02/02/2024
स्थानिय विषय अन्तर्गत आज यस श्री डायमण्ड ईंग्लिश बोर्डिङ स्कुलमा अध्यनरत कक्षा ६,७ र ८ विधार्थीहरु लाई हाम्रो विधालय बाट नजिकै रहेको धार्मिक स्थल शिद्ध बैजनाथ मन्दिर ,नजिकै रहेको सामुदयिक वन र वडा न १ र २ को सिमानाको बारेमा प्रत्यक्षरुपमा अबलोकन गराइयो ।
धेरै धेरै धन्यवाद दिन चाहान्छु शिद्ध बैजनाथ मन्दिरमा बस्दै आएका महात्मा बाबा लाई मन्दिर को बारेमा सम्पुर्ण जानकारी दिनु भएकोमा र श्री दिपेन्द्र स्मृति सामुदायिक वनका कार्यालय सचिब श्री धन बहादुर साउद ज्यू लाई सामुदायिक वन को बारेमा सम्पुर्ण कुराहरुको बारेमा हाम्रा विधार्थी नानी बाबू हरु लाई ज्ञान दिई आफनो अमुल्य समय दिनु भएकोमा र विधार्थीहरु लाई अबलोकन मा सहभागी गरी सहयोग गर्ने विषय शिक्षक चन्द्रा जोशी र म आफै लाल सिंह धामी ।
जय डायमण्ड सबैको जय होस ।
03/09/2022
सुदूरपश्चिमेली हरुको महान पर्व गौरापर्व 2079 को उपलक्ष्यमा स्वदेश तथा विदेश मा बस्नु हुने सम्पूर्ण आमा बुवा ,दिदी , बहिनी,दाजु , भाई हरुमा गौरा पर्व 2079 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
30/08/2022
तीजको लहर आयो बरीलै
हिन्दु नारीहरुको महान चाँड हरितालिका तीज को उपलक्ष्यमा देश विदेश मा रहनु भयका सम्पूर्ण आमा दिदी बहिनी हरुमा 2079 सालको हरितालिका तीज को हार्दिक मंगमयमय शुभकामना व्यक्त गर्दछौं ।
28/08/2022
यस विद्यालयमा कक्षा 7 मा अध्ययनरत मेहनेती,इमान्दार ,कर्मठ ,ज्ञानी ,अनुशासित विद्यार्थी छात्रा दीपिका भण्डारी को आज पर्न गएको जन्म दिनको पावन अवसर मा सु स्वाथ्य दीर्घायु तथा उच्च शैक्षिक प्रगति को हार्दिक मंगमयमय शुभकामना व्यक्त गर्दछौं ।
15/07/2022
Today's Friday activities
Congratulations all the participate students and huge congratulation those students who has secured first, second,and third position in spelling contest .
The first position has secured by kanchanjagha house ,second position has secured by Mt. Everest and third position has secured by Mt.Api house
13/06/2022
श्री डायमण्ड इंग्लिश बोर्डिङ स्कुल
कृष्णपुर 2 bank कञ्चनपुर
विषय बिदा सम्बन्धमा
कृष्णपुर नगपालिका नगर कार्यपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको निर्णय अनुसार अत्यधिक गर्मी का कारणले विद्यालय मा पठन पाठन तथा विद्यार्थी हरुको स्वास्थ्यमा प्रतिकूल असर परेको कारण ले 2079/2/31 गते देखि 2079/3/3 गते सम्म नगरपालिका को बिदा दिने निर्णय र 2079/3/4 गते शनिबार परेकोले 2079/3/5 गते आईतबार पूर्व निर्धारित समय अनुसार विद्यालय सञ्चालन हुने व्यहोरा सम्पूर्ण शिक्षक कर्मचारी , विद्यार्थी , तथा अविभावक ज्यू हरुमा जानकारी गराइन्छ ।
प्रिन्सिपल
श्री डायमण्ड इंग्लिश बोर्डिङ स्कुल
कृष्णपुर 2 bank कञ्चनपुर
10/05/2022
कक्षा 8 को वार्षिक परीक्षाको नतिजा यहि मिति 2078/1/26गते प्रकाशन भएको हुँदा नतिजा विद्यालयको सूचना पाटी मा टास गरिएको व्यहोरा सम्पूर्ण कक्षा 8 मा अध्यनरत बिधार्थी हरुमा जानकारी गराइन्छ
प्रिन्सिपल
श्री डायमण्ड इंग्लिश बोर्डिङ स्कुल
09/05/2022
यसरी राख्न सकिन्छ बालबालिकालाई मोबाइलबाट टाढा
– बाहिर खेल्ने बानी बसाउने
– मोबाइल कम दिने
– बालबालिकासँग कुराकानी गरिरहनु
– मोबाइलमा पासवर्ड राख्नु
– बालबालिकालाई प्रकृतिप्रेमी बनाउने अर्थात केही समय टहलाउन लैजाने
– बालबालिकासँग नजिक रहने
– मोबाइल चलाउँदा हुने बेफाइदाका बारेमा भन्ने
– रचनात्मक कामका लागि प्रेरित गर्ने
– अन्य मनोरञ्जनका साधन प्रयोग गर्ने
- घरमा रहँदा पनि मोबाइलभन्दा अन्य खेल तथा क्रियाकलापमा ब्यस्त बनाउने।