22/04/2026
विषय:-
विद्यालयले अप्रमाणित राखेको ,समुदाय र अन्य संघसंस्था आफैंले प्रमाणित गरिदिएको गैर व्यापारिक विज्ञापन!
कुनै एक संस्थाको सम्पूर्ण मानव संसाधन हाम्रै विद्यालयका गुणस्तरीय उत्पादन हुन् — यो तथ्य हाम्रो लागि अत्यन्त गौरवको विषय हो। हामीले तयार पारेको जनशक्तिले गुणस्तरीयतामा कहिल्यै सम्झौता गर्दैन , सिकाई संस्कार, र पठन संस्कृति सिकाएकै छ।त्यसकारण मातृ संस्था गुणस्तरबाट कहिले अछुतो नरहेको कुरा प्रमाणित आफै हुन्छ। यसकारण, गुणस्तरको खोजीमा रहनु वा त्यसभित्रै अल्झिरहनु हाम्रो लागि अनिवार्य देखिँदैन। यो कुनै विज्ञापन वा व्यावसायिक प्रचार पनि होइन। हामी त केवल सेवाको परिधिभित्र सक्रिय छौं, विधिभित्र छौं, सेवा क्षेत्रभरि सेवा दिने हाम्रो उद्देश्य र अनुशासनसहितको प्रविधिमैत्री शिक्षा दिने विद्यालयको प्रतिबद्धतालाई नचाहेरै पनि स्वीकार्नु नव प्रयत्नशीलहरू लाई बाध्यता हुन सक्ला। हामी विद्यार्थी पाँच वर्षे दस वर्षे करार वा अभिभावक बन्दकीमा राख्दैनौं। समुदाय र अभिभावकका छोराछोरीहरूलाई उनीहरूको क्षमता बमोजिम एक वर्षे कोर्स भित्र सम्झौता गर्दैनौँ, चिरिचेट अत्तरले घसेर कस्मेटिक गुणस्तर को सर्टिफिकेट बोकाएर बेरोजगारी बनाउँदैनौँ बरु हाराहारी जनशक्ति उत्पादन गर्छौं समाज सहयोगी बनाउँछौं। कृतज्ञ बनाउँछौं न कि कृतघ्न। समाज र राष्ट्रका अगुवा बनाउँछौँ। हाम्रा विद्यार्थीलाई आवश्यक प्राविधिक ज्ञान मोबाइल हेन्डलिङ सोसल साइट ह्यान्डलिङ भरपुर सिकाएका छौं त्यसैले त धेरैले लेख्छन् धेरैले बोल्छन् धेरैले नेतृत्व गर्छन् धेरै सफल पनि हुन्छन् त्यो नै हाम्रो विद्यालयको पहिचान हो। मेरुदण्ड हो र शिक्षा प्रणालीको मानक हो।अभिव्यक्ति क्षमता प्रदान गर्न सफल भएकोमा मात्र हामी आफूलाई हाम्रो विद्यालयको अमूल्य सम्पत्ति ठान्दछौं। क्रिया प्रतिक्रियामा भाग लिनुहुने सम्पूर्णमा सकारात्मक सामाजिक अन्तरक्रिया ठान्छौँ।यो हाम्रो दृष्टिकोणको आत्मसार हो — उत्पादनमा गर्व, गुणस्तरमा विश्वास, सेवामा निष्ठा, र शैक्षिक उपलब्धिलाई सर्वोपरि मान्ने श्री बुद्ध माध्यमिक विद्यालयको प्रतिबद्धता चाहेर पनि नचाहेर पनि अभिभावकको चाहना बमोजिम गुणस्तरीय अंग्रेजी माध्यम सुरु भइसक्यो हामी मन जित्नेछौँ। नबुझ्नेलाई पनि खोजी खोजी भेटीभेटी बुझाइ रहनु पनि हाम्रो कर्तव्य हो। सामुदायिक विद्यालयको दायित्व हो। राज्यद्वारा सृजित अधिकार पनि हो।
नोट:-विद्यालयले नयाँ पाठ्यपुस्तकहरू धमाधम वितरण गरिरहेको सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा यसै सूचना मार्फत जानकारी गराउन चाहन्छौं।
14/04/2026
29/03/2026
27/02/2026
24/02/2026
21/02/2026
18/02/2026
18/02/2026