Learn Agriculture knowledge in Nepali

Learn Agriculture knowledge in Nepali

Share

We are here to help the farmers to do agriculture in further advanced way.

09/04/2021

काक्राको मोजाइक भाइरस रोग/ Cucumber Mosaic virus
...........................................................................................................
यो रोग लागेका पातका मुख्य नसाहरूको वरिपरि हरियो र बाँकी
भागमा हल्का पहलो धब्बाहरू देखा पर्दछन् । छिरबिरे चिन्हहरू पुराना पातका
किनारका नसाहरूबाट शुरु भएर मुख्य नशासम्म देखिन्छन् । यो रोग खपटे र
लाही कीराले सार्दछन् ।

#रोकथाम
* स्वस्थ बोटबाट बीउ संकलन गर्नु पर्दछ ।
* झारपातहरू हटाएर खेतबारी सफा राख्नु पर्दछ ।
* रोगी बोट उखेलेर माटोमा गाड्ने वा जलाउने गर्नु पर्दछ ।
* रोग फैलाउने कीरा नियन्त्रण गर्न रोगर एक मि.लि. प्रतिलिटर
पानीमा मिसाएर १५ दिनको फरकमा २–३ पटक छर्कनु पर्दछ।
* रोग खप्न सक्ने जात लगाउनु पर्दछ ।

04/04/2021

फालिएको मिनरल बोतलबाट थोपा सिंचाई
==========================
नेपालमा कति मिनरल वाटरको बोतल दिनमा प्रयोग हुन्छ । यसको जानकारी सायदै कसैलाई थाहा होला । जे भए पनी पानि पीइसके पछि धेरै मान्छेहरुले फाल्ने गर्छन र यसले एउटा फोहोरको रुप लिनु बाहेक यसको पुन : प्रयोग अरु केहिमा भएको पाइदैन । तर यो बोतललाई घरको कौशीमा गमला,ब्याग,काठको बाकस आदिमा लगाईएका फलफुल,तरकारीहरुमा पुन प्रयोग गरि थोपा सिंचाइको रुपमा उपयोग गर्न सकिन्छ । बोतलको तल वा पीधको भागमा सियोले ५/६ वटा साना साना प्वाल बनाउने अनि बोतलमा पानि हाल्ने,पानी हाली सकेपछि बिर्कोले बोतल बन्द गर्ने,त्यस पछि सो बोतललाई गमला,ब्याग जहाँ फलफुल,तरकारी लगाईएको छ त्यहाँ करिब ३ इन्च जति गाडिने गरि बोतललाई गाड्नु होस् ।यस पछि बिरुवाले नियमित आफुलाई चाहिने मात्रामा पानी लिने गर्छ,यसो गर्दा न पानीको ओभर फ्लो हुने चिन्ता न बिरुवामा दैनिक पानि हाली राख्ने झन्झट। यो बिधि सहर अनि गाउँमा उत्तिकै प्रभाबकारी हुन्छ जहाँ पानीको अभाब छ ।

04/04/2021

व्यावसायिक गाई पाल्न चाहानेले गाई फर्म लगानी अनुसार आम्दानी कति हुन्छ जानिराखौ
===================================
दुग्धजन्य पदार्थबाट उत्पादन हुने सामग्रीको माग नेपालमा बढ्दो छ । दूध, दही, घिउका साथै आइसक्रिम, पनिर, मिठाईका विभिन्न परिकारको माग बढ्दै गएपछि व्यावसायिक गाईपालन गर्नेहरू पनि बढ्न थालेका छन् । गाईपालनबाट लगानीअनुसार आम्दानी गर्न सकिने दूध उत्पादक कृषक समाज नेपालका अध्यक्ष आनन्दप्रसाद निउरेले बताए । उनले भने ‘व्यावसायिक रूपमा पालिएका गाईबाट राम्रो आम्दानी हुन थालेपछि शिक्षित युवासमेत गाईपालनमा आकर्षित हुन थालेका छन् ।’

नेपालको तराई, पहाड र हिमाल सबै भौगोलिक अवस्थामा गाईपालन गर्न सकिन्छ । तर, अहिले नेपालका ४० जिल्लामा मात्र व्यावसायिक रूपमा गाईपालन गरिँदै आएको छ । गाईलाई औसत रूपमा तराईको ३२ डिग्री तापक्रममा पाल्न उपयुक्त हुने निउरेको भनाइ छ । चितवन, रुपन्देही, नवलपरासी, काभ्रे, इलाम र गोरखा जिल्लामा व्यावसायिक रूपमा गाई पाल्ने धेरै छन् । नेपालमा दूध उत्पादन गर्न होलेस्टल, जर्सी, होलेस्टल र जर्सी गाईबाट क्रस गरी उत्पादन गरिएका गाई छन् । त्यस्तै, नेपालमै परम्परागत रूपमा पालिएको गाईबाट दूध उपादन गर्दै बिक्री गर्ने व्यवसायी धेरै छन् । यस्ता किसानले भने आफ्नै घरमा दुई/चारवटा गाईपालन गर्दै आएका छन् ।

अहिले नेपालभर २६ हजार ६ सय ६६ परिवार गाईपालन व्यवसायमा संलग्न रहेको उनको भनाइ छ । त्यसमध्ये २६ हजार फर्महरू दर्ता भई सञ्चालन भइरहेका छन् । व्यावसायिक रूपमा पालिएको एउटा गाईबाट मासिक रूपमा ५ हजारदेखि १० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने निउरेले जानकारी दिए । तर, गाईको राम्रो स्याहारसम्भार नगर्दा उल्टै घाटासमेत लाग्न सक्ने उनले बताए ।
एउटा मान्छे स्वास्थ्य हुन दैनिक आधा लिटर दूध पिउनुपर्छ । सोहीअनुसार नेपालको जनसंख्याले दूध सेवन गरेमा खपत अत्याधिक बढ्न पशु उत्पादन निर्देशनालयका प्रमुख केशव अछामीले बताए । उनका अनुसार नेपाल दूध उत्पादनमा आत्मनिर्भर हुन अझै तीन वर्ष लाग्छ । सोहीअनुसार कार्यक्रम तथा योजना निर्माण भइरहेको उनले जानकारी दिए । हाल नेपालमा वार्षिक रूपमा १७ लाख ४३ हजार मेट्रिकटन दूध उत्पादन भइरहेको निर्देशनालयको तथ्यांक छ । यो उत्पादनले नेपालीको माग धान्न सकेको छैन । उनी भन्छन्, ‘अझै पनि नेपालीले पर्याप्त मात्रामा दूध पिउने गरेका छैनन् ।’ दूध लगायत दुग्धजन्य पदार्थ सेवन गर्ने वातावरण तयार पारेपछि गाई फर्मबाट मनग्य आम्दनी गर्न सकिने व्यवसयीको भनाइ छ ।
त्यस्तै, गाईबाट उत्पादन हुने दूध मात्र नभएर मलमूत्र पनि बिक्री गर्न सकिन्छ । गाईको मूत्र बालिनालीमा किटनाशक औषधिका रूपमा प्रयोग गर्न सकिन्छ । लगाइएको बालीलाई कुनै असर नपुर्‍याउने कारण गाईको मूत्र प्रयोग गर्ने किसानहरू धेरै छन् । त्यस्तै, अर्गानिक खेती गर्न चाहनेले गाईको गोबर मलका रूपमा पनि प्रयोग गर्न सक्छन् । व्यावसायिक रूपमा तरकारीखेती गर्नेलाई विशेष गरी गाईको गोबर तथा मूत्र धेरै काम लाग्छ ।

-गाईको मूल्य
गाई पालनलाई व्यावसायिक रूप दिन नेपाल सरकारले निश्चित संख्या निर्धारण गरेको छ । पहाडमा फर्मका रूपमा मान्यता पाउन एउटा फर्मले कम्तीमा पाँचवटा गाई पाल्नुपर्छ । त्यस्तै, तराईमा १० वटा गाई अनिवार्य रूपमा पाल्नुपर्छ । नेपालमा पालिने होलेस्टेल गाईलाई १ लाखदेखि १ लाख २० रुपैयाँसम्म पर्छ । त्यसैगरी, एउटा जर्सी गाईलाई ८० हजारदेखि १ लाख रुपैयाँसम्म पर्छ । होलेस्टेल र जर्सी गाईबाट क्रस गराएको गाईलाई भने १ लाख रुपैयाँभन्दा महँगो पर्छ ।

-कुन गाईले कति दूध दिन्छ
व्यावसायिक रूपमा राम्रोसँग स्याहार गरेको गाई राम्रो दूध दिन्छ । होलेस्टेन गाईले दैनिक रूपमा २० लिटर दूध दिन्छ । यो जातको गाई अत्यन्तै ठूलो हुने भएकाले दूध पनि धेरै दिन्छ । यो जातको गाईले दाना पानी घास धेरै खाने भएकाले महँगो पनि मानिन्छ । त्यसैगरी, जर्सी गाईले दैनिक १० देखि १२ लिटरसम्म दूध दिन्छ । थोरै दाना घाँस खाने भएकाले नेपालमा सबैभन्दा धेरै पालिने गाईमा जर्सी पर्छ । अहिले व्यावसायिक रूपमा कृषकले यही जातका गाई सबैभन्दा धेरै पालेका छन् । त्यसैगरी, होलेस्टेल जर्सी गाईबाट क्रस गराएको गाईले पनि राम्रो दूध दिन्छ । यो जातको गाईले दिनमा १४ लिटरभन्दा धेरै दूध दिने गरेको पाइन्छ । यो जातको गाई पनि किसानले धेरै पालेका छन् । त्यसैगरी, नेपालको लोकल गाई पनि व्यावसायिक रूपमा पालिँदै आएका छन् । तर, यो गाईले तुलनात्मक रूपमा एकदमै थोरै दूध दिने गर्दछ ।

-फर्ममा लगानी
पहाडमा एउटा सामान्य फर्म सञ्चालन गर्न १० देखि १५ लाख रुपैयाँ खर्च हुन्छ । त्यसैगरी, तराईमा २० लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म खर्च हुन्छ । फर्मका लागि गाई, दाना घाँसलगायत गोठ निर्माणसमेत गरी यति खर्च लाग्न सक्छ । तर, आवश्यकताअनुसार ठूला खालमा फर्म सञ्चालन गर्न भने करोडौँ खर्च लाग्छ । स्रोत: कृषि विशेषज्ञ बिरेन्द्र ओलि

Photos from Learn Agriculture knowledge in Nepali's post 04/04/2021

घाँस संरक्षणका तरिकाहरू बारे जान्नुहोस
=========================
प्राकृतिक रुपमा बाह्रै मास हरियो घाँस पाउन गाह्रो हुन्छ । त्यसकारण बढी घाँस पाइने समयमा घाँसलाई संरक्षण गरी राख्न सकेमा बाह्रै मास हरियो घाँस उपलब्ध भई दूध उत्पादनलाई कायम राख्न सहयोग पुग्दछ । घाँस संरक्षण गरी राख्नको लागि हे वा साइलेज बनाई राख्नेदुईवटा तरिकाहरू प्रचलनमा छन्।

१. हे (Hay)
हरियो घाँसलाई काटेर त्यसमा भएको पानीको मात्रालाई सुकाएर संरक्षण गरिएको घाँसलाई हे भनिन्छ । सामान्यतया हरियो घाँसमा ७० देखि ८० प्रतिशतसम्म पानीको मात्रा हुन्छ । हे बनाउनको लागि यसलाई सुकाएर पानीको मात्रालाई १० देखि १५ प्रतिशतसम्म झार्नु पर्दछ ।
हे बनाउनको लागि उपयुक्त घासहरू:
हे बनाउनको लागि कोशे तथा अकोशे दुवै खालका घाँसहरू उपयुक्त हुन्छन्।जै घाँस यसको लागि निकै उत्तम हुन्छ तर लुसर्न, क्लोभर, वर्षिम, काउपी जस्ता घाँसहरू समेत प्रयोग गर्न सकिन्छ ।
कुन बेला काट्ने ?

घाँसलाई फुल फुल्नु अगावै वा फुल लाग्ने बेलामा काट्नु सबैभन्दा उत्तम हुन्छ । घाम राम्रोसँग लागेको दिनमा घाँसमा शीत ओभाइसकेपछि मात्र काट्न उपयुक्त हुन्छ ।
कसरी बनाउने ?
- घाँस काटेर खेतबारी वा कान्लामा फैलाएर सुकाउने वा
- घाँस काटेर साना साना मुठ्ठा पारेर पर्खाल, छाना, गोठमाथि सुकाउने वा
- मुठ्ठा बनाएर डोरी वा लठ्ठामा झुण्डाएर सुकाउने
असल हेमा हुनुपर्ने गुणहरू:
- असल हे सम्पूर्ण पात सहितको हुनुपर्छ ।
- मिश्रित घाँसहरूको हे राम्रो हुन्छ ।
- घाँसमा १० प्रतिशत जति फुल फुल्न शुरु गरेको अवस्थामा काटेर बनाएकोहे राम्रो हुन्छ ।
- असल हे हरियो रङ्गको हुनुपर्दछ ।
- असल हे नरम र स्वादिलो हुनुको साथै ढुसी रहित हुनुपर्दछ ।
कति खुवाउने ?
हरियो घाँस नपाइने समयमा दूध दिने पशुलाई सरदर ५ केजीको दरले खुवाउने ।

२. साइलेज (silage)
हरियो घाँसलाई काटेर गुन्द्रुक बनाएजस्तो गरी तयार गरिएको संरक्षित घाँसलाई साइलेज भनिन्छ । साइलो पीट भनिने १ घन मिटरको खाल्डोमा ४०० देखि ७०० केजी हरियो घाँस साइलेजको रुपमा संरक्षण गर्न सकिन्छ ।
साइलेज बनाउनको लागि उपयुक्त घासहरू:
साइलेज बनाउनको लागि डाँठमा गुलियोपना भएका घाँसहरू जस्तै मकै,जुनेलो, उखुको टुप्पो, बाजरा, टियोसिन्टे जस्ता घाँसहरू उपयुक्त हुन्छन्।
कुन बेला काट्ने ?
साइलेजको लागि बाला पसाउने समयमा काट्न उपयुक्त हुन्छ । ६० देखि ६५ प्रतिशत मात्र चिस्यान भएको घाँस साइलेजको लागि उपयुक्त हुन्छ ।

कसरी बनाउने ?
- घाँसलाई २ देखि ४ इन्चको टुक्रा पार्नुपर्दछ । घाँस भिजेको छ भने ओइलाएर मात्र काट्नुपर्दछ ।
- खाडलको पिँधमा प्लाष्टिक बिच्याउने ।
- टुक्रा पारेका घाँसहरू खाडलमा राख्ने र खाँदेर हावा बाहिर निकाली
सकेसम्म कम समयमा खाडल भर्ने ।
- खाडल भरिसकेपछि माथिबाट हावा पानी नछिर्ने गरी प्लाष्टिकले राम्रोसँगछोपी १२ देखि १५ सेमीसम्म माटोले चारैतिर छोपेर लिपी दिनुपर्दछ ।

- माथिबाट गह्रुङ्गो चिजले थिचिदिनुपर्दछ ।
- करीब ४५ दिनमा साइलेज तयार हुन्छ ।
असल साइलेजमा हुनुपर्ने गुणहरू :
- नरम, रसिलो र अमिलो अमिलो खालको मिठो वासना आउने ।
- हरियो रङ्गको।
- ढुसी रहित र समाउँदा च्याप च्याप नआउने खालको हुनुपर्दछ ।
- ४.२ देखि ४.५ सम्म पिएच भएको ।
कति खुवाउने ?
हरियो घाँस नपाइने समयमा दूध दिने पशुलाई सरदर ४÷५ केजीको दरले खुवाउने ।

04/04/2021

Vacancy !!

02/04/2021

प्याजको फूलफुल्ने समस्या (बोल्टीङ्ग)😍😍
=================================
यो प्याज खेतिमा समस्याको रुपमा रहेको छ । प्याजमा गानो नलाग्दै फूलका गुच्छाहरु देखिन्छन्।
#ब्यवस्थापन
*उचितरुपमा बालीको ब्यबस्थापन,
*सिफारिस जातको प्रयोग गर्ने,
*ठिक समयमा बिरुवा लगाउने,
*मंशीर १५ पछि पौष १५ सम्म बिरुवा लगाउने,
*स्वस्थ तथा ठिक साईजका बिरुवा लगाउने,
*रासायनीक मलको प्रयोग कम गर्ने।

02/04/2021

लसुन खेती गर्ने तरिका
-------------------------------
सँसार भरिमै गानो बालीमा प्याज पछि दोस्रो मुख्य बालीको रुपमा पर्दछ ।
लसुन विशेष गरी मसला बालीकै रुपमा प्रयोग गरिन्छ । तरकारी, अचार, चटनी, मासुको स्वाद बढाउन लसुनको प्रयोग हुन्छ । विदेशतिर यसको सुख्खा धुलो बनाएर प्रयोग गर्ने प्रचलन बढी रहेको छ । स्वादिष्ट परिकार मःमः को मुख्य मसला नै लसुन हो । पौष्टिकताको हकमा सबै गानो बाली मध्ये लसुन बढी पौष्टिक छ । यो कार्बोहाइड्रेट, प्रोटिन, फसफोरस, एसकरबिक एसिडको राम्रो स्रोत हो ।
लसुन एक औषधी बाली पनि हो । जैविक खेती प्रणालीमा खेतीको बीचबीचमा लसुन लगाउनाले कीराहरु भाग्दछन् भनिन्छ । लसुनका १–३ केस्रा खाली पेटमा पानीसँग खाँदा जोर्नीहरु दुख्ने रोगमा फाईदा पुग्दछ भन्ने रिपोर्ट छ र यसले रगतमा बढेको कोलेस्ट्रोल ट्राङग्लिसराइडलाई पनि समान्य गराउंदछ । ५० ग्राम जति तोरीको तेलमा ४/५ लसुनका केस्रा फुराएर/डढाएर एउटा भाँडोमा राखी आवश्यकता अनुसार ढाड, कम्मर वा अन्य देखेको भागमा प्रयोग गर्दा विशेष लाभ हुन्छ ।
तराईदेखि उच्च पहाडसम्म यो बाली खेती गर्न सकिन्छ तर भौगोलिक क्षेत्र अनुसार लसुनका खेती गरीने जातहरु फरक हुन्छन् । लसुन उत्पादन गर्दा जमिन तयारी खर्च न्यूनीकरण गर्न सकेमा उत्पादन लागतमा कटौती गरी प्रतिस्पर्धी रुपमा मूल्य निर्धारण गर्न मद्दत पुग्छ । धानबाली लगाएको स्थानमा धान काटीसकेपछि खनजोत नगरीकनै लसुन लगाउन सकिन्छ ।
खनजोत बिना लसुन खेती गर्ने प्रविधि पश्चिम तराईका नेपालका बर्दिया र कैलाली जिल्लाका स्थानीय थारु समुदायका कृषकहरुले अपनाउँदै आएका छन । यो प्रविधिको सुरुवात झण्डै १५ बर्ष अघिदेखि नै भएको र पछिल्ला केही बर्षहरुमा यो विस्तारित हुदै गएको देखिन्छ । कृषकहरुको अनुभवमा यस प्रविधिबाट ठूलो आकारको गानो र केस्रा भएको लसुन उत्पादन गर्न सकिन्छ ।
ठूलो आकारका चाईनिज लसुनले नेपाली बजारमा ग्राहकको मन जित्न सफल भएको देखिन्छ । ठूलो आकारका लसुनको बजार माग बढी रहेको र यसले मूल्य समेत अधिक पाउने गरेको छ । तसर्थ लसुनको बजार विस्तारका लागि प्रतिष्पर्धी मूल्यका अतिरिक्त यसको आकार र गुणस्तरमा पनि ध्यान दिनु पर्ने देखिन्छ । शुन्य खनजोत प्रविधिबाट लसुन खेती हाल पश्चिम तराई क्षेत्रमा हुने गरेकोमा सिँचाइ सुविधा भएका पूर्वी तराई तथा मध्य पहाडसम्म यो प्रविधिबाट लसुन खेती विस्तार गर्न सकिने प्रवल संभावना देखिन्छ ।
जातहरु:
मार्फा लोकल, पठाने लोकल, गोरामे चउर नेपालमा लोकप्रिय स्थानीय जातका लसुन हुन। त्यस्तै एग्री फाउण्ड सेतो, यमुना सेफद, जि-५०, जि-५१, जि-२८२, एग्री फाउण्ड पार्वती, पन्जाब लसुन केही आयातित लसुनका जात हुन।
हावापानी:
लसुन एक फराकिलो हावापानी अर्थात तराईदेखि उच्च हिमालसम्म खेती गर्न सकिने बाली हो । यसको लागि अत्यधिक गर्मी र अति चिसो दुवै हावापानी त्यति ठिक हुँदैन । धेरै लामो दिन र धेरै गर्मीमा लसुन रोपेमा लसुनका गानो बच्न सक्दैन । तर गानो बन्नका लागि लामो दिन र उच्च तापक्रम (विरुवा बढने भन्दा) चाहिन्छ ।
तापक्रम :
गानो बन्नका लागि २५–३० सें तापक्रम उपयुक्त हुन्छ । १०–१५ सें मा वनस्पितक वृद्धि हुन्छ भने तापक्रम २० सें भन्दा माथि लागेपछि गानोको विकास सुरु हुन्छ ।
प्रकाश अवधि :
गानोको सुरुवात, बृद्धि विकासका लागि प्रकाश अवधि १२ घण्टा वा भन्दा बढी हुनु आवश्यक छ ।
लसुन प्रसारण :
लसुन वानस्पितिक प्रसारण गरिने मसला बाली हो । फूल फुले पनि बीउ नलाग्ने भएकोले लसुनको केस्रा बाट नै प्रसारण गरिन्छ । हामी कहाँ स्वस्थ्य ठुला गाना बीउका लागि छुटयाउने चलन छैन यो राम्रो होइन । अतः रोग कम लाग्ने, स्वस्थ्य, ठुला, आकर्षक गानाको बोटमै छनौट गरी बीउका लागि भण्डारण गर्नु पर्दछ । गानाबाट बाहिर टाँसिएका केस्रा, साना केस्रा र भित्र पट्टिको लाम्चो केस्रा हटाई बाँकी राम्रा , ठुला केस्रा लगाउनुपर्छ । सानो केस्रा कम मलिलो नराम्रो माटोमा लगाउँदा केस्रा बिहिन गानो बन्छ । राउण्ड अर्को बर्ष लगाउन सकिन्छ । तर ख्याल गर्नु पर्नेै कहिले पनि उच्च पहाडबाट ल्याएको लसुन तराईमा लगाउनु हुँदैन । भोटे टाईपका लसुनको पनि तराईमा गानो लाग्दैन ।
माटो :
लसुनका लागि पानी नजम्ने खुकुलो दोमट माटो उत्तम हून्छ । कडा माटोमा गानो राम्ररी फस्टाउन सक्दैन । प्राराङगारिक पदार्थ प्रसस्त भएको ६–७ पि।एच भएको माटो राम्रो हुन्छ ।
मलखाद :
लसुनलाई प्राराङगारिक मल प्रसस्त चाहिने भएकोले ३० टन राम्ररी पाकेको गोठे वा कम्पोष्ट मल प्रति हेक्टर लसुन धानको जाँजमा रोपी सकेपछि प्रयोग गर्नु पर्दछ । मलको हकमा प्रति हेक्टर १२०ः८०ः८० केजी नाईट्रोजन, फसफोरस र पोटास सिफारिस गरिएको छ । जस अनुसार, ९.६ केजी युरिया, ८.७ केजी डिएपी र ६.७५ केजी, म्युरेट अफ पोटास प्रति रोपनी लसुन रोप्नु अगावै बाँझो जमिनमा प्रयोग गरिन्छ ।
बाली लगाउने समय :
तराई : असोज १५ देखि कार्तिक १५ सम्म
मध्य पहाड : कार्तिक महिना भर
लगाउने दुरी : १५ गुणा १५ सेमी
बीउ दर : ५००–६०० केजी प्रति हेक्टर (२५ देखि ३० केजी प्रति रोपनी)
सिँचाई र गोडमेल :
लसुन पानी जमेको र सुख्खा दुवै सहन सक्दैन । साधारण चिस्यान गानो तयार नहुन्जेल चाहिन्छ । गानो लाग्ने र बढने बेलामा चिस्यान कम भए उत्पादन घटछ । गानो लागि सकेपछि बढी चिस्यान भएमा केस्राहरु पलाई गानाको गुणस्तर घटछ ।
लसुन लगाएको ठाउँ झारपात मुक्त हुनु पर्छ । बिना खनजोत लगाइएकोले कुटो कोदालोले खन्न सम्भव नभएको छापो माथि आएका झारपातलाई हातैले उखेली हटाउनुपर्दछ । प्राय पहिलो गोडालाई लगाएको २५र३० दिनपछि दोस्रो गोडाई ५०र६० दिनपछि गरिन्छ ।त्यसपछि पनि आवश्यकता अनुसार झार निकालीरहनु पर्दछ ।
लसुन खन्ने र क्युरिङग :
लसुनको गानो तयार भएपछि लसुनको बोट पहेलिंई भुइमा ढल्न थाल्छन् । गानो राम्ररी तयार नहुँदै गानो खनेमा भण्डारणमा छिटटै कुहिन र गानोको गुणस्तर कम हुन जान्छ । यदी तयार भएको गानो समयमै नखने गानाहरु फुटने र केस्रा पुन पलाउन थाल्दछन् । लसुन खनेपछि खेतमै गानालाई बोटले छोपी सुकाई सम्पूर्ण बोट सुकेपछि छाया र हावामा राम्ररी सुकाई थन्काउनेले भण्डारण राम्रो हुन्छ ।

Photos from Learn Agriculture knowledge in Nepali's post 01/04/2021

Water trap

सबै उड्ने पुतली बिशेष गरि टमाटरको टुटा पात खन्ने किरा (tomato leaf miner ),भन्टाको गभारोको पुतली (Lucinodes orbonalis) को नियन्त्रण को लागि प्रयोग गरिन्छ water trap |

काम कसरि गर्छ ?

पानीको पासोमा पानी राख्ने टब हुन्छ र बिचमा फेरोमोन लगाइन्छ | फेरोमोनतिर किराहरु आकर्षित हुन्छन र पानीको टबमा तानिन्छन, खस्छन र मर्छन | समय समयमा टबमा भएको पानीलाइ परिवर्तन गर्नुपर्छ |टबमा साबुन पानि अथवा साधा पानि राख्न सकिन्छ |

टमाटरको पात खन्ने टुटा किराको लागि टुटा फेरोमोन प्रयोग गरिन्छ भने भन्टाको गभारोको लागि लल्युसिनोड्स फेरोमोन प्रयोग गरिन्छ |

सम्पर्क :किसान एग्रो कन्सर्न (9861399004)

01/04/2021
Photos from Learn Agriculture knowledge in Nepali's post 31/03/2021

नेपालमा रेन्बो ट्राउट माछा
============
📩थप जानकारीको लागि ➡️ goo.gl/cv7WHC
------------------
रेन्बो ट्राउट चिसो र सफा पानीमा हुर्कने ज्यादै मीठो विदेशी माछा हो । यो माछा १–२१ डि.से. सम्मको तापक्रममा जीवित रहन्छ । तर वृद्धिको लागि भने १५–१८ डि.से. पानीको तापक्रम र ७ मि.ग्रा / लिटर भन्दा बढी अक्सिजन चाहिन्छ । पानीको तापक्रम सरदर १० डि.से. भन्दा चिसो हुने स्थानमा यो माछा ढिलो बढ्छ र त्यस्तो स्थानमा व्यावसायिक रूपमा पाल्न फाइदाजनक हुँदैन । मांसाहारी भएतापनि यो माछालाई उच्च प्रोटिनयुक्त दाना खुवाएर पाल्न सकिन्छ । ट्राउनपालनको लागि पानीको पि.एच. ६.५ – ८.५ र अक्सिजन ८ मि.ग्रा. / लिटर रहेको पानीमा उपयुक्त मानिन्छ । ट्राउटमाछा दुई किसिमले पालन गरिन्छ ।
o क) आंशिक प्रणाली
o ख) पूर्ण प्रणाली
• पहिलो प्रणाली अन्तर्गत स–साना भुरालाई बजार बिक्री योग्य साइजसम्म हुर्काइन्छ भने दोस्रोमा प्रजनन्देखि लिएर ठूलो माछासम्म हुर्काइन्छ ।
• ट्राउट माछा पालनको लागि भुरा हुर्काउने टयाङ्क, ठूलो माछा पोखरी, बिक्री योग्य माछा राख्ने पोखरी एवं दाना राख्ने भण्डार आदिको आवश्यकता पर्दछ । साधारणतया सानो भुरा हुर्काउने पोखरीको साइज १० – १५ वर्ग मिटर र बिक्री योग्य माछा राख्ने पोखरीको साइज ५० – १५० वर्ग मीटर हुन्छ । ठूलो माछा हुर्काउने र बिक्री योग्य माछा राख्ने पोखरीहरू २ किसिमबाट बनाउन सकिन्छ ।
o (क) रेखात्मक / लहरे
o (ख) समानान्तर ।
• भिरालो जग्गा र पानीको स्रोत कम भएको ठाउँमा लहरे किसिमको पोखरी बनाउन राम्रो हुन्छ । यस्तो किसिमका पोखरीमा माथिल्लो पोखरीहरूमा प्रयोग भइसकेको पानी पुनः तल्ला पोखरीहरूमा प्रयोग गर्न सकिन्छ । राम्रो पानीको स्रोत भएको ठाउँमा समानान्तर किसिमको पोखरी बनाउन उपयुक्त हुन्छ । यस्तो पोखरीहरूमा एक पटक प्रयोग भइसकेको पानीलाई पुनः प्रयोग गरिदैंन । जलाशयमा माछाको घनत्व कति राख्ने भन्ने कुरा पानीको प्रवाह, आयतन र गुणमा निर्भर हुन्छ । पानीको प्रवाह धेरै छिटो भएमा माछाको वृद्धि राम्रो हुँदैन । अर्कोतिर पानीको प्रवाह कम भएमा पोखरीको पिंधमा धेरै फोहर जम्न गई अक्सिजन न्यून हुँदै जान्छ । त्यसकारण पोखरीको पानी हरेक घण्टामा पूर्णतया फेर्नु आवश्यक पर्दछ ।

31/03/2021

एभोकाडो खेति प्रविधि / फाइदा
====================
एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (Butter Fruit) भनिन्छ । मध्ये अमेरिका र मेक्सिको मा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो ,यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना Persea Americana”हो । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ । समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ ।पर्याप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन् । विभिन्न अध्ययनमार्फत वैज्ञानिकहरुले यसमा अत्यन्तै फाइदाकारक तत्व हुने बताएका छन् ।नेपालका विभिन्न ठाउँमा एभोकाडो फलेको पाइएपनि मानिसहरुले यसको महत्व नबुझेकाले सेवन गर्दैनन् ।संसारकै फलमध्येमा धेरै पोषक तत्व भएको फलका रुपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ ।

नेपालमा व्यावसायिक सोचका साथ एभोकाडोमा लागेकाहरूले पाखोबारी, कान्ला र खोला छेउमा समेत यसको बिरुवा हुर्काइरहेका छन्।पाखा ,खोला बगर वा अरू काम नलाग्ने ठाउँमा एभोकाडो लगाएर राम्रो आय लिन सकिन्छ। नेपालका पहाड,तराई, खोंच, बेंसी, मध्यपहाड र भित्री मधेशमा एभोकाडो मजाले फल्छ। एभोकाडो हुर्काएपछि ५० वर्षसम्म फल दिन्छ, बिरुवा लगाएको ३ देखि ५ वर्षमा फल दिन शुरू गर्ने यसको एकै बोटमै १ हजार किलो (१ सयदेखि ५ सयओटा फल) सम्म फल्न सक्छ।

खेति प्रविधिः
समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ । माटोको पी एच छ ५.५ देखि देखि ६ .५भएको ठाउमा राम्रो हुन्छ ।

3 ft लम्बाई 3 ft चौडाईको खाडल खन्नु पर्छ ।

१: १ को अनुपातमा बालुवा र कम्पोस्ट मल मिसाई खाडलमा बिरुवा लाई सार्नु पर्दछ ।बिरुवा सार्दा १० मिटरसम्मको दुरीमा रोप्नु पर्दछ । रोपेको समयम दिनको एकपटक पानी दिनु पर्छ , बिरुवा सरी सकेपछी हप्ताको एक पटक पानी दिए हुन्छ , बिरुवा रोपेको तल तरकारी वा कोशे बालि रोप्दा माटोको उर्बरा शक्ति बढ्ने र थप उब्जनी समेत लिन सकिन्छ ।
रोग तथा किरा लागेको हाँगा हरुलाई काट्ने र हटाउने गर्नु पर्छ। बिरुवा रोपेको ३ देखि ५ बर्षमा फल फल्ने गर्छ । फल टिपेको ५ देखि १० दिनमा फल पाक्ने गर्छ ।

श्रावन देखि कार्तिक मंगसिरसम्म टिपिने यो फल को मुख्य सिजन भने भाद्र- असोज हो ।

एभोकाडोको बजार :

एभोकाडो बिदेशमा प्रती केजी १००० पर्छ भने, नेपालमा एभोकाडो ३०० देखी ५०० प्रती केजी सम्म गुण्स्तर अनुसार पर्छ, होलसेलमा ठाउँ हेरेर १०० देखी २८० सम्म बिक्छ ।
अत्याधिक पोषक तत्वयुक्त :
एभोकाडोमा २० वटा छुट्टाछुट्टै प्रकारका भिटामिन र मिनिरल पाइन्छन् । हाम्रा शरीरका लागि आवश्यक सम्पूर्ण पोषक तत्वहरु एभोकाडोको सिङ्गोफलबाट पाउन सकिन्छ । यसका साथै यो फलमा कोलेस्ट्रोल नहुने भएकाले पनि यसलाई जोकोहीले सेवन गर्न सक्छ ।

उच्च रक्तचापलाई कम गराउँछ :
पोटासियम एउटा यस्तो तत्व हो जसले शरीर भित्रका महत्वपूर्ण प्रणाली सञ्चालन गर्न मद्दत गर्छ । केरामा १० प्रतिशत पोटासियम हुन्छ भने एभोकाडोमा १४ प्रतिशत पोटासियम हुन्छ । चिकित्सकका अनुसार अधिक पोटासियमले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत् गर्छ र हृदयघात अनि किड्नी फेल हुनबाट समेत बचाउँछ ।

फाइबरको अधिक मात्राले तौल नियन्त्रण :
फाइबर अर्को एउटा तत्व हो जुन एभोकाडोमा अत्याधिक मात्रामा पाइन्छ । यसले हाम्रो तौल नियन्त्रण गर्न र साथै रगतमा सुगर लेभललाई पनि सन्तुलित पारिदिन्छ जसले मधुमेहबाट बचाउँछ ।

आँखालाई स्वस्थ राख्ने एन्टिअक्सिडेन्ट :
एभोकाडोमा लीउटीन र जीआछानथीन नामक तत्वहरु पाइन्छन् जसले आँखालाई स्वस्थ राख्न ठूलो भूमिका खेल्छ । वृद्धहरुको आँखामा आउने समस्यालाई पनि यसले कम गराउने भएकाले नियमित एभोकाडोको सेवन गर्नुपर्ने चिकित्सक बताउँछन् ।

क्यान्सरबाट बचाउँछ :
एउटा अनुसन्धानका अनुसार एभोकाडो नियमित खाँदा यसले क्यान्सरको उपचार गर्दा गरिने केमो थेरापीको साइड इफेक्टलाई न्युन गराउन मद्दत गर्छ । प्रोस्टेट क्यान्सरबाट बचाउने हुनाले पुरुषहरुले दैनिक एभोकाडो खाने गर्नुपर्छ ।

तौल घटाउन प्रभावकारी :
एभोकाडो तौल नियन्त्रण गराउन प्रभावशाली सावित भएको धेरै अध्ययनले बताइसकेको छ । एउटा ग्रुपमाथि गरिएको अनुसन्धानले यस्तो पत्ता लगाएको हो कि एभोकाडो खाएकाहरुलाई अरु खानेकुरा खाएकाभन्दा थोरै मात्रै भोक लाग्दछ । त्यसैले एभोकाडो खाँदा आफैँमा थोरै खाना खाइन्छ जसले तौल नियन्त्रण गराउँछ । साथै अधिक मात्रामा फाइबर हुने भएकाले पनि एभोकाडो तौल कम गराउन धेरै मद्दतगार साबित भइसकेको छ ।

एभोकाडोको समस्या :

एक बोट एभोकाडोले वार्षिक २०० किलोसम्म फल दिन्छ। मंसीरदेखि पाक्ने एभोकाडो एकै पटक टिप्ने वेला हुन्छ। बेलैमा टिपिएन भने अर्को वर्ष बोटमा फलै लाग्दैन। एभोकाडोको मुख्य समस्या यही हो। यो समस्या किन मुख्य बन्यो भने, एभोकाडोलाई भण्डारण गरेर राख्न सकिंदैन। नेपाली बजारमा मंसीरतिर प्रतिकिलो रु.१०० मा पाइने एभोकाडो चैततिर रु.४०० पर्छ।

यो समस्याबाट छुटकारा पाउन प्रशोधन उद्योग अनिवार्य हुन आउँछ। नेपाली एभोकाडोबाट उच्चकोटिको बटर, क्रिम, जुस, चक्लेट, आइसक्रिम बनाएर निर्यात गर्न सकिन्छ। यसका लागि लगानी र प्रविधि चाहिन्छ।

एभोकाडोको मात्र हैन, नेपालको समग्र कृषि क्षेत्रमा इच्छाशक्ति हुनेहरूसँग स्रोत नहुने र स्रोत हुनेहरूसँग इच्छाशक्ति नहुने समस्या छ। सरकारले इच्छाशक्ति भएका किसानहरूलाई सजिलो हुने नीति लागू गर्दा देशभर अरू बालीसँगै एभोकाडो फल्ने प्रचूर सम्भावना छ।

Want your school to be the top-listed School/college in Okhaldhunga?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Okhaldhunga

Opening Hours

20:00 - 22:00