Kanthipur School Nepalgunj-19, Banke

Kanthipur School Nepalgunj-19, Banke

Share

This school is a community school established in the year 2040 B.S. The school is currently operating up to the secondary level.

The main objective of this school is to educate society. १) विद्यालयको संक्षिप्त चिनारी
विद्यालयको नाम : श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय
ढेगाना : प्रदेश नम्बर ५ , जिल्ला बाँके , नेपालगंज उपमहानगरपालिका, वडा नम्बर १९, कन्ठीपुर
प्रधानाध्यापक: श्री शंकर चन्द
फोन नम्बर: ९८५८०७०३८४
कार्यालय संग सम्बन्धित ब्यक्त्तिको नाम : श्री शंकर चन्द
फोन नम्बर: ९८५८०७०३८४
इमेल :[email protected]

18/08/2026

🔬🧪 किताबी ज्ञान होइन, प्रयोगबाट सिकाइ! 🧼✨
विज्ञान शिक्षक विक्की भुजवा सर र कक्षा १० का विद्यार्थीहरू मिलेर विज्ञान प्रयोगशालामा साबुन निर्माणको प्रयोगात्मक अभ्यास गर्दै! 👨‍🔬👩‍🔬

📚 सिकाइ + 🔬 प्रयोग + 🤝 सहकार्य = 🎓 वास्तविक ज्ञान
यही हो प्रयोगात्मक शिक्षाको शक्ति! ❤️

11/08/2026

#अपिल

06/08/2026

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नेपालगञ्ज उपमहानगरपालिका–१९, कण्ठिपुर, बाँके परिवारको तर्फबाट तपाईंलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना #जिता #मेडम ।

तपाईंको जीवन सधैं सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, उन्नति र सफलताले भरिपूर्ण रहोस्। शिक्षा क्षेत्रमा तपाईंले पुर्‍याउँदै आउनुभएको समर्पित सेवा, मेहनत र योगदान अझ प्रभावकारी र प्रेरणादायी बन्दै जाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं ।

🎂 जन्मदिनको धेरै धेरै शुभकामना! 🎉

06/08/2026

धन्यवाद सहयोगी मनहरु!!

Photos from Kanthipur School Nepalgunj-19, Banke's post 06/08/2026

यस विद्यालयमा प्राथमिक तह तृतीय श्रेणीमा सरुवा भई आउनुभएका प्रा. वि. स्थायी शिक्षकद्वय श्री ऐश्वर्या उपाध्याय र श्री पुष्प वर्षा दर्लामी
त्यसैगरी, सशर्त शिक्षण सहयोग अनुदान (संघीय) अन्तर्गत कार्यरत श्री सुनीत बस्नेत (मा.वि. अंग्रेजी) र श्री प्रवेश यादव (मा.वि. विज्ञान)लाई नेपालगञ्ज उपमहानगरपालिकाद्वारा यस विद्यालयमा कामकाजमा खटाइएकाले यस अवसरमा विद्यालय परिवारले सम्पूर्ण नवआगन्तुक शिक्षकहरूलाई हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। उहाँहरूको ज्ञान, अनुभव र समर्पणले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूको सिकाइ उपलब्धिमा थप सकारात्मक योगदान पुग्ने विश्वास लिएका छौं।

हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना! 🌺

Photos from Kanthipur School Nepalgunj-19, Banke's post 29/07/2026

गुरु पूर्णिमाको यस पावन अवसरमा यहाँहरूको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा निरन्तर सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु। गुरुहरूको अमूल्य ज्ञान, आशीर्वाद र मार्गदर्शन सधैं हामीमाथि रहिरहोस् भन्ने कामना गर्दछु।
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः॥

29/07/2026

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः॥

17/07/2026

आज सावन १ गते

13/07/2026

📢 अत्यन्त जरुरी सूचना 📢

सम्पूर्ण अभिभावकज्यू, विद्यार्थीहरू तथा कान सम्बन्धी समस्या भएका सेवाग्राहीहरूमा हार्दिक अनुरोध।

आज मिति २०८३ असार २९ गते, सोमबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नेपालगञ्ज–१९, कण्ठीपुर, बाँके मा निःशुल्क विद्यालय कान स्वास्थ्य कार्यक्रम (कान परीक्षण शिविर) सञ्चालन भइरहेको छ।

यस अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी तथा कान दुख्ने, कम सुन्ने, कानबाट पानी बग्ने, कान बज्ने वा अन्य कुनै कान सम्बन्धी समस्या भएका सेवाग्राहीहरूलाई शिविरमा उपस्थित भई विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श लिन हार्दिक अनुरोध गर्दछौं।

🗓️ मिति: २०८३ असार २९ गते, सोमबार
📍 स्थान: नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नेपालगञ्ज–१९, कण्ठीपुर, बाँके

समयमै उपस्थित भई यस निःशुल्क स्वास्थ्य सेवाको अधिकतम लाभ लिनुहुन हार्दिक अनुरोध छ।

आयोजक:
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय
नेपालग

10/07/2026

सूचना अनुसार भोलि मिति २०८३/०३/२७ गते शनिवार बिहान ७:०० बजे आलानगर चोकमा वृक्षारोपण कार्यक्रममा उपस्थितिको लागि अनुरोध छ

Want your school to be the top-listed School/college in Nepalganj?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Nepalganj-19, Kanthipur, Banke
Nepalganj

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00