12/05/2026
यस वर्षको २०८२ सालको SEE परीक्षामा उत्तीर्ण हुनुभएको सम्पूर्ण विद्यार्थी भाइबहिनीलाई हार्दिक बधाई ।।।
-9,
श्री शिवालय मावि छेर्मादिङ २०२१ सालमा ?
12/05/2026
यस वर्षको २०८२ सालको SEE परीक्षामा उत्तीर्ण हुनुभएको सम्पूर्ण विद्यार्थी भाइबहिनीलाई हार्दिक बधाई ।।।
-9,
07/05/2026
अहिलेको विद्यालय भौतिक संरचनाको एक तस्बिर ।
20/09/2025
विदा सम्बन्धि सूचना !!!
-9
Ngawa Pinasa
Ngima Sherpa
30/11/2024
ओखलढुंगामा पाँच जनाले लिए गैरआवासीय नेपाली नागरिकता
ओखलढुंगा । २०८० कार्तिक ७ देखि हालसम्म ओखलढुंगामा ५ जना गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । २०८०।०८१ मा दुई र २०८१।०८२ मंसिर १३ गतेसम्ममा तीन गरी पाँच जनाले गैरआवासीय नेपाली नागरिकता लिएका हुन् ।
बुधबार अर्थात मंसिर १२ गते खिजीदेम्बा ९, फाप्रेका वाङडोवा शेर्पाले गैरआवासीय नेपालीको रुपमा जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाबाट नागरिकता लिएको प्रशासकीय अधिकृत तथा सूचना अधिकारी अनुप पौडेलले जानकारी दिनुभयो । शेर्पा लामो समयदेखि अमेरिकको क्यार्लिफोनियमा बस्दै आउनु भएको छ ।
नेपालमा पर्यटन क्षेत्रमा समेत काम गर्दै आउनु भएका शेर्पाले ग्रामिण क्षेत्रको शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा समेत विभिन्न परियोजनामार्फत सहयोग गर्दै आउनु भएको छ । शेर्पाकै पहलमा खिजीदेम्बा ९ को पिकेफाप्रे आधारभूत विद्यालयको भौतिक पूर्वाधार र शैक्षिण गुणस्तर अभिबृद्धिको क्षेत्रमा काम भइरहेको प्रधानाध्यापक नुरी शेर्पाले जानकारी दिनुभयो । त्यस्तै, शेर्पाले धुँवारहित चुलो लगायत अन्य कार्यक्रमहरु सञ्चालन गरी स्थानीयलाई सहयोग गर्दै आएका छन् ।
शेर्पाले २०७२ सालको भूकम्पपछि रसुवाको लाङटाङ क्षेत्रमा हिमपहिरोमा परेका भूसिंगा, खिजीफलाटे, रगनी, पात्ले लगायतका ठाउँका पीडित र मृतक परिवारलाई आर्थिक सहयोग समेत गर्नु भएको थियो । त्यस्तैगरी भूकम्प पीडित ५८ घरपरिवारलाई त्रिपालसहित राहत समेत वितरण गर्नुभई सामाजिक काममा निरन्तर क्रियाशिल रहनु भएको प्रअ शेर्पाको भनाई छ । शेर्पाले त्यही बेला खिजीफलाटे र पात्लेका ४२ घर परिवारलाई २५ हजारका दरले नगद राहत समेत उपलब्ध गराएर मानवीय सहायताको क्षेत्रमा योगदान पुर्याउनु भएको तत्कालिन गाविस सचिव गणेश वास्तोलाले जानकारी दिनुभयो ।
यसैवीच, गैरआवासीय नागरिकता लिएसँगै शेर्पाले पिके आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । शुक्रबार व्यवस्थापन समितिको वैठकमा अध्यक्ष शेर्पाले राजीनामा घोषणा गनुभएको हो । लगतै कार्यवाहक अध्यक्ष आँदामी शेर्पाको अध्यक्षतामा बसेको विव्यस वैठकले निवर्तमान अध्यक्ष शेर्पालाई विद्यालयको चन्दादाता तथा सल्लाहकारको रुपमा मनोनयन गर्ने निर्णय गरेको छ । विद्यालयले शेर्पाले दुई कार्यकालसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रही पुर्याएको योगदानको कदर गर्दै सम्मान समेत गरेको प्रअ शेर्पाले जनाएको छ ।
सञ्चारकर्मीहरुसँग कुराकानीमा शेर्पाले आगामी दिनमा खिजीदेम्बा भित्रका अन्य विद्यालयहरुमा समेत विभिन्न परियोजना सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो । गैरआवासीय नागरिकता लिएपनि आफू जन्मेको ठाउँ र आफूले वाल्यकालमा शिक्षा हासिल गरेको र स्थापना गरेको विद्यालयका लागि सहयोग निरन्तर जारी राख्ने शेर्पाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रकृया
गैरआवासीय नेपालीहरूका लागि यस्तो नागरिकता लिन ५ सय अमेरिकी डलर राजस्व बुझाउनुपर्ने कानूनी व्यवस्था छ । त्यस्तै, गैरआवासीय परिचयपत्र पनि अनिवार्य संलग्न राखी निवेदन दिनुपर्ने हुन्छ ।
पछिल्लो पटक संशोधित नागरिकता ऐनमा “विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउनेगरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने” व्यवस्था उल्लेख गरेको छ ।
यो कानुनी व्यवस्थाअनुसार विदेशको नागरिकता लिएका तर कुनै समय नेपाली नागरिक रहेका व्यक्तिहरूका नाति नातिनासम्मले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नेछन् ।
नेपालको नागरिकता फिर्ता नगरि विदेशी नागरिकता लिएका व्यक्तिले गैरआवासीय नेपाली नागरिकता लिन पहिले लिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने प्रावधान छ ।
संविधानसभामार्फत २०७२ मा जारी भएको संविधानले गैरआवासीय नेपालीलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारसहितको नागरिकता दिने व्यवस्थासँगै २०८० अशोज ३० गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनआरएनएका अध्यक्ष बद्री केसी लगायतलाई यस्तो नागरिकता प्रदान गर्नुभएको थियो ।
09/09/2024
https://gofund.me/222e9b0e
Hey there! I'm reaching out about a great initiative to set up a modern computer lab for the school in Khijidemba Village, Nepal. Every donation will help provide students with essential skills for their future, and your support would mean a lot—if you're able, please consider donating or sharing the link below!
Donate to Support Modern Computer Lab for Khijidemba Village School, organized by Wangchho Sherpa We are raising $50,000 to support our local school in Khijide… Wangchho Sherpa needs your support for Support Modern Computer Lab for Khijidemba Village School