श्री जनचेतन माध्यमिक विद्यालय भाेर्ले

श्री जनचेतन माध्यमिक विद्यालय भाेर्ले

Share

This is a school which established in 2021 B.S. in Siddhicharan Municipality ward no. 1,Taluwa Okhaldhunga.

Photos from श्री जनचेतन माध्यमिक विद्यालय भाेर्ले's post 05/06/2026

विश्व वातावरण दिवस।🌱 विश्व वातावरण दिवसको अवसरमा श्री जनचेतन मा.वि.भोर्ले का विद्यार्थीहरूले विद्यालयको फूलबारीमा फूलका बिरुवा रोप्दै हरियाली वातावरण निर्माणमा योगदान दिएका छन्। 🌺🌼
"आजको बिरुवा, भोलिको स्वच्छ र सुन्दर भविष्य।" 💚🌍
#विश्ववातावरणदिवस 🌱🌿

Photos from श्री जनचेतन माध्यमिक विद्यालय भाेर्ले's post 12/05/2026

आज देखि शुरु भएको जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को लागी सिद्दिचरण नगरपालिकाबाट छात्रा कबड्डी खेल तर्फ छनोटमा पर्न सफल यस विद्यालयको छात्राहरु
१)कविता श्रेष्ठ (कक्षा१०)
२)रमिला बिक (कक्षा ९)
३) शुस्मा थापा मगर (एस इ इ उतिर्ण)
लाई जितको लागि शुभकामना व्यक्त गर्दछौं।तिमीहरूले विद्यालयको र आफ्नो नाम जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि राखेर सिंगो नगरपालिकालाई चिनाउँदै जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेशमा खेल्न जाने अवसर मिलोस् भनी कामना गर्दछौं।

Photos from श्री जनचेतन माध्यमिक विद्यालय भाेर्ले's post 11/05/2026

यस विद्यालय बाट २०८२ सालको एस इ इ परीक्षामा सहभागी सम्पुर्ण बिद्यार्थी उतिर्ण हुन सफल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं साथै आगामी दिनको शैक्षिक यात्रामा थप सफलता मिलोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछौं।विशेष कारण बस एक जना परीक्षामा सहभागी हुन पाउनु भएको थिएन।

Photos from श्री जनचेतन माध्यमिक विद्यालय भाेर्ले's post 10/04/2026

२०८२ सालको बार्षिक परीक्षाको कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशन गरिएको छ।

Photos from श्री जनचेतन माध्यमिक विद्यालय भाेर्ले's post 23/03/2026

आज यस विद्यालयको कक्षा १० मा अध्यनरत विद्यार्थी भाइबहिनीहरू लाई यही चैत्र १९ गते देखि हुने एस इ इ परीक्षाको पूर्ण सफलताको कामना गर्दै फेरि भेटौँला कार्यक्रम आयोजना गरिएको छ।

Photos from श्री जनचेतन माध्यमिक विद्यालय भाेर्ले's post 12/02/2026

सिद्धिचरण नगरपालिकाद्वारा आयोजित तथा यस विद्यालयको सह आयोजना तथा व्यवस्थापनमा वडा स्तरीय अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा १-३ को हस्तलेखन प्रतियोगितामा यस विद्यालय बाट सहभागी भई प्रथम र तृतीय स्थान हासिल गर्न सफल आवास फुयाल र चन्द्रिका आले मगर तथा कक्षा ४-५ स्तरीय नृत्य प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्न सफल विद्यार्थीद्वय रमिका गदाइली र सरिता थापा मगरलाई तथा छिमेकी विद्यालयबाट सहभागी भइ विभिन्न स्थान प्राप्त गर्न सफल सम्पुर्ण विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

Photos from श्री जनचेतन माध्यमिक विद्यालय भाेर्ले's post 23/01/2026

सरस्वती पूजा विशेष।

21/01/2026

२०८२ सालको s.e.e परीक्षा तालिका।

19/01/2026

यस बिध्यालयको अति लगनशिल मेहनती र कर्तब्यनिस्ठ बिद्यालय कर्मचारी (लेखा) Sujata Shrestha मिसको आज पर्न गएको जन्म दिनको असीमित शुभकामना व्यक्त गर्दै यहांको सर्वपक्षीय प्रगतीको शुभकामना व्यक्त गर्दछौं - बिद्यालय परिवार

Photos from श्री जनचेतन माध्यमिक विद्यालय भाेर्ले's post 13/01/2026

हार्दीक बधाई तथा धन्यबाद।
सिद्धिचरण नगरपालिकाद्वारा आयोजित पाँचौं नगरपालिका स्तरीय अन्तर माध्यामिक विद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको छात्रा कबड्डी खेलतर्फ यस श्री जनचेतन मावि भोर्लेका बिध्यार्थी बहिनीहरूले द्वितीय स्थान हासिल गर्न सफल भएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दै आज सम्पूर्ण खेल विधामा सहभागी तथा विजेता खेलाडी भाइबहिनीहरु र खेल शिक्षक लाई बधाइ तथा सम्मान कार्यक्रम बिद्यालय व्यवस्थापन समिति र बिद्यालय परिवारले आयोजना गरेको छ।साथै वि व्य स को तर्फबाट विजेता खेलाडीलाई स्टेशनरी वितरण गर्नु भएको छ भने वडा अध्यक्ष श्री तीर्थ बहादुर घिमिरेले कबड्डी खेलको लागि म्याट को व्यवस्था गर्न सकिने कुरा आश्वासन दिनुभएको छ।
हामीलाई यहां सम्म आउनको लागि आर्थिक रुपमा तथा विभिन्न माध्यमबाट सहयोग गर्नु हुने सि न पा १ वडा कार्यालय परिवार लगाएत सम्पूर्णमा हार्दिक नमन तथा धन्यबाद ब्यक्त गर्दछौँ🙏

Want your school to be the top-listed School/college in Okhaldhunga?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Okhaldhunga