Shree Prithivi Secondary School

Shree Prithivi Secondary School समान पहुच सहित ,
गुणस्तरीय शिक्षा !
हाम्रो प्रतिवद्दता !!

श्री धारापानी प्रा. वि. मुसिकोट नगरपालिका-४, गुल्मीबाट बालविकास शिक्षकको रुपमा यस विद्यालयमा पदस्थापन भई आउनु भएकी शिक्ष...
24/08/2026

श्री धारापानी प्रा. वि. मुसिकोट नगरपालिका-४, गुल्मीबाट बालविकास शिक्षकको रुपमा यस विद्यालयमा पदस्थापन भई आउनु भएकी शिक्षक मुना हितान मगरलाई हाम्रो विद्यालयमा स्वागत गरियो। भावी शैक्षिक यात्रा सफल एवम् सुखद् रहोस्, शुभकामना।

🎉  जन्मदिनको हार्दिक शुभकामना! 🎂विद्यालयको शैक्षिक, भौतिक तथा समग्र विकासमा निरन्तर मार्गदर्शन, सहयोग र प्रेरणा प्रदान ग...
23/08/2026

🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎂
विद्यालयको शैक्षिक, भौतिक तथा समग्र विकासमा निरन्तर मार्गदर्शन, सहयोग र प्रेरणा प्रदान गर्नुहुने विद्यालय व्यवस्थापन समिति अध्यक्ष आदरणिय मदनदीप घिमिरे ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना। 💐 सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना। 🙏🎊 यस विषेश अवसरमा विद्यालयको शैक्षिक बिकासका लागि रु ५०००/- प्रदान गर्नुभएकोमा कृतज्ञता व्यक्त गर्दछौं 🎀🎈❤️🤗
प्रधानध्यापक
तथा
समग्र विद्यालय परिवार

आज यस विद्यालयको परिसरमा कक्षा ११ का उत्साहजनक विद्यार्थीहरूको सक्रिय सहभागितामा "विद्यालय परिसर सरसफाइ कार्यक्रम" सफलता...
20/08/2026

आज यस विद्यालयको परिसरमा कक्षा ११ का उत्साहजनक विद्यार्थीहरूको सक्रिय सहभागितामा "विद्यालय परिसर सरसफाइ कार्यक्रम" सफलतापूर्वक सम्पन्न भएको छ।
विद्यार्थीहरूले आफ्नै पहलमा विद्यालय परिसरलाई स्वच्छ, सफा र हराभरा बनाउन पुर्‍याउनुभएको योगदान प्रशंसनीय छ। यस कार्यक्रमले वातावरण संरक्षणको महत्त्व बुझाउनुका साथै सामूहिक कार्य (Teamwork) र सामाजिक उत्तरदायित्वको भावनालाई अझ सुदृढ बनाएको छ।
उत्कृष्ट कार्यका लागि कक्षा ११ का सम्पूर्ण विद्यार्थीहरू र सहयोग गर्नुहुने शिक्षक तथा कर्मचारीवर्गप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ!

यस विद्यालयको कक्षा ३ मा अध्ययनरत छात्र प्रज्वल मगर को आज परेको जन्मदिनको अवसरमा विद्यालयकाे जन्म दिन काेषमा रू. ५१० /- ...
20/08/2026

यस विद्यालयको कक्षा ३ मा अध्ययनरत छात्र प्रज्वल मगर को आज परेको जन्मदिनको अवसरमा विद्यालयकाे जन्म दिन काेषमा रू. ५१० /- ( रूपैयाँ पाँच सय दश ) अभिभावक विष्णु मगर ले जम्मा गर्नु भएकाे छ। विद्यालय परिवारको तर्फबाट उत्तरोत्तर प्रगतिको कामनासहित जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। शैक्षिक यात्रा र भविष्य उज्ज्वल रहोस्!

नयाँ शिक्षकको आगमन!निम्न माध्यमिक तह (नेपाली विषय) मा अस्थायी करार शिक्षकका रूपमा आउनुभएका श्री हरिशचन्द कुर्मी सरलाई हा...
18/08/2026

नयाँ शिक्षकको आगमन!

निम्न माध्यमिक तह (नेपाली विषय) मा अस्थायी करार शिक्षकका रूपमा आउनुभएका श्री हरिशचन्द कुर्मी सरलाई हाम्रो विद्यालयमा हार्दिक स्वागत छ। रुपन्देही, सम्मरीमाई-६ निवासी कुर्मी सरको कार्यकाल सफल र उपलब्धिमूलक रहोस् भन्ने कामना गर्दछौं।

स्वागत छ सर! 💐💐

यस विद्यालयको कक्षा २ मा अध्ययनरत छात्रा दीपिका बि.क  को आज परेको जन्मदिनको अवसरमा   विद्यालय परिवारको तर्फबाट उत्तरोत्त...
18/08/2026

यस विद्यालयको कक्षा २ मा अध्ययनरत छात्रा दीपिका बि.क को आज परेको जन्मदिनको अवसरमा विद्यालय परिवारको तर्फबाट उत्तरोत्तर प्रगतिको कामनासहित जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। शैक्षिक यात्रा र भविष्य उज्ज्वल रहोस्!

यस विद्यालयको कक्षा ४ मा अध्ययनरत छात्रा मिशन बि.क.  को आज परेको जन्मदिनको अवसरमा विद्यालयकाे जन्म दिन काेषमा रू. १००० /...
12/08/2026

यस विद्यालयको कक्षा ४ मा अध्ययनरत छात्रा मिशन बि.क. को आज परेको जन्मदिनको अवसरमा विद्यालयकाे जन्म दिन काेषमा रू. १००० /- ( रूपैयाँ एक हजार ) अभिभावक रेखा बि.क ले जम्मा गर्नु भएकाे छ। विद्यालय परिवारको तर्फबाट उत्तरोत्तर प्रगतिको कामनासहित जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। शैक्षिक यात्रा र भविष्य उज्ज्वल रहोस्!

निम्न माध्यमिक तह नेपाली विषय अस्थायी करार शिक्षक आवश्यकता सम्वन्धि सुचना ।
20/07/2026

निम्न माध्यमिक तह नेपाली विषय अस्थायी करार शिक्षक आवश्यकता सम्वन्धि सुचना ।

आज हाम्रो विद्यालय प्राङ्गणमा "वृक्षारोपण तथा फूलबारी व्यवस्थापन कार्यक्रम" भव्यताका साथ सम्पन्न भयो।विद्यालयलाई हरियाली...
17/07/2026

आज हाम्रो विद्यालय प्राङ्गणमा "वृक्षारोपण तथा फूलबारी व्यवस्थापन कार्यक्रम" भव्यताका साथ सम्पन्न भयो।

विद्यालयलाई हरियाली र वातावरणमैत्री बनाउने साझा उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, आदरणीय शिक्षकहरू तथा प्यारा विद्यार्थी भाइबहिनीहरूको सक्रिय एवं उत्साहजनक सहभागिता रहेको थियो।

सबैको सामूहिक श्रमदान र प्रयासबाट आज विद्यालयको फूलबारीले नयाँ स्वरूप पाएको छ भने विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन्। वातावरण संरक्षणको यो महाअभियानमा सहभागी भई कार्यक्रम सफल पारिदिनुहुने सम्पूर्णमा विद्यालय परिवार हार्दिक कृतज्ञता ज्ञापन गर्दछ।

काेटेशन ( दरभाउपत्र ) आह्वान सम्वन्धि सूचना ।
17/07/2026

काेटेशन ( दरभाउपत्र ) आह्वान सम्वन्धि सूचना ।

Address

मुसिकोट, गुल्मी, लुम्विनी, नेपाल
Musikot
00977

Alerts

Be the first to know and let us send you an email when Shree Prithivi Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Prithivi Secondary School:

Shortcuts

Share

Category