05/08/2026
आदरणीय अभिभावकज्यू नमस्कार 🙏🙏
मिति २०८३ साल श्रावण १ गतेदेखि २० गतेसम्म दिइएको वर्षे विदाको समाप्तिसँगै भोलि मिति २०८३ साल श्रावण २१ गते बिहिबारका दिनदेखि विद्यालयमा पुन: पठनपाठन सुचारु हुने व्यहोरा यहाँहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। आफ्ना नानीबाबुहरूलाई अनिवार्य रुपमा विद्यालयमा पठाइदिनुहुन अनुरोध छ।
विद्यालय प्रशासन
श्री कालीदेवी आधारभूत विद्यालय