17/07/2026
Shree Bhairum Secondary School
"We explore your inner quality", Shree Bhairum Secondary School affiliated to Nepal Education Board.
17/07/2026
सम्पूर्ण श्री भैरूम माध्यमिक विद्यालय, विदुर ८ हातीगाैंडामा अध्ययनरत विद्यार्थीका अभिभावक ज्यूहरु आज असार ३२ बाट प्रथम त्रैमासीक परीक्षा सम्पन्न भएको छ । भाेली श्रावण १ बाट श्रावण २५ सम्म बर्षे बिदा हुदै छ । यस अवधि मा आफ्ना बाबुनानीलाई खेतिपाति मा सहयोग गर्न लगाउने खेतबारी काे भ्रमण र काम सिकाउने धान काेदाे राेप्ने गाेड्ने मकै भित्र्याउने आदि कार्यमा संलग्न गराई व्यबहारिक सीप सिकाई दिनु हाेला । एक्लै बारीमा बादर धपाउने , झाडिमा कुद्ने ,खाेला खाेल्सा पाेखरीमा पाैडिखेल्न जान नदिनु हाेला । माेबाईल बाट सकेसम्म टाढा राखिदिनु हाेला।बिहान बेलुका पुस्तक पढ्न लगाउनु हाेला । घर देखि एक्लै टाढा नपठाउनु हाेला ।जथाभावी खाने पानी पिउने कार्य गर्न नदिनु हाेला ।बाबुनानीकाे संगत काे संग छ के गर्दैछ ध्यान दिनुहाेला । मानाे राेपेर मुरी फलाउन गर्न पर्ने व्यवहारिक कार्य सिकाएर व्यवहारिक परिपक्वता बन्न सघाउनु हाेला ।बिदाकाे समयकाे सहि सदुपयोग गर्न सिकाईदिनु हाेला ।अध्ययन लाई निरन्तरता दिन पढेको सिकेको कुरा बिर्सन नदिनु हुन हार्दिक अनुराेध छ
तपाई हाम्रो सहि मार्गदर्शन र हेरबिचारले नै बाबुनानीकाे भबिष्य उज्यालो हुनेछ ।
श्री भैरुम माध्यमिक विद्यालय परीवार
07/07/2026
भावपूर्ण श्रध्दाञ्जली !!!
अभिभावक ज्यूहरुकाे अनुरोध र विद्यार्थीहरुकाे चाहना अनुसार विद्यालय काे शैक्षिक गुणस्तरलाई मध्यनजर गर्दै विद्यार्थीहरुकाे पठनपाठनलाई निरन्तरता दिने र आईतबार काे पठनपाठन सुचारु भई रहने जानकारी सबै अभिभावक ज्यूहरुमा अनुरोध छ ।
26/06/2026
यस श्री भैरुम माध्यमिक विद्यालय,विदुर -८,हात्तीगौडामा त्रिशूली एजी चर्चको ३०अौ वार्षिकोत्सबको अवसरमा चर्चको नेतृत्वकर्ता Laxmi Tamang र सहभागीहरु तथा विद्यालयका विद्यार्थीहरुको समेत सहभागीतामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।आयोजक त्रिशूली एवी चर्च परिवारमा विद्यालयको तर्फबाट हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौ ।
14/06/2026
कक्षा संचालन :२०८३ ,आषाढ १ गतेदेखि
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Nuwakot
44900
Opening Hours
| Monday | 09:00 - 16:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 16:00 |
| Thursday | 09:00 - 16:00 |
| Friday | 09:00 - 16:00 |
| Sunday | 09:00 - 16:00 |