भोलि मिति २०८३/०४/०१गते देखि विधालय सञ्चालन नर्सरी देखि कक्षा १०सम्म बिहान १०:०० बजे देखि साँझ ४:०० बजे सम्म हुने र कक्षा ११ र १२ को कक्षा बिहान ६:३० देखि सञ्चालन हुने व्योहोरा सरोकारवाला सबैलाई सूचित गरिन्छ।
लक्ष्मी मा बि उल्टाखाम बागफाटा कंचनपुर
to provide quality education
13/07/2026
हाम्रो विधालयको मिहिनेती असल पूर्व प्राथमिक तह शिक्षक गिता जोशी मेडम लाई जन्म दिनको असीम शुभकामाना 🎂🎂🎂
28/06/2026
HGN ग्रुप नेपाल ललितपुर, विधालयको आन्तरिक स्रोत, र भीमदत्त न पा को आर्थिक सहयोगमा आज बहुउद्देश्यीय मेघा हल को समुदघाटन नगर उप प्रमुख निलम लेखक जोशिज्यु बाट सु सम्पन्न गरियो। साथै वडा न 19 को आर्थिक सहयोगमा र विधालयको आयोजनामा आधारभुत तह (६-८) स्तरीय हाजिरी जवाफ प्रतयोगिता सम्पन्न गरियो।
सहभागी ११ विधालय मध्ये महेन्द्रनगर मा वि साधारणले प्रथम स्थान प्राप्त गरेर नगद रु ४५००सहित प्रमाणपत्र, आदर्श विधा निकेतनले द्वितीय स्थान प्राप्त गरेर नगद रु ३५०० सहित प्रमाणपत्र, अरुणिमा विधा मन्दिरले तृतिय स्थान सहित नगद रु २५०० र प्रमाणपत्र, एभरेष्ट एभरग्रिन इङलिस स्कुलले सान्त्वना पुरस्कार नगद रु १५०० सहित प्रमाणपत्र प्राप्त गरेको थियो। सहभागी सबै विद्यालयलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा १९न वडा अध्यक्ष जागु राम चौधरी , कार्यपालिका सदस्य बसन्ती जोशी बिशिस्ट अतिथि रहेका थिए भने निवर्तमान वि व्य स अध्यक्ष दशरथ भण्डारी, वडा नं १९का वडा सदस्यद्वय भगरथी विष्ट कुँवर, डम्मर सिंह जोरा लगायत अभिभावक , वि व्य स , शि .अ.स पदाधिकारी एवं सदस्य हरुको उपस्थिती रहेको थियो। कार्यक्रमको सञ्चालन आधारभुत तह अंग्रेजी विषय शिक्षक ज्ञानु आग्रीले गरेको र हाजीरी जबाफ प्रतियोगिता सञ्चालन माध्यमिक तह सामाजिक विषय शिक्षक कृष्णानन्द भट्ट ले गरेकोउक्त कार्यक्रममा कृष्ण दत्त जोशी वि व्य स जेष्ठसदस्यकोअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक परमानन्द नाथले गरेका थिए। छोटो समय करिव ५ वर्षको अवधिमा विद्यालयले शैक्षिक , भौतिक, खेलकुद , विधार्थी संख्या वृद्धि लगायत हरेक क्षेत्रमा अब्बल सावित गर्दै प्रदेश नमुना विद्यालयमा पर्न सफल भएको छ। यस्मा श्री दशरथ भण्डारी नेतृत्व कोविधालय व्यवस्थापन समिति, श्री परमानन्द नाथ(प्र. अ )नेतृत्त्वको शिक्षक कर्मचारी टिम, जनप्रतिनिधि, अभिभावक, भीम दत्त न पा, समाजसेवी , शिक्षा प्रेमी सबैको सहयोगको परिणाम स्वरुप विद्यालयले छोटो समयमा यो गति लिएको हो।
शैक्षिक सत्र २०८२ को SEE नियमित तर्फ सहभागी विधार्थीको ग्रेड सिट र प्रमाणपत्र विधालय प्रशासनबाट बुझेर लग्न हुन सरोकारवालासवैलाई सूचित गरिन्छ।
19/06/2026
शैक्षिक सत्र २०८२ को कक्षा १२ को नियमित तर्फ ग्रेडेड हुनु भएकोमा सम्पूर्ण विधार्थीहरु लाई हार्दिक बधाई का साथै आगामी शैक्षिक जीवनको शुभकामना।♥️💕
६१.५४%
19/06/2026
गर्मी बिदा सम्बन्धि सुचना।
15/06/2026
हार्दिक बधाई ♥️♥️
असार १ गते लोक सेवा आयोगद्वारा सञ्चालित हाजिरी जवाफ प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्न सफल हुने विद्यार्थीहरू गौरव जोशी, स्मीता धामि,लक्ष्मी कुवर लाई हार्दिक बधाई तथा शुभकामना 💕💕
11/06/2026
भी न पा द्वारा आयोजित मा वि स्तरीय सामुदायिक र संस्थागत गरी जम्मा सहभागी 26 ओटा स्कूल मध्ये हाजिरी जवाफ प्रतियोगितामा प्रमाणपत्र ,नगद रु१५००|- सहित
सान्त्वना स्थान प्राप्त गर्न सफल भएकोमा सहभागी विधार्थी भाइबहिनीहरू लाई हार्दीक बधाई को साथै उत्तरोत्तर प्रगतिको कामना।♥️♥️
06/06/2026
27/05/2026
हाम्रो विद्यालयको कक्षा ११ का अनुशाषित विद्यार्थी आर्यन भण्डारीलेNational weight Lifting championship 2083 /02/11-13 काठमाण्डौंमा सम्पन्न राष्ट्रिय प्रतियोगितामाGold Medal प्राप्त गर्न सफल हुनुभएकोमा हार्दिक बधाई एवं उत्तरोत्तर प्रगतिको शुभकामना ।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Mahendranagar