स्कुल's post 13/03/2023

आफ्नो जन्मदिनको उपलक्ष्य पारेर विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार बालबालिकाहरुलाई स्टेशनरी सहयोग प्रदान गर्नुभएकोमा 'श्री झिङ्गामारा स्वास्थ्य ईकाई, कचल,पाल्पाकि प्रमुख श्री मुस्कान पान्डेलाई हार्दिक धन्यवाद । साथै उहाँलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना ।

11/02/2023

विवाह एक पबित्र सम्बन्ध हो । तपाईं दुई भर्खरै जिबनको नयाँ चरणमा प्रबेश गर्नुभयो । विश्वास छ, तपाईंले जिबनका सबै खुशी र सुख पाउनुहुनेछ । Wish you a very happy married life 'Rim Kala Taramu' miss.

Photos from सरस्वति स्कुल's post 03/01/2023

तिनाउ गाउपालिका शिक्षा शाखाको आयोजनामा आयोजित वडा स्तरिय प्राथमिक तहको हाजिरिजवाफ प्रतियोगितामा यश श्री सरस्वती आधारभूत विद्यालयका का भाइवैनिहरुले प्रथम स्थान हासिल गर्न सफल भएको हुदा प्रतियोगी भाइबहिनीहरुलाई धेरै धेरै बधाइ तथा सम्पुर्ण मेहनति शिक्षक साथिहरुलाई पनि हार्दिक धन्यबाद व्यक्त गर्दछौं ।

Photos from सरस्वति स्कुल's post 15/12/2022

अर्धवार्षिक परीक्षा- २०७९ अनुगमनका क्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष श्री कृष्ण बहादुर खड्का

Want your school to be the top-listed School/college in Palpa?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Tinau-1, Jhingamara Palpa
Palpa