07/04/2026
शिक्षक सेवा आयोग
निम्नमाध्यमिक तहको विज्ञापन २०८२
"Unlocking doors to knowledge and opportunity, we provide a guiding light for students and aspirants on the path to academic excellence and government service.
Join us in the pursuit of learning and ambition."
07/04/2026
शिक्षक सेवा आयोग
निम्नमाध्यमिक तहको विज्ञापन २०८२
06/04/2026
बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै शिक्षा मन्त्री सस्मित पोखरेलले केही साहसिक र सुधारमुखी कदम चालेका छन्, जसले नेपालको शिक्षा प्रणालीमा दूरगामी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
Dr. Baburam Bhattrai
कार्यालय समय ९-५ बजे र शनिवार-आइतबार बिदा गर्ने वर्तमान सरकारी निर्णय सही र वैज्ञानिक छ। यसलाई तत्काल पेट्रोलियम पदार्थको अभावको कारण अस्थाइ रूपमा लागू गर्ने मात्र हैन सार्वजनिक बार्षिक विदा र क्यालेण्डर (पात्रो) मा समेत समयानुकूल सुधार गरी स्थायी रूपमा नै लागू गर्नु सबै हिसाबले राम्रो र उपयोगी हुन्छ।
मेरो पालामा मन्त्रीपरिषद्ले यसवारे निर्णय गरेर पनि विविध कारणले लागू नगरिएको र पछिल्ला सरकारहरूले रद्दीको टोकरीमा फालेको यो विषयलाई अझै आवश्यक परिमार्जन गरेर वर्तामान सरकारले लागू गरोस्:-
• दैनिक कार्य समय बढाएर हप्ताको दुइ दिन बिदा दिंदा कुल कार्यसमय कम हैन झन् बढी हुन्छ; कर्मचारी/श्रमिकको कार्यदक्षता बढ्छ; पारिवारिक सुखशान्ति बढ्छ;इन्धनको बचत हुन्छ; स्वच्छ पर्यावरण निर्माणमा मदत पुग्छ; आन्तरिक पर्यटन बृद्धि हुन्छ। आइतवारको विदाले अन्तर्राष्ट्रिय कार्यसमयसंग व्यवसायिक तालमेल गर्न सजिलो हुन्छ। सबै हिसाबले देश र समाजलाई फायदा हुन्छ।
• यो संगसंगै राष्ट्रिय औपचारिक पात्रोमा पनि सुधार गर्दा राम्रो हुन्छ। देशको इतिहास र संस्कृतिको संबर्द्धननिम्ति नेपालसम्बत् र बिक्रमसम्बत् कायम गर्ने र साथमा औपचारिक अन्तर्राष्ट्रिय कारोवार र व्यवसायिक प्रयोजनकोनिम्ति ग्रेगोरियन क्यालेण्डर (इस्वीसम्बत्) प्रयोग गर्दा समयको प्रवाह अनुरूप पदचाप मिलाउन सहज हुन्छ।
• साथै हाम्रा सार्वजनिक विदाहरू धेरै र अनिश्चित हुँदा वर्तमान युग र आर्थिक प्रणालीको सापेक्षतामा हाम्रो समग्र सामाजिक-आर्थिक उत्पादन र उत्पादकत्वमा निकै नोक्सान हुन पुगेको छ। अतः संघमा केही महत्वपूर्ण ऐतिहासिक दिन र साझा राष्ट्रिय प्रकृतिका पर्वहरूमा मात्र सार्वजनिक विदा दिने; अरू निश्चित दिन स्वेच्छिक विदा लिन सक्ने ; र अन्य केहीमा प्रदेश र स्थानीय तहले निर्णय गर्न सकिने व्यवस्था हुनु राम्रो हुन्छ।
[• र अन्त्यमा, एउटा साँचो तर ठट्यौली जस्तो कुरा! मेरो पालामा मन्त्रीपरिषद्ले विभिन्न समुदायका मन्त्रीहरूको प्रतिनिधित्व सहित सार्वजनिक विदाको कुल संख्या कटौती गर्ने गरी प्रस्ताव ल्याउन एउटा कमिटी गठन गर्यो। तर कसैले पनि आफ्नो समुदायका पर्वहरूको विदा कटाउन नमानेको र एकजना मारवाडी समुदायका मन्त्रीले आफ्नो समुदायको पर्वमा पनि विदा हुनुपर्छ भनेपछि एक दिन विदा अरू थपेर पो प्रस्ताव आएछ! हामीले केही हाँसो र केही दिग्दारी सहित 'पुनः मुषिको भवः' भन्दै मन्त्रीपरिषद्बाट प्रस्तावै हटाएका थियौं!अब त्यस्तो कहिल्यै नहोस्!]
05/04/2026
कार्यालय समय परिवर्तन सम्बन्धि सूचना राजपत्रमा प्रकाशन भएको छ। 🙏❣️
वढुवा बारे.....
अहिलेको शिक्षक बढुवा प्रणाली जिल्लागत सीमाभित्र सीमित हुँदा समान अवसरको मूल मर्ममै प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ। एउटै योग्यता, अनुभव र क्षमता भएका शिक्षकहरू केवल दरबन्दीको असमान वितरणका कारण फरक–फरक अवसर पाउने अवस्था न्यायोचित मान्न सकिँदैन। विशेषगरी
कम दरबन्दी भएका तह र जिल्लामा कार्यरत शिक्षकहरूका लागि बढुवा प्रायः “भाग्यको कुरा” जस्तै बनेको छ—अवसर पाए फाइल बढुवा, नपाए सोही श्रेणीमै सेवा अवधिको अन्त्य। यस्तो संरचनाले शिक्षकहरूको मनोबल घटाउने मात्र होइन, पेशागत उन्नतिका मार्गलाई पनि संकुचित बनाउँछ।
खुला प्रतिस्पर्धा देशभरबाट हुने व्यवस्था हुँदा बढुवालाई भने जिल्लाभित्र सीमित गर्नु तर्कसंगत देखिँदैन। यदि शिक्षण पेशामा उत्कृष्टता, दक्षता र अनुभवलाई मूल्याङ्कन गर्ने हो भने, बढुवामा पनि राष्ट्रिय स्तरको प्रतिस्पर्धा आवश्यक छ। यसले योग्य शिक्षकलाई उचित स्थान दिलाउने मात्र होइन, समग्र शिक्षण प्रणालीमा गुणस्तर वृद्धि गर्न पनि मद्दत पुर्याउँछ। स्थानको आधारमा होइन, क्षमताको आधारमा अवसर सुनिश्चित गरिनु नै आधुनिक र न्यायपूर्ण व्यवस्थाको पहिचान हो।
यसका लागि पूर्ण रूपमा एउटै प्रणालीमा जानेभन्दा सन्तुलित र व्यावहारिक समाधान आवश्यक छ। जिल्लागत आवश्यकता र राष्ट्रिय प्रतिस्पर्धालाई संयोजन गर्ने “मिश्रित प्रणाली” अपनाउन सकिन्छ, जहाँ केही कोटा स्थानीय सन्तुलनका लागि सुरक्षित गरिनेछ भने केही कोटा देशभर खुला प्रतिस्पर्धाबाट पूर्ति गरिनेछ। साथै दुर्गम क्षेत्रमा सेवा गरेका शिक्षकहरूलाई अतिरिक्त प्रोत्साहनको व्यवस्था गरिनु आवश्यक छ। यस्ता सुधारहरूले मात्र बढुवा प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र प्रेरणादायी बनाउँदै शिक्षण पेशालाई सम्मानित र प्रतिस्पर्धी बनाउन सकिन्छ
Like and follow Kalapani Sports
18/03/2026
कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने (७५ प्रतिशत) शिक्षक बढुवाको नतिजा -२०८२
सुदूरपश्चिम प्रदेश, दिपायल, डोटी
16/03/2026
रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना !!!
16/03/2026
सु.प.का बाजुरा ,अछाम, दार्चुला, डोटी ,बैतडी डडेलधुरा, कैलाली, कञ्चनपुर जिल्लामा असार मसान्तसम्म अनिवार्य अवकाश हुने शिक्षकहरूको नामावली l
सडकमा विद्यालय पोशाक मा नै विद्यार्थीको छातिमा गोली प्रहार भई रगताम्य भएको अवस्थामा शिक्षक र विद्यार्थी संगठनहरु कहाँ थिए?