Child teaching ko lagi
Shree Kumari Namuna Campus, kumari-3,Nuwakot
Kumari Namuna campus provides 4 years bachelor programme in Management and Education stream.
एसिया माहादेसमा कतिवटा रष्ट्र छन् ?
लेख्नुहाेला ।
31/10/2025
वैकल्पीक उम्मेदवार सम्पर्कमा जानुहाेला
वातावरण
30/10/2025
Steam विषयमा विश्वविध्यालयस्तरीय प्रतियाेगिता कार्यक्रम
30/10/2025
कुमरी नमुना क्याम्पस मा बिएड दाेस्राे वर्षमा अधययनरत मनिसा पुडासैनी (गायत्री) लाइ जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।
30/10/2025
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षासहित हिमपात
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको भइरहेको छ । देशमा पश्चिमी बङ्गालको खाडीमा विकसित चक्रवात ुमोन्थाु को प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधरणतया बदली रहने छ ।
५.१७ अंकले घट्यो नेप्से
५.१७ अंकले नेप्से परिसूचक घटेको छ । परिसूचक २५६६.१६ विन्दुमा पुगेको छ । बजारमा आज ५ अर्ब ४५ करोडको कारोबार भएको छ ।
बजारमा आज ८५ कम्पनीको मूल्य बढेको छ । १५९ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
सबैभन्दा धेरै होटल र ट्रेडिङ क्षेत्र २ प्रतिशत भन्दा धेरैले बढ्दा अन्य समूहमा सबैभन्दा धेरै गिरावट देखिएको हो ।
खानीखोला जलविद्युतको मूल्य १० प्रतिशत र उपकार लघुवित्त र मानुषी लघुवित्तको ९.९० प्रतिशत भन्दा धेरैले बढेको छ । ज्योति विकास बैंकको डिवेञ्चर ५.६६ प्रतिशत सहित सबैभन्दा धेरै घट्ने स्क्रिप बनेको छ ।
मकवानपुर बाल विद्या सदनले विद्यार्थीलाई परालको गुन्द्री बुन्न सिकाउने
हेटौँडा उपमहानगरपालिका–१८, हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदनले आफ्ना विद्यार्थीलाई पाठ्यक्रमका साथै सिपमूलक ज्ञान पनि दिने गरेको छ । यो विद्यालयले शिक्षाको परम्परागत परिभाषालाई नै चुनौती दिएको छ । मकवानपुर बाल विद्या सदन केवल अक्षर र अङ्क सिकाउने केन्द्रमात्र होइन, यो एउटा जीवन्त प्रयोगशाला हो, जहाँ विद्यार्थीहरूले आफ्नो जरालाई सम्मान गर्न र भविष्यलाई अँगाल्न सिक्छन् ।
यहाँका विद्यार्थीले पाठ्यपुस्तकको ज्ञान परालको गुन्द्री बुन्नेदेखि रोबोटको कोडिङ पनि सिक्छन् । फोहोर कागजबाट निमन्त्रणा कार्ड बनाउने कलादेखि आत्मनिर्भरताका विभिन्न आयाम यहाँ सिकाइन्छ । जीवन उपयोगी सिप र सांस्कृतिक पहिचानको महत्त्व पनि सानै उमेरदेखि विद्यार्थीलाई सिकाउने गरिएको प्रधानाध्यापकले बताए ।
विद्यालयले परम्परागत नेपाली कला र आधुनिक प्रविधिलाई एउटै पाठ्यक्रममा समेटेर विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिएको छ ।
हरेक वर्ष विद्यालयले बिदाको समय सदुपयोग गर्दै विद्यार्थीहरूलाई परम्परागत कला सिप र आधुनिक प्रविधिमा अग्रसर गराउँदै आएको छ । उक्त क्याम्पले विद्यार्थीहरूलाई सिर्जनशील बनाउने अवसर प्रदान गरेको प्रधानाध्यापक गिरीले बताए ।
एकातिर विद्यार्थीहरूले परालको गुन्द्री, खोस्टाको चकटी र सालको पातको टपरीजस्ता परम्परागत नेपाली सामग्रीहरू बनाएर आफ्नो संस्कृति सिकेका छन् भने अर्कोतिर स्वचालित डस्टबिन, दृष्टिविहीनहरूका लागि उपयोगी सेन्सर जडित छडी, वेदर स्टेसन र ग्यास चुहावट पत्ता लगाउने अलार्म जस्ता आधुनिक उपकरणहरू निर्माण गरेर आफ्नो वैज्ञानिक सोच र क्षमता प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरूले मैनबत्ती बनाउने, फोहोर कागजबाट नयाँ कागज तयार गरी निमन्त्रणा कार्ड बनाउने जस्ता सिप सिकेका छन् ।
विद्यालय परिसरभित्रै विद्यार्थीहरूले धान, मकै र आलुको अर्ग्यानिक खेती पनि गर्छन् । गुन्द्री र चकटी बुन्न आवश्यक पर्ने पराल र खोस्टा विद्यालय परिसरमै गरिएको खेतीबाट जुटाइन्छ । अझ विद्यार्थीहरूले रोपेको धानबाट उत्पादित चामल उनीहरूकै खाजामा प्रयोग हुन्छ र विद्यालयमा आउने अतिथिहरूलाई कोसेलीको रूपमा प्रदान गरिन्छ ।
प्रधानाध्यापकका अनुसार, कक्षाकोठाको ज्ञानलाई व्यवहारमा उतार्नु नै यस्ता कार्यक्रमहरूको मुख्य उद्देश्य हो । विद्यार्थीलाई जिम्मेवार, आत्मनिर्भर र सिर्जनशील बनाउन उक्त कार्यक्रमहरूले मद्दत पुगेको प्रधानाध्यापकले बताए ।
‘विद्यार्थीहरूलाई बिउ पुँजी दिएर मैनबत्ती बनाउने सिप सिकाउने काम भएको छ । मैनबत्ती उत्पादनदेखि विक्री वितरण तथा सो विषयको नाफाघाटा समेत निर्धारणको काम गरिएको छ,’ । विद्यार्थीहरूले उक्त कार्यक्रमका लागि ३ समूह बनाएर काम गर्दै आएका छन् । उत्पादन, प्याकेजिङ र बजारीकरणको काममा समूह बनाएर काम गर्दै आएका छन् ।’
समयमा नै कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशन गर्न ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक
समयमा नै कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशन गर्न त्रिभुवन विश्वविद्यालयले ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिकसत्रका लागि स्नातक तह वार्षिक परीक्षा र सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तह सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेण्डर’ मङ्गलबार सार्वजनिक गरेको हो ।
त्रिविका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले त्रिविको प्राज्ञिक परिषदबाट निर्णय गरेर नै ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरको बताए । उनले त्रिविका ६४ आङ्गिकसहित सम्बन्धनप्राप्त क्याम्पस र ४४ केन्द्रीय निकायलाई ‘शैक्षिक क्यालेण्डर’अनुसार कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशन गर्न निर्देशनसमेत दिइसकेको जानकारी दिए ।
त्रिविले स्नातक तहको चार वर्षे वार्षिक कार्यक्रम र आठ सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तहका चार वटा सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको हो । ‘शैक्षिक क्यालेण्डर’अनुसार स्नातक तह सेमेष्टर प्रणालीको भर्ना परीक्षा फारम यही कात्तिकसम्म, प्रवेश परीक्षा, भर्ना र कक्षा सञ्चालन मङ्सिरलाई तोकिएको छ ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Nuwakot
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |