23/06/2026
#अक्षयकाेषबाट छात्रवृत्ति वितरण ।
स्व. विश्वनाथ अधिकारी ज्यूको स्मृतिमा धर्मपत्नी श्रीमती रेशमी अधिकारी ज्यू तथा सुपुत्र रवि अधिकारीद्वारा विद्यालयमा स्थापना गरिएको रु. १,५०,०००/- (एक लाख पचास हजार रुपैयाँ) को अक्षयकोषबाट प्राप्त वार्षिक ब्याज रकमबाट २७ जना विपन्न तथा जेहेन्दार छात्र–छात्राहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। उक्त सामग्री रेशमी अधिकारी ज्यूको करकमलबाट वितरण गर्ने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। 📚🎓🙏
21/06/2026
२०८२ सालमा संचालित एस इ इ परिक्षामा ग्रेडवृद्धी समूहवाट सम्मिलित भइ अनिवार्य अंग्रेज़ी बिषयमा Absent देखाएका ११ जना विद्यार्थीहरुको मिति २०८३/०३/०६ गते missing Case अन्तर्गत प्रकाशित online नतिजा ।
20/06/2026
#कक्षा १२ को परीक्षामा उत्कृष्ट GPA सहित उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ । आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा निरन्तर सफलता प्राप्त होस् भन्ने कामना गर्दछौँ । 🎉📚🌹
20/06/2026
🏆 अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न । २०८३/०३/०५ 🏆
#शैक्षिक सत्र २०८२ अन्तर्गत बालविकासदेखि कक्षा ९ तथा कक्षा ११ सम्मका विद्यार्थीहरूको पुरस्कार वितरण कार्यक्रम अभिभावक भेलासँगै केही ढिलो गरी मिति २०८३ असार ५ गते सफलतापूर्वक सम्पन्न गरियो।
यस अवसरमा विद्यालयका उत्कृष्ट विद्यार्थी (School Toppers) लाई समेत सम्मान गरिएको थियोः
🥇 प्रथम (School Topper): निशा खत्री, कक्षा ११ – GPA 3.73
🥈 द्वितीय (2nd Topper): रितु पुन, कक्षा ११ – GPA 3.69
🥉 तृतीय (3rd Topper): कृत्रिका, कक्षा ७ – GPA 3.68
कार्यक्रमलाई सफल बनाउन सहयोग तथा सहभागिता जनाउनुहुने सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दै सम्मानित विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ। 🎉🏆📚🌺
19/06/2026
#कक्षा १२ को नतिजामा सफल भएकोमा परीक्षामा सहभागी सम्पूर्ण ग्रेडेड विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु।
19/06/2026
#कक्षा ११ को नतिजा प्रकाशन सम्बन्धि सूचना ।
# कक्षा ११ को नतिजा प्रकाशन – २०८३/०३/०५ 🎉
🏆 विद्यालय उत्कृष्ट विद्यार्थी (School Toppers)
🥇 निशा खत्री – प्रथम (School 1st Topper)
🥈 रितु पुन – द्वितीय (School 2nd Topper)
🥉 मनिष के.सी. – तृतीय
उत्कृष्ट नतिजा हासिल गर्न सफल सम्पूर्ण नानीबाबुहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ। निरन्तर मेहनत, लगनशीलता र अनुशासनका साथ अझ उच्च सफलता हासिल गर्दै अगाडि बढ्न सकून्। 🎓🌹👏
19/06/2026
#शैक्षिक सत्र २०८२ का पुरस्कार वितरण कार्यक्रम तथा अभिभावक भेला आज मिति २०८३ असार ५ गते शुक्रबारका दिन सफलतापूर्वक सम्पन्न भएको जानकारी गराइन्छ।
उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारी ज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गरिन्छ। 🙏
19/06/2026
#कक्षा १२ को नतिजामा शिव शक्ति मा.वि., पेरानी, बाँकेले ८२.३५% उत्तीर्ण सहित राप्तीसोनारी गाउँलिका स्तरमा प्रथम स्थान हासिल गर्न सफल भएकोमा परीक्षामा सहभागी सम्पूर्ण ग्रेडेड विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ।
यस गौरवपूर्ण उपलब्धिमा विद्यार्थीहरूलाई उत्कृष्ट नतिजा हासिल गर्न निरन्तर सहजीकरण गर्नुहुने आदरणीय सम्पूर्ण सर,म्यामहरु तथा विद्यालयको हरेक अनुरोधलाई आत्मीयतापूर्वक स्वीकार गर्दै समय–समयमा हातेमालो गर्ने जुझारु अभिभावकहरू हार्दिक धन्यवादका पात्र हुनुहुन्छ।
– विद्यालय प्रशासन
19/06/2026
🏆 हार्दिक बधाई तथा शुभकामना! 🏆
श्री शिवशक्ति माध्यमिक विद्यालय, राप्ती सोनारी–८, पेरानी, बाँके द्वारा शैक्षिक सत्र २०८२ मा विद्यालयको शैक्षिक उन्नयनमा अतुलनीय योगदान पुर्याई “उत्कृष्ट शिक्षक”(Best teacher) को रूपमा छनोट भई नगद रु. १०,०००/- सहित सम्मानित हुनु भएकाेले आदरणीय श्री भूपेन्द्र प्रसाद यादव सरलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। 🌹
तपाईंको समर्पण, लगनशीलता र उत्कृष्ट कार्यप्रतिको प्रतिबद्धताले सम्पूर्ण विद्यालय परिवारलाई गौरवान्वित बनाएको छ। आगामी दिनहरूमा अझ बढी सफलता, सम्मान तथा प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना। 📚🏅🎉
बधाई छ, उत्कृष्ट शिक्षक! 👏👏🌹