23/04/2019
अादरणीय अभिभावकज्यू,
हाम्राे विद्यालयले अागामी यस शैक्षिक सत्र २०७६ देखि अाफूलाई अाधुनिक प्रविधिकाे प्रयाेग गर्दै Smart School काे रुपमा परिणत गर्ने काेशिस गरिरहेकाे व्यहाेरा जानकारि गराउन पाउँदा हामीलाई खुसी अनुभव भैरहेकाे छ । यसकाे सफलताकालागि हाम्रा अादरणीय अभिभावकहरूकाे महत्वपूर्ण भूमिका रहने भएकाले सहयाेग र समर्थन प्राप्त हुने कुरामा समेत विश्वास लिएका छाैं ।
अभिभावकले गर्नुपर्ने
1- अाफ्नाे माेवाइल फाेनमा रहेकाे Play Store/Google Store मा गई विद्यालयकाे नाम टाइप गर्ने, विद्यालयकाे लाेगाेसहितकाे Mobile App देखा पर्नेछ , त्यसलाई Download गरि अाफ्नाे माेवाइलमा Install गर्ने ।
2- विद्यालयकाे अाफ्नाे नामकाे उक्त Mobile App मा गई Open गर्दा Mobile no लेखेकाे ठाउँमा हजुरले विद्यालयलाई उपलब्ध गराएकाे माेवाइल नं टाइप गर्ने र Password लेखेकाे ठाउँमा smart सँगै हजुरकाे माेवाइल नं काे पहिला दुई अंक र पछिल्लाे दुई अंक टाइप गर्ने । जस्तै हजुरकाे मनेवाइल नं 9841436587 रहेछ भने smart9887 टाइप गरि Login गर्ने । यसाे गर्दा हजुरकाे अाफ्नाे नानीवावुहरूकाे फाेटाेसहितकाे विवरण हजुरकाे माेवाइलमा देखा पर्नेछ ।
3- अबदेखि विद्यार्थीहरूकाे हाजिरी, गृहकार्य, विभिन्न सूचनाहरू, शुल्क विवरण, मार्कशिट, लगायतका विभिन्न गतिविधिहरूकाे जानकारि हजुरकाे माेवाइलमा नै उपलब्ध हुनेछ ।
4- विद्यालयकाे बस प्रयाेग गर्नुहुने अभिभावकहरूले अाफ्नाे नानीवावुहरू चढ्ने गाडीकाे स्थान समेतकाे जानकारि प्राप्त गर्न सक्नुहुनेछ ।
23/04/2019
09/03/2018
12/02/2018
29/01/2018
20/09/2016
28/05/2016
13/03/2016
05/03/2016