Akabare Times - अकबरे टाइम्स

Akabare Times - अकबरे टाइम्स

Share

Akabare Times – अकबरे टाइम्स is a trusted digital news media platform delivering the latest news and updates from Nepal and around the world.

Shree Salme Secondary School is committed to providing quality education that lays a strong foundation for our students' future. With our focus on advanced and innovative courses, we strive to equip our students with the knowledge and skills they need to excel in their academic and professional pursuits. Our dedicated faculty, state-of-the-art facilities, and comprehensive curriculum ensure a holistic learning experience, empowering our students to secure a bright and successful future.

15/08/2026

शिवपुरी–७ ठानाभञ्ज्याङमा अरनिको यातायातको बस दुर्घटना, दुई जनाको मृत्यु

नुवाकोटको टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–७ ठानाभञ्ज्याङमा अरनिको यातायातको बस दुर्घटना भएको छ। शनिबार बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

स्थानीयका अनुसार सडकमा रोकिराखेको बस अचानक ओट फ्याकेर सडकबाट तल खसेको हो। दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाउने तयारी भइरहेको छ।

दुर्घटनामा मृत्यु भएका व्यक्ति तथा घाइतेहरूको परिचय भने खुल्न बाँकी छ। दुर्घटनाको थप विवरण पनि आउन बाँकी रहेको छ।

14/08/2026

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र नेपाल आयल निगमले मिलेर भोलि काठमाडौँका विभिन्न ५ ठाउँबाट अति आवश्यक परेकालाई ग्यास वितरण गर्ने भएको छ।

10/08/2026

अत्यन्तै जरुरी सूचना -Department of the Passport

Photos from Akabare Times - अकबरे टाइम्स's post 10/08/2026

प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गरेका छन्।

***n

10/08/2026

७७ जिल्ला, ८४ दिन : शीतल गिरीको She Tal Giri अविस्मरणीय नेपाल यात्रा

शीतल गिरीले एक्लै मोटरसाइकलमार्फत नेपालका ७७ वटै जिल्ला भ्रमण गर्दै ८४ दिन लामो यात्रा सफलतापूर्वक पूरा गरेकी छन्। प्राकृतिक सौन्दर्य, विविध संस्कृति र नेपालीहरूको आत्मीयतालाई नजिकबाट अनुभव गर्दै उनले अनेकौँ चुनौती पार गरिन्।

साहस, आत्मविश्वास र देशप्रेमको प्रेरणादायी यात्रा।

09/08/2026

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी ।

Photos from Akabare Times - अकबरे टाइम्स's post 09/08/2026

३२औँ वि आदिवासी दिवस श्वमनाइँदै

विविध भूगोलमा फैलिएका आदिवासी जनजातिको पहिचान, संस्कृति, भाषा र अधिकारको संरक्षणमा जोड दिँदै ३२औँ विश्व आदिवासी दिवस मनाइँदै।

09/08/2026

SEE Supplementary 2082 को पुनर्योग (Retotal) नतिजा तेस्रो चरण सार्वजनिक भएको छ। 😮

09/08/2026

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

काठमाडौंका ग्यास डिपोहरूमा कालोबजारी भइरहेको सूचना आएपछि सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ।

ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी तथा अनियमितता हुन नदिन निगरानी बढाइने भएको हो।

Photos from Akabare Times - अकबरे टाइम्स's post 07/08/2026

"एउटा हात गुमाएँ, तर बाँच्ने हिम्मत कहिल्यै गुमाइनँ"

मेरो नाम अविरल तामाङ हो। मेरो उमेर अहिले २४ वर्ष भयो। मेरो स्थायी घर नुवाकोट हो, तर हाल काठमाडौंको तारकेश्वरमा बस्छु।
मेरो बाल्यकाल आर्थिक अभावसँगै बित्यो। गाउँमै ६८ वर्षीया आमासँग बसेर कमर्स विषय लिएर +२ सम्मको पढाइ पूरा गरेँ। सानैदेखि पढ्ने ठूलो इच्छा थियो, तर घरको कमजोर आर्थिक अवस्थाले समयमै पढ्न दिएन। अहिले फर्केर हेर्दा लाग्छ—त्यतिबेला समयको मूल्य बुझ्ने चेतना र अवसर दुवै मसँग थिएनन्।

काठमाडौं भने म १३–१४ वर्षको उमेरमै आएको थिएँ। दिदी र भिनाजुको साथले २२ वर्षको उमेरमा एसएलसी पास गर्न सफल भएँ। त्यसपछि ब्याचलर पढ्ने सपना थियो, तर फेरि पनि आर्थिक अभाव मेरो बाटोमा उभियो। सरकारी जागिरको तयारी गर्नुपर्छ भन्ने सोचले पनि पढाइलाई निरन्तरता दिन सकिनँ। अहिले म आफ्नै दाजुसँग बसिरहेको छु। मेरा दुई दिदी हुनुहुन्छ, जसले सधैं हौसला दिनुभएको छ।

जीवन चलाउन मैले साढे सात हजार रुपैयाँमा एउटा साइकल किनें। त्यही साइकल मेरो रोजीरोटी बन्यो। गत वर्षको भदौदेखि पठाओमा फुड डेलिभरी गर्न थालेँ। दिनभरि घाम, पानी र थकाइसँग लडेर दैनिक ६ सयदेखि १ हजार रुपैयाँसम्म कमाउँथेँ।

तर मेरो संघर्ष यतिमै सीमित छैन।

म अपाङ्ग छु। मेरो देब्रे हात छैन।

आजसम्म पनि मैले अपाङ्गता परिचयपत्र पाउन सकेको छैन। वडा कार्यालयमा धेरै पटक पुगेँ। तर हरेक पटक एउटै जवाफ सुनाएँ—"काम गर्न सक्ने र जागिर खान सक्ने भए अपाङ्गता परिचयपत्र बनाउन मिल्दैन।" त्यसै कारण राज्यले दिने भत्ताबाट पनि म वञ्चित छु।

एउटा हातले साइकल चलाउनु कति कठिन हुन्छ भन्ने पीडा मैले हरेक दिन महसुस गरेको छु। पठाओमा काम गर्ने क्रममा म धेरै पटक लडेँ। कहिले ब्रेक फेल भएर, कहिले ब्रेक धेरै टाइट भएर। शरीरमा चोट लाग्यो, घाउ लागे, पीडा भयो। तर हरेक पटक म फेरि उठेँ। साइकल उठाएँ। फेरि यात्रामा निस्किएँ।

त्यसपछि मैले एउटा कुरा राम्रोसँग बुझेँ—जीवनमा सानो लापरबाही पनि ठूलो जोखिम बन्न सक्छ। साइकलको ब्रेकजस्तै, जीवनका धेरै कुरा पनि हरेक दिन जाँच्नुपर्छ।

मैले धेरै ठाउँमा काम खोजेँ। होलसेल पसल पुगेँ, विभिन्न मार्ट पुगेँ। तर एउटा हात नभएको कारण धेरैले काम दिन मानेनन्। कहिलेकाहीँ लाग्थ्यो, सीपभन्दा पनि चिनजान बलियो रहेछ। आफन्त र पहुँच हुनेले अवसर सजिलै पाउँछन्, म जस्ता धेरैले ढोका ढकढक्याएर पनि फर्किनुपर्छ।
तर मैले हार मानेको छैन।

अहिले म कम्प्युटर सिक्दैछु। तीन महिनाको कोर्ष गरिरहेको छु। जीवनले मलाई एउटा ठूलो पाठ सिकाएको छ—जीवन आफैं पनि समय–समयमा नयाँ कोर्ष सिकाउने विद्यालय रहेछ। जसको हातमा सीप हुन्छ र दिमागमा ज्ञान हुन्छ, उसले कुनै न कुनै दिन आफ्नो बाटो आफैं बनाउँछ।

मेरो एउटै चाहना छ—जसरी भए पनि इमानदारीका साथ बाँच्नुपर्छ। कसैसँग हात फैलाएर होइन, गलत बाटो रोजेर होइन। आफ्नो पसिना, आफ्नो मेहनत र आफ्नो पौरखले कमाएर खान चाहन्छु।

मलाई विश्वास छ, सफलता एकैदिन आउँदैन। तर मेहनत कहिल्यै खेर जाँदैन। संघर्षले थाक्न सिकाउँछ, हार मान्न होइन। मेहनत गरेर उचाइमा पुगेका मानिसहरूको उचाइ कसैले घटाउन सक्दैन।
एउटा हात गुमाएको छु, तर सपना, आत्मविश्वास र बाँच्ने साहस भने कहिल्यै गुमाएको छैन।

Source :

Want your school to be the top-listed School/college in Nuwakot?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kispang-4, Salme
Nuwakot
44900

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Saturday 09:00 - 16:00
Sunday 09:00 - 16:00