21/09/2026
सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न
युवा रेडक्रस सर्कल, वीरेन्द्र बहुमुखी क्याम्पसद्वारा सर्कल का अध्यक्ष बिनय आचार्य को अध्यक्षता मा निवर्तमान अध्यक्ष श्री आयुष पौडेलज्यूको वैदेशिक प्रस्थान तथा उच्च शिक्षाको अवसरमा आयोजित सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख डा. प्रेमसागर भण्डारीज्यू, विशिष्ट अतिथि विद्यार्थी कल्याण प्रमुख श्री देवी प्रसाद पौडेलज्यू, अतिथिहरू श्री आयुष पौडेलज्यू, खेलकुद समिति अध्यक्ष श्री सुदर्शन कुमार श्रेष्ठज्यू तथा सदस्य श्री निकित सुवेदीज्यूको उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन सचिव श्री विवेक सुवेदीज्यूले गर्नुभएको थियो