18/06/2026
जन्मदिनको हार्दिक शुभकामना! तिम्रो जीवन सुख, स्वास्थ्य, सफलता र खुसीले भरिपूर्ण रहोस्। उज्ज्वल भविष्यको शुभकामना। 🎉🎂 Happy birthday to all of you 🤗😘
A complete Montessori School. Situated in Kohalpur, Nepalgunj. Visit us to see the difference.
18/06/2026
जन्मदिनको हार्दिक शुभकामना! तिम्रो जीवन सुख, स्वास्थ्य, सफलता र खुसीले भरिपूर्ण रहोस्। उज्ज्वल भविष्यको शुभकामना। 🎉🎂 Happy birthday to all of you 🤗😘
आदरणीय अभिभावकज्यूहरू,सम्पूर्णमा नमस्कार।
उपरोक्त सम्बन्धमा मौसममा सुधार आएको तथा सम्बन्धित सरोकारवालाहरूको अनुरोध एवं नगर प्रमुखज्यूको सुझावअनुसार यसअघि घोषणा गरिएको गर्मी बिदा स्थगित गरिएको जानकारी गराइन्छ।
यसैअनुसार मिति २०८३ साल जेठ २८ गते (बिहीबार) देखि विद्यालयको नियमित पठनपाठन सुचारु हुने जानकारी सम्पूर्ण अभिभावकज्यूहरूमा अनुरोधपूर्वक गराइन्छ।
दोहोरो सूचनाका कारण पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।
धन्यवाद।
विद्यालय प्रशासन
गुरुकुल सकर स्कूल
10/06/2026
आदरणीय अभिभावकज्यू,
अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य तथा सुरक्षालाई मध्यनजर गर्दै यस विद्यालयको पठनपाठनमा थप बिदा गरिएको जानकारी गराइन्छ। यसअघि प्रदान गरिएको बिदामा थप गरी मिति २०८३/०२/२८ र २०८३/०२/२९ गतेसम्म विद्यालय बन्द रहनेछ।
विद्यालय पुनः मिति २०८३/०३/०१ गते (सोमबार) देखि नियमित रूपमा सञ्चालन हुने जानकारी सम्पूर्ण अभिभावकज्यूहरूमा अनुरोधपूर्वक गराइन्छ।
यस अवधिसम्म विद्यालय बन्द रहने भएकाले आफ्ना नानीबाबुहरूको अध्ययनलाई घरमै निरन्तरता दिन सहयोग गरिदिनुहुन सम्पूर्ण अभिभावकज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं।
धन्यवाद।
07/06/2026
📢 सूचना
आदरणीय अभिभावकज्यू,
अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राखी मिति २०८३/०२/२५ गतेदेखि २०८३/०२/२७ गतेसम्म विद्यालयको नियमित पठनपाठन स्थगित गरिएको जानकारी गराइन्छ।
धन्यवाद।
विद्यालय प्रशासन
05/06/2026
Happy birthday to both of you, dear students! May God always bless you and give you a bright future ahead.🎂❤️👏
01/06/2026
Winners of the Handwriting Competition from each class❤️❤️👏👏👏
Keep shining 👏👏🎊
27/05/2026
26/05/2026
एक हप्ते हस्तलेखन (Handwriting) प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन चाहन्छौं । उक्त प्रशिक्षणमा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाई आफ्नो लेखाइ सुधार गर्ने प्रयास गरेका छन् ।
विद्यार्थीहरूको सुन्दर लेखाइ, सफा प्रस्तुति तथा लेखन सीप विकासमा अभिभावकज्यूहरूको सहयोग र साथप्रति विद्यालय परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
धन्यवाद ।
कोहलपुर नगरपालिकाको १३औं स्थापना दिवसको सुखद अवसरमा हार्दिक शुभकामना ।🙏
23/04/2026
जन्मदिनको हार्दिक मंगलमय शुभकामना सीता राना विष्ट म्यामलाई।
| Monday | 07:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |