Shree Mati Laxmi Devi High School, Gamhariya, Sarlahi

Shree Mati Laxmi Devi High School, Gamhariya, Sarlahi

Share

*Shree Mati Laxmi Devi Gamhariya

Photos from Shree Mati Laxmi Devi High School, Gamhariya, Sarlahi's post 08/09/2024
06/08/2018

Fiscal Year 2075/76 Budget of the School is 10 Lacs

13/01/2015

गम्हरिया मा.वि.सम्बन्धमा lरु. ८ लाख कहाबाट आयो ?
यस अघि पनि धेरै लेखे तर सोमबारको अभिभावक भेलाले हिसाब हेर्न पुर्ब बिद्यालय व्य.समिति र अन्य चार जना श्री कौशल राय,श्री शिबकुमार राय,श्री उपेन्द्र राय,र सर्व नारायण रायलाई चुनेका थिए जुन कामदेव पक्षधरको विचार थियो l हिसाब हेर्न २६ गते शनिवार १ बज्जे तिर हिसाब हेर्न शुरु भयो त्यसमा श्रीमती कुमारी साह र श्री गोपाल साह उपस्थित थिएन l हिसाब हेर्ने सिलसिलामा डेढ बर्षको हिसाब दिइयो जुन बिद्यालय व्य.समितिको कार्यकाल समाप्ति पछीको समयाबधिको हिसाब थियो l पहिला पनि बिद्यालयमा ब्यालेन्स छैन भने कसरी +२ संचालन हुन्छ र अरु कामहरु हुन्छन भन्ने गर्थ्यो प्र.अ. कामदेवले
तर यता डेढ बर्षकै हिसाब सार्बजनिक गर्दा करिब रु.८००००० (आठ लाख ) कहाबाट र कसरी आयो ? यसमा रु. दुइ लाख सहारा विकास बैंकमा जम्मा छ भने रु ५ लाख ८० हजार नेपाल राष्ट्र बैंकमा जम्मा छन l
ठिकै छ करिब आठ लाख त् आयो l प्र.अ. कामदेवले हिसाब त् हेर्नु भयो अब तपाईंहरु साइन गर्दिनुस भन्ने जवाफमा मैले ठिकै छ सर यो बिल र भौचर तथा शिर्षक सहित भएन प्रक्रियागत हिसाब दिनुस र बाँकि ७ सालको हिसाब पनि दिनुस अनि मात्र साइन गर्छु भने l यसमा मैले र वि.व्य.समिति सदस्य श्री राम नन्दन रायले साइन गरेनौ l यसमा वि.व्य.समिति अध्यक्षले पनि साइन गरिसकेको छ l प्र.अ. कामदेवको निकासा नेपाल सरकारले रोकीराखेको छ कि सार्बजनिक लेखा परिक्षण भय पछी मात्र निकासा दिने प्राबधान छ l अब शायद निकासा पाउन सक्छ यिनीहरु चालबाज छन भन्छन के गर्छन के l ३४ लाखको भवनसमेतको हिसाब अहिले सम्म सार्बजनिक भएको छैन जुन हिसाब सार्बजनिक गर्न यिनीहरु मान्दैनन l यसमा श्री कौसल जिको सोच कस्तो छ भने पहिलाको सबै लेखा परिक्षण भैसकेको छ सम्बन्धित निकायमा पुगिसकेको छ अनि कसरी हिसाब दिन्छन त् ? जुन मलंगवामा लुकिछिपी चोरेर लेखापरीक्षण गरेको छ यसमा बिद्यालय व्य.समिति अध्यक्षको साइन पनि छैन समिति सदस्य श्रीमती कुमारी साहको अध्यक्षतामा बैठक बसेर सबै लेखा परिक्षण भयो मलंगवामा तर श्रीमती साह कहिले पनि मलंगवा नगएर घरमै रजिस्टरमा साइन गर्थीन l प्र.अ. को पछि परेर भए पनि आज रु ८ लाख बैंकमा छ अरु के कस्तो छ त्यो त् सबै आ.व.हरुको हिसाब सार्बजनिक गर्दा मात्र थाहा हुन्छन l मेरो अनुरोध बिद्यालय नसुध्रिएको अबस्थामा गाउ सुध्रिन सक्दैन....................सबैमिलेर बिद्यालय बचाउनु पर्थ्यो कि ! धन्यबाद !
Shared by : Sarva Narayan Ray

Photos from Shree Mati Laxmi Devi High School, Gamhariya, Sarlahi's post 06/01/2015

हिजो सोमबारको दिन पनि प्र.अ. कामदेवले हिसाब सार्बजनिक गरेन l
११ बज्जे देखि बसेको बैठक २ बज्जे सम्म बसेर अन्त्यमा फाटफुट निर्णय गर्यो l
लगभग ७५ जनाको उपस्थितिमा धेरैजना अभिभावक थिएन जसले मुख्य भूमिका खेल्छन यो बैठकमा ३० जना अभिभावक पनि पुगेको छैन जुन बिद्यालयमा लगभग ८०० अभिभावकको नाम छन l उपस्थित नहुनुमा धेरै कारण छन :बारम्बार मिति सर्नु ,नेताले आफ्नो कार्यकर्ता लिएर आउनु,अभिभावकको बिद्याल्प्रतिको अविस्वास ,यस्ता धेरै कारणहरु छन l यो बैठकमा धेरै भनाभन भयो तर हिसाब सार्बजनिक गर्न चाहदैन आखिर सामुदायिक बिद्यालयको अस्तित्व किन डुब्दै छन ? मलंगवामा मनोमानी ढंगले लेखापरीक्षण भैसकेको हुन् सक्छ बिद्यालय व्य्बस्थापन समिति सदस्यलाई बिभिन्न प्रलोभन दिएर जुन कानुन बिपरित छ यसमा समितिका अध्यक्ष आफु यस्तो कुनै गैर कानुनी काममा सहि नगरेको दावी गर्दै छन l
यसमा दोषी को हो भन्न गाह्रो छ किनकी हिसाब सार्बजनिक गरिरहेको छैन l हाम्रो मांग प्र.अ.को ८ बर्षको कार्यकालको हिसाब चाह्यो यसै बिचमा जबसम्म वि.व्य.समिति रह्यो तबसम्मको हिसाब समितिले अभिभावकको बिचमा आएर हिसाब दिनु पर्यो र अधिकारिक रुपमा सम्पूर्ण अभिभावकमा हिसाब सार्बजनिक गर्नु पर्यो l नेपाल सरकारको शिक्षा नियमावलीमा कानुनको स्पस्ट व्य्बस्ता छ कि लेखापरिक्षण भैसकेको अबस्थामा त्यहि अभिभावक भेलामा प्रस्तुत गर्नु पर्छ l
यसमा प्र.अ र उनका सहयोगीहरुको विचार बिद्यालयको हितमा छैन l यिनीहरुले भन्छन १ बर्षको हिसाब दिनछौ बाँकीको लेखा परिक्षण भैसकेको छ त्यसमा पनि हिसाब समिति बनाएर समितिलाई हिसाब दिन्छु l यिनीहरु एकदम खुलेर बिद्यालय बर्बाद गर्छन र आफुहरुलाई प्रतिष्ठित नेता भन्दै धाक लगाउछ्न l अन्त्यमा हिसाब हेर्न एक कार्यदल गठन भयो जसमा पुरानो भू.पु. बिद्यालय व्य.समिती l समितिमा अध्यक्ष-श्री राम्नन्दन राय ,सचिब हेड मास्टर आफै,चन्दा दाता-श्री गोपाल साह,शिक्षा प्रेमी-श्री चन्द्रकिशोर राय(श्री भुनटुन राय ),महिला सदस्य-श्रीमती कुमारी साह ,सदस्यहरु-श्री लक्ष्मन दास,श्री सुरेन्द्र सिंह,श्री रामनन्दन राय र अन्य ४ जना श्री कौशल किशोर राय,श्री शिवकुमार राय,श्री उपेन्द्र राय र सर्वनारायण राय छन l आय-व्यय बिबरण हेर्ने मिति आउदो २६ गते l यसै सम्बन्धमा फोटो जुम गरेर हर्नुहोस l

Photos from Shree Mati Laxmi Devi High School, Gamhariya, Sarlahi's post 03/01/2015

3-Jan-2015, आज पनि हिसाब सार्बजनिक भएन मा.वि.गम्हरियाको l
हिजो तानिएको फोटो हो यसमा प्र.अ. श्री कामदेव राय,श्री कौसल राय ,श्री उपेन्द्र राय ,श्री शिवकुमार राय र यिनीहरु संगै आएका अन्य तिन जना छन l आज १९ गते शनिवार आय-व्यय सार्बजनिक गर्ने दिन जसको लागि चिठी पनि काटिएका छन l यसै सम्बन्धमा बिस्तृतमा लेख्न चाहन्छु -जाडो बिदामा बिद्यालय सोमबारकै बन्द भयो र माघ २ गते खुल्ने छन यही अबस्थामा हिजो पालो-पालो गरेर यिनीहरु सबै बिद्यालय प्रवेश गरे मलाई शंका लाग्यो र बिद्यालय पुग्ने अठोट गरे ताकी मेरो उपस्थितिमा यिनीहरु बिद्यालय सम्बन्धमा वा आय-व्यय सार्बजनिक गर्ने सम्बन्धमा कुनै नकारात्मक कुरा गर्न सक्दैन र बिद्यालय अफिसमा प्रबेश गर्नु भन्दा पहिला मैले प्र.अ.लाई सर नमस्कार ! भनेर भने र सरले नमस्कार भन्नु भयो तर बस्नलाई भन्नु भएन अनि म आफै शिवकुमारजिको छेउमा गएर बसे त्यतिकैमा श्री कौशल जीले हिसाब सरोकारवालाले मात्र हेर्छन अनि अभिभावकले अनुमोदन गर्छन कुनै व्यक्ति बिशेषले चाहेमा हिसाब हेराउदैन भन्यो मेरो रिस त् उठ्यो तर मैले कुनै जवाव दिएन र मोबाइल निकालेर फोटो तान्ने प्रयास गरे ताकी फेसबुकमा राखेर केहि यस सम्बन्धमा लेख्छु भनेर l पहिलो फोटो तान्ने बितिकै कौशल जीले फोटो नतान-नतान भन्यो तर पुनः मैले अर्को उसकै फोटो ताने जुन फोटोमा उ आफै बिचमा बसेको छ l मैले फोटो त् ताने तर कौशल जीले मलाई ए पागल-ए पागल भन्यो अनि त् आफै पागल छस तिमि भन्दा ठुलो पागल हाम्रो गाउमा कोहि छैन भनेरमैले भने यतिकैमा तुतु-मैमै भइनै रह्यो हिजो हामी दुइको बिचमा झडप हुने धेरै सम्भावना थियो तर श्री शिवकुमार जी र श्री उपेन्द्र जी बिचमा परेको कृपाले हात हला -हाल भएन नत्र....................अब बाँकि के भन्ने ?
आज शनिवारको समय पनि सारियो फेरी सोमबार को समय l
नेता ज्युहरु गजबको बखेडा गर्दैछन l बिशेस कारणबस समय सारिएको सम्बन्धमा यस्तो सुचना टासिएको छ l फोटो न.३ मा...

Photos from Shree Mati Laxmi Devi High School, Gamhariya, Sarlahi's post 03/01/2015

1-Jan-2015,सरकारी विद्यालयका कक्षा ५ का विद्यार्थी सानो उमेरमा गाउकै बजारमा सानो आय आर्जन गर्दै छन आखिर कस्तो समस्या परे होला ! बास्तबमा संकटमा छन सरकारी बिद्यालय र सरकारी विद्यार्थी l

Photos 03/01/2015

28-Dec-2014, आज प्र.अ. कामदेवले अभिभावकको नाममा चिठी काटेका छन l आय-व्ययको बहानामा बिद्यालय व्यबस्थापन समिति गठन गर्ने बखेडा गर्दैछन प्र.अ.कामदेवले l समितिको कुरामा उल्झाउन खोज्दै छन कामदेव l प्र.अ.कामदेवले हिसाब नहेराउने भन्दैन तर हिसाब सार्बजनिक गर्दैन l
बिद्यालयमा किन पुग्दैनन यिनीहरु :- संकटमा सामुदायिक बिद्यालय l
१.श्री लक्ष्मण राय
२.श्री काशी राय
३.श्री शिवकुमार राय
४.श्री उपेन्द्र राय
५.श्री गणेश राय
६.श्री शम्भु राय
७.श्री बेचन राय
८.श्री कौशल किशोर राय
९.श्री बन्तिलाल शाह
१०.श्री राजनारायण साह
बिद्यालय बर्बाद गर्नेमा यिनीहरु सबै दोषी छन l कसैले कामदेवलाई सहयोग गर्छन त् कसैले मतलबै राख्दैन l आफुलाई नेता बुझ्ने अरुहरु यिनीहरुकै चापलुसी गर्छन l यिनीहरु नेता होइन् सबै एउटाई थालीमा चाट छन र बराबर-बराबर बाँटछन l अरुको सम्पतीले आफ्नो घर-परिवार पाल्ने यस्ता नेताहरुलाई अलिकति पनि लाज लाग्दैन l गलत् राजनीति गर्न छोड देउ नत्र पतन अनिबार्य छ l चुनाबको समयमा कटोरा लिएर भिख मंग्नु नपरोस l बिद्यालय प्रति यिनीहरुको सकारात्मक सोच छैन l कामदेव फस्ने पक्का छन तर यिनीहरुकै आडमा हिसाब सार्बजनिक गरिरहेको छैन l अगाडिको नतिजा यो चिठी अनुसार यही १९ गते शनिवार बिहान ११:०० बज्जे थाहा हुने छन l कामदेवलाई सहयोग गर्नेहरुलाई जनता समू ल्याउन चाहन्छु l

Photos from Shree Mati Laxmi Devi High School, Gamhariya, Sarlahi's post 03/01/2015

19-Dec-2014, प्र.अ. कामदेव राय फेरि बिद्यालयमा नआएर फरार छन र मैले पुनः ६ दिन देखि उक्त प्र.अ.को हाजिरी काट्दै आइरहेको छु l हिसाब सार्बजनिक नगरेर यहाबाट भाग्ने चक्करमा छन कामदेव l भोलि मधेस पोस्ट पत्रिकामा यसै सम्बन्धमा न्युज आउन सक्छ र रेडियो मधेसबाट प्रसारण पनि हुन् सक्छ l मङ्सिर २५ देखि नै बेपता छन र बिद्यालयमा पुष ३ गते नि.प्र.अ.को नाउमा आएको उसको निबेदनमा पुरानै मिति थियो मङ्सिर २५ गते त्यो निबेदन चलानी भयो ३ गतेमा तर दर्ता भएन र नि प्र.अ. को पद पनि स्वीकारेन अर्थात निबेदन बुझेन l निबेदन अलपत्र l जिल्ला शिक्षा कार्यालयमा फेरी यहि २ गते मा.वि गम्हारियाको सार्बजनिक लेखा परिक्षण र कामदेवको सरुवा रोक्का सम्बन्धमा निबेदन दर्ता गराए l यति हुदा-हुदै पनि गाउका कुनै स्थानीय नेता स्थिति बुझ्न बिद्यालय प्रवेश गरेको छैन l कामदेवले जे गर्छन नेपाली कांग्रेसको आडमा रहेर गर्छन अनि बिपक्षी तराई मधेस सदभावना पार्टीका नेताहरु चुपी साधेका छन यो सब भोटको लोभले गर्दै छन र मिलेर बिद्यालय बर्बाद गर्दछन l

Photos from Shree Mati Laxmi Devi High School, Gamhariya, Sarlahi's post 03/01/2015

19-Dec-2014, आज मा.वि.गम्हरिया-१ मा प्र.अ. कामदेव राय लगातार स्कुलबाट फरार रहेको अबस्थामा मेरो अनुरोधमा सरहरूले आयोजना गरदिनु भएको हाजिरी जवाफ प्रतियोगितामा कक्षा ९ प्रथम भएको छ जसमा कक्षा ६ देखि कक्षा १० सम्मक विद्यार्थी सहभागी थिए l मैले उक्त प्रतियोगितामा भएजति पुरस्कारको ब्यबस्ता गरेको थिए l हाम्रा पुरानो आदरणीय शिक्षिका श्रीमती गीता मल्लिक ज्युबाट विद्यार्थीहरुले पुरस्कारसंगै आशिर्बाद ग्रहण गर्दै छन l यस्ता प्रतियोगिता सम्पन्न गराई आफ्नो शैक्षिक संस्थाप्रतिको दातित्व बुझदिने सम्पूर्ण शिक्षक शिक्षिका तथा गुरुहरु र विद्यार्थी भाइ- बहिनिहरुलाई मुरी-मुरी धन्यबाद l

Photos 03/01/2015

15-Dec-2014,गम्हरिया माध्यमिक बिद्यालयमा संचालित बिशेष शिक्षा कार्यक्रमका सुस्तमनस्थितिका बच्चाहरु मध्ये एक जनाले ब्ल्याक बोर्डमा शब्दहरु लेख्दै l यसमा गजबको घोटाला हुदै आइरहेको छ यस संग सम्बन्धित खाता प्र.अ. कामदेवको नाउमा छ lप्रतिएक जनामा रु.२५००/- दरले आउछन तर सुबिधा न्यून छन १० जनामा २/३ जना मात्र उपस्थित रहनेमा बाँकि सबै घोटालातिर जान्छन l

03/01/2015

13-Dec-2014, प्र.अ कामदेव रायले यसरी बखेडा गरिदै छन अहिले सम्म हिसाब सार्बजनिक गरेको छैन l कार्तिक १६ गते हिसाब दिएन , कार्तिक २२ गते हिसाब सार्बजनिक गरेंन ,बिभिन्न बहानामा मङ्सिर २० गते दिएको समयमा पनि हिसाब सार्बजनिक गरेन त्यसपछि मैले बिद्यालय पुगेर हिसाब सार्बजनिक नगरे अब भौतिक कारबाही हुन् सक्ने भनेर डराए र पुनः एक हप्ताको समय लिइयो त्यो समयसिमा आज सकिदै छ l र दुइ दिनदेखि प्र.अ. कामदेव बिद्यालयमा अनुपस्थित छन l
गजबको राजनीति गर्छन यहाका नेताहरु : यहा नेपाली कांग्रेस र तराई मधेस सदभावना पार्टीको बर्चस्व छ lनेपाली कांग्रेसका नेता श्री लक्ष्मण राय र तराई मधेस सदभावनाका नेता श्री काशी रायले अलिकति पनि चासो देखाएको छैन l करिब १२०० बिद्यार्थी पढ्ने मा.वि.गम्हारियाको अवस्था आज यस्तो छ l नेपाली कांग्रेशको पार्टी प्रतिनिधि श्री नन्द किशोर राय(शम्भु राय ) एक दिन पनि सामुदायिक बिद्यालय नपुग्ने र त.म.लो.पा.को पार्टी प्रतिनिधि श्री शिबकुमार राय पनि बिद्यालय पुग्दैन l नेपाली कांग्रेसले प्र.अ.लाई समर्थन गर्छन र त.मलो.पा.ले चुपी साधेका छन l

Want your school to be the top-listed School/college in Malangwa?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Gamhariya
Malangwa
45800