19/05/2026
आज मिति २०८३ साल जेठ ५ गते कक्षा ८ का विद्यार्थी भाइबहिनीहरूलाई शैक्षिक अवलोकन भ्रमणका लागि वडा कार्यालय, भरतपुर महानगरपालिका, गणेशस्थान मन्दिर तथा दियालो बङ्गला मा लगिएको थियो। यस भ्रमणका क्रममा विद्यार्थीहरूले विभिन्न स्थानहरूको संरचना, कार्यप्रणाली, ऐतिहासिक तथा सांस्कृतिक महत्त्वबारे महत्वपूर्ण जानकारी प्राप्त गरेका छन्। प्राप्त ज्ञानले उनीहरूको प्रायोगिक अध्ययन, पठन-पाठन तथा सिकाइ प्रक्रियालाई अझ प्रभावकारी र समृद्ध बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ।