13/04/2025
मेषविषुवच्चक्रम्
सम्पूर्ण १२ राशि भएका ब्यक्तिहरूले आ-आफ्नो नामको पहिलो अक्षर अनुसार आफै जान्नुहोस् २०८२सालको (मेषविषुवच्चक्रम् )मेष संक्रान्ति कहाँ परेको छ ? त्यसको शुभाशुभ फल।
डी, डु, डे, डो, मा,मी,मू, मे, मो, टा, टी, टु, टे,टो, पा, पी, पू,ष,ण,ठ, पे, पो, रा, री, रु, रे, रो ता, ता, === शीर्षे भूलाभः शीरमा परेकाले शुभ ।
कु, घ, ङ, छ, के, को, हा, ही, हु, हे, हो, डा, === मुखे पाण्डित्यम्, मुखमा परेकाले शुभ मानिएको छ ।
चु, चे, चो, ला, लि, लु, ले, लो, अ,इ,उ, ए, ओ, वा, वि, वु, वे, वो, का, की =====हृदी, हृदयमा धनागम्, अति उत्तम मानिएकोछ ।
से, सो, दा, दी, दू, थ, झ, ञ, दे, दो, चा, ची == दक्षकरे स्त्रीलाभः, शुभ मानिएको छ।
खी,खू,खे, खो, गा,गी, गू, गे, गो, सा, सी,सू, वामकरे भैक्ष्यम्, अशुभ
ये, यो, भा, भी, भू, धा, फा, ढा, भे, भो, जा, जी दक्षपादे भ्रमणम्, दाहिने खुट्टामा भ्रमण हुने, शुभ छ।
ती,तू,ते,तो, ना, नि, नु, ने, नो, या यी, यू, वामपादे कष्टम्, अशुभम्।
अशुभ भएका व्यक्तिहरुले
गंगा स्नान गरेर रुद्री, सत्यनारायण, चण्डी पाठ शान्तिकाध्यायपाठ गराउनुका साथै हवन, ब्राह्मण तथा कन्यालाई दान दक्षिणा अर्पण गरि भोजन गराएमा कष्ट निवारण हुने शास्त्रिय मान्यता रहेकोछ ।