Shree Rumjatar Secondary School, Rumjatar, Okhaldhunga.

Shree Rumjatar Secondary School, Rumjatar, Okhaldhunga.

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Rumjatar Secondary School, Rumjatar, Okhaldhunga., Education, Rumjatar, Okhaldhunga.

Shree Rumjatar Secondary School
� Siddhicharan-4, Rumjatar, Okhaldhunga
� From the heart of the hills to the world stage
� Building curious minds, strong values & bright futures
� Join the journey of knowledge, leadership, and legacy.

Photos from Shree Rumjatar Secondary School, Rumjatar, Okhaldhunga.'s post 21/08/2026

श्री रुम्जाटार माध्यमिक विद्यालय (सिद्धिचरण नगरपालिका वडा नं. ४, रुम्जाटार, ओखलढुङ्गा) मा आयोजित विद्यालय व्यवस्थापन समिति गठन, आ.व. २०८२/०८३ को सामाजिक परीक्षण सार्वजनिकीकरण तथा अभिभावक भेला-२०८३ भव्यताका साथ सम्पन्न भएको छ। 🏫✨
उक्त भेलामा विद्यालयबाट सार्वजनिक गरिएको आ.व. २०८२/८३ को सामाजिक परीक्षण प्रतिवेदनलाई सर्वसम्मत पारित गर्यों । उक्त भेलाले तपशिल बमोजिमका ब्यक्तिहरूलाई व्यबस्थापन समितिका सदस्यमा सर्वसम्मत चयन गर्यों ।
१) तुलसी प्रसाद पोखरेल सदस्य ( खुल्ला)
२) बसन्त भुजेल सदस्य ( महिला)
३) बिष्णु नेपाली ( दर्जी) सदस्य ( दलित)
सहभागी सबै सबैमा हार्दिक नमन ! हार्दिक धन्यवाद !!

विद्यालयको उज्ज्वल भविष्य, पारदर्शी व्यवस्थापन र गुणस्तरीय शिक्षाका लागि सम्पूर्ण अभिभावक तथा सरोकारवालाहरू एकजुट बनौँ! 🎓🤝
#रुम्जाटार #ओखलढुङ्गा #श्रीरुम्जाटारमावि #अभिभावकभेला२०८३ #सिद्धिचरण #गुणस्तरीयशिक्षा #नेपाल

17/08/2026

📢 श्री रूम्जाटार माध्यमिक विद्यालय (Shree Rumjatar Secondary School)
​विद्यालय व्यवस्थापन समिति (SMC) गठन प्रयोजनका लागि अभिभावकहरुको नामावली विद्यालयको आधिकारिक वेबसाइट (www.rumjatarschool.edu.np) तथा विद्यालयको सूचना पाटीमा प्रकाशन गरिएको छ।
​📌 महत्वपूर्ण जानकारी:
​नामावली सच्याउने / परिवर्तन गर्ने अन्तिम मिति: २०८३/०५/०२ गते (विद्यालय समयभित्र)
​नामावलीमा कुनै त्रुटि भएमा वा अभिभावक परिवर्तन गर्नु परेमा तोकिएको समयभित्र विद्यालयमा सम्पर्क गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ। सो समयपश्चात् नामावली सच्याउन नसकिने व्यहोरा जानकारी गराइन्छ।
​📍 सिद्धिचरण नगरपालिका-४, रूम्जाटार, ओखलढुंगा
📞 फोन: ०३७-५४०११९

Photos from Shree Rumjatar Secondary School, Rumjatar, Okhaldhunga.'s post 07/08/2026

निम्न माध्यमिक तह नेपाली विषयको परीक्षामा सहभागी हुने उम्मेदवारको जानकारीका लागि :

25/07/2026

📢 शिक्षक आवश्यकता सम्बन्धी सूचना 📢
श्री रुम्जाटार माध्यमिक विद्यालय, सिद्धिचरण-४, रुम्जाटार, ओखलढुंगामा निम्न माध्यमिक तह (तृतीय श्रेणी) का लागि नेपाली विषय शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ।
📌 मुख्य विवरणहरू:
पद / संख्या: शिक्षक / १ (एक)
तह / श्रेणी: निम्न माध्यमिक / तृतीय
विषय: नेपाली
नियुक्ति प्रकार: अस्थायी करार
आवश्यक योग्यता: प्रवीणता प्रमाण पत्र (+2) वा सो सरह उत्तीर्ण
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
⏳ दरखास्त दिने अन्तिम मिति: २०८३/०४/२१
📍 दरखास्त दिने स्थान: श्री रुम्जाटार माध्यमिक विद्यालय, ओखलढुंगा
💰 परीक्षा दस्तुर: रु. १५००/-
तपसिलका विवरण, आवश्यक कागजात तथा थप जानकारीका लागि संलग्न सूचना हेर्नुहोला वा सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुनेछ:
📞 सम्पर्क: 037-540119 | 9841953216 | 9842858436

Notice Board Nepal शिक्षा

Photos from Shree Rumjatar Secondary School, Rumjatar, Okhaldhunga.'s post 17/07/2026

🎓 शैक्षिक उत्सव, प्रतिभाको सम्मान र अमर मनहरूको स्मरण 🎓
"शिक्षा नै विकासको आधार, गुणस्तरीय शिक्षा हाम्रो सरोकार" भन्ने मूल नाराका साथ आज श्री रुम्जाटार माध्यमिक विद्यालय, रुम्जाटार (सिद्धिचरण न.पा.-४, ओखलढुङ्गा) मा एक भव्य र ऐतिहासिक कार्यक्रम सुखद रूपमा सम्पन्न भएको छ। आजको दिन हाम्रा प्यारा विद्यार्थी भाइबहिनीहरूको अथक मिहिनेतको उत्सव मनाउने र विद्यालयलाई यो स्थानसम्म पुर्‍याउने महान् आत्माहरूलाई सम्झने विशेष दिन रह्यो। 🏫✨
आजको यस विशेष समारोहमा निम्न कार्यक्रमहरू सम्पन्न गरिएका छन्:
🏆 परीक्षा नतिजा र पुरस्कार वितरण: शैक्षिक सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रबोधिकरण तथा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण।
🌟 गत वर्षको सम्मान: २०८२ सालको वार्षिक परीक्षामा उत्कृष्ट स्थान प्राप्त गरी विद्यालयको नाम राख्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण।
🎨 सिर्जनशीलताको कदर: शैक्षिक सामाग्री निर्माण र सजावट तहगत प्रतियोगितामा उत्कृष्ट हुने कक्षाहरूलाई प्रशंसा-पत्र वितरण।
🕊️ अक्षयकोष छात्रवृत्ति वितरण: विभिन्न मनकारी दाताहरूबाट स्थापित अक्षयकोषको ब्याजबाट विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान।

17/07/2026

समृद्ध भविष्यका लागि शिक्षा: अक्षयकोष छात्रवृत्ति वितरण:
**********************************************
रुम्जाटार माध्यमिक विद्यालयको गौरवमय इतिहासमा शिक्षाको ज्योति फैलाउने र आर्थिक विपन्नताका कारण कोही पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने पवित्र उद्देश्यका साथ स्थापित विभिन्न अक्षयकोषहरू बाट आज विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ।

हाम्रो विद्यालयको शैक्षिक उन्नयनका लागि नि:स्वार्थ भावले दान प्रदान गरी यो अक्षयकोष स्थापना गर्नुहुने आदरणीय दाताहरू, दानवीर महानुभावहरू तथा संघ-संस्थाहरूप्रति हामी हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछौं।
हजुरहरूले रोप्नु भएको यो परोपकारको बिरुवा भोलिका कर्णधारहरूको सुन्दर भविष्य बन्नेछ।

यस पवित्र कार्यमा अतुलनीय योगदान पुर्‍याउनुहुने सम्पूर्ण दाता महानुभावहरूको नाम स्मरण गर्दै हार्दिक कृतज्ञता र उच्च सम्मान सहित:
१) रुम्जाटार गुरुङ सेवा समिति! 🙏
२) पूर्व माननीय अम्वरबहादुर गुरुङ! 🙏
३) पूर्व मन्त्री माननीय राम कार्की! 🙏
४) नेपाली सेनाका जर्नेल गौरव गुरुङ ! 🙏
५) रत्नकाजी गुरुङ, सङ्गीता गुरुङ, महालक्ष्मी गुरुङ र राजेश गुरुङ र सुनिता गुरुङ 🙏
६) सत्यनारायण गुरुङ र सनद गुरुङ! 🙏
७) मणिराज गुरुङ, रञ्जना गुरुङ, सरिता गुरुङ र अम्बिका गुरुङ! 🙏
८) रमेश गुरुङ, लक्ष्मी गुरुङ, उमेश गुरुङ, लक्ष्मी गुरुङ र नानुमाया गुरुङ (राई)! 🙏
९) राजकुमारी गुरुङ! 🙏
१०) सि. आई. टेकबहादुर गुरुङ! 🙏
११) स्व. तिलक गुरुङ! 🙏
१२ ) मिना गुरुङ रेनु गुरुङ र रिना गुरुंग ! 🙏
१३) निरादेवी गुरुङ! 🙏
१४ ) स्व. नन्द राज गुरुङ! 🙏
१५ ) केशव गुरुङ! 🙏
तपाईंहरूको यो महान सहयोग र सद्भाव सधैंभरि स्मरणीय रहनेछ। छात्रवृत्ति प्राप्त गर्ने सम्पूर्ण जेहेन्दार तथा मेहनती विद्यार्थी भाइबहिनीहरूलाई उज्ज्वल भविष्यको हार्दिक मंगलमय शुभकामना! 📚🌟
🎓🎒

Photos from Shree Rumjatar Secondary School, Rumjatar, Okhaldhunga.'s post 15/07/2026

📢 छात्रवृत्ति वितरण सम्बन्धी अत्यन्त जरुरी सूचना! 📢
​श्री रुम्जाटार माध्यमिक विद्यालय, सिद्धिचरण नगरपालिका-४, रुम्जाटार, ओखलढुङ्गा
आदरणीय अभिभावक तथा विद्यार्थी वर्गमा विशेष जानकारी!
​शैक्षिक सत्र २०८२ मा अध्ययनरत तपशिलका छात्रछात्राहरूका लागि विभिन्न दाताहरूद्वारा स्थापित अक्षय कोषको ब्याज र विद्यालयको आन्तरिक स्रोत समेत थप गरी छात्रवृत्ति वितरण कार्यक्रम आयोजना गरिएको हुँदा सम्बन्धित सबैको उपस्थितिको लागि अनुरोध गरिन्छ।
​📅 कार्यक्रमको विवरण:
​मिति: २०८३ साल साउन १ गते, शुक्रबार
​समय: बिहान १०:०० बजे
​स्थान: विद्यालय परिसर
​⚠️ आवश्यक कागजात:
​सम्बन्धित विद्यार्थी र अभिभावक स्वयं उपस्थित हुनुपर्नेछ।
​साथमा एक प्रति पासपोर्ट साइजको फोटो अनिवार्य लिएर आउनुहुन अनुरोध छ।
​📝 छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नामावली तलको तस्विरहरूमा संलग्न गरिएको छ। कृपया आफ्नो नाम र कक्षा रुजु गर्नुहोला।

07/07/2026

.








Photos from Shree Rumjatar Secondary School, Rumjatar, Okhaldhunga.'s post 07/07/2026

📸✨ श्री रुम्जाटार माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षा (First Terminal Examination) उत्साहका साथ सुरु भएको छ। कक्षा १० सम्मका विद्यार्थी भाइबहिनीहरू परीक्षा दिँदै गर्दाका केही झलकहरू! 📝🏫
सबै भाइबहिनीहरूलाई उत्कृष्ट सफलताको हार्दिक शुभकामना! 🍀👍
#2083

Photos from Shree Rumjatar Secondary School, Rumjatar, Okhaldhunga.'s post 03/07/2026

आज श्री रुम्जाटार माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलाप (ECA) अन्तर्गत एक विशेष र रचनात्मक कार्यक्रम सम्पन्न भएको छ। 🤗
विद्यार्थीहरूले आफ्ना आदरणीय शिक्षक-शिक्षिकाहरूको मार्गदर्शनमा आफ्नो कक्षाकोठाहरूलाई शैक्षिक सामग्री, Quotes र सुन्दर कलाकृतिहरूले सजाएर उत्कृष्ट रूप दिएका छन्। 📚✏️
आज शुक्रबारको यस विशेष अवसरमा हाम्रा आदरणीय प्रधानाध्यापक श्री गोकर्ण वानियाज्यू तथा निष्पक्ष निर्णायक मण्डलको टोलीले प्रत्येक कक्षाकोठाको भ्रमण गरी निम्न कुराहरूको मूल्याङ्कन गर्नुभएको थियो:
कक्षाकोठाको सजावट (Classroom Decoration) �
हस्तनिर्मित वा रेडिमेड सामग्री (Handmade vs Readymade) — विद्यार्थीहरू आफैँले मेहनत गरेर बनाएका ब्यानर र सामग्रीहरूलाई विशेष प्राथमिकता 🎨✂️
विषयगत सान्दर्भिकता (Subject Related) — सामग्रीहरू पाठ्यक्रम र विषयसँग कत्तिको सम्बन्धित र उपयोगी छन् 📖💡
दिगोपन र टिकाउपन (Durability) — सजाइएका सामग्रीहरू कत्तिको बलियाे र दीर्घकालीन रूपमा प्रयोग गर्न मिल्ने खालका छन् 🏗️💪
शैक्षिक उपयोगिता (Study Materials) — दैनिक सिकाइमा मद्दत पुग्ने खालका चार्ट
कक्षाकोठाको सरसफाइ , अनुशासन र सजावट (Cleanliness, Discipline & Decoration) — कोठाको समग्र सफाइ, व्यवस्थापन र सुन्दरता 🧹🎈
आफ्नो मेहनत देखाउन पाउँदा विद्यार्थीहरूमा निकै ठूलो उत्साह र उमङ्ग देखिएको थियो। विद्यार्थीहरूको यही खुसी र रचनात्मकतालाई हामीले भिडियो र तस्बिरहरूमा कैद गरेका छौँ। 📸👇
मेहनत गर्ने सम्पूर्ण प्यारा विद्यार्थी भाइबहिनीहरू र मार्गदर्शन गर्नुहुने सम्पूर्ण शिक्षक वर्गमा हार्दिक धन्यवाद! 🙏❤️

Want your school to be the top-listed School/college in Okhaldhunga?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Rumjatar
Okhaldhunga

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 17:00