17/06/2026
विद्यार्थीले गृहकार्य गर्दैन, पढेर आउँदैन, कक्षामा हल्ला गर्छ, साथीसँग कुरा गरेर पढाइ बिगार्छ, शिक्षकको कुरा सुन्दैन, अनुशासन देखाउँदैन। शिक्षकले बारम्बार सम्झाउँछ, सिकाउँछ, सुधार्ने प्रयास गर्छ।
तर जब शिक्षकले अलिकति गाली गरेर वा सचेत गराएर सही बाटोमा ल्याउन खोज्छ, धेरैजसो अवस्थामा अभिभावक विद्यालयमा आएर शिक्षकसँग नै रिसाउँछन्। विद्यार्थीको गल्तीभन्दा पनि शिक्षकको गल्ती खोज्न थाल्छन्।
यदि घरबाट साथ र सहयोग नपाउने हो भने विद्यार्थीमा परिवर्तन कसरी आउँछ? एउटा बिरुवालाई स्याहार नगरी राम्रो फलको आशा गर्न सकिँदैन। त्यसैगरी विद्यार्थीको राम्रो भविष्यका लागि शिक्षक र अभिभावक दुवैको समान भूमिका हुन्छ।
शिक्षकको गाली घृणाले होइन, विद्यार्थीको उज्ज्वल भविष्यको चिन्ताले भरिएको हुन्छ। आजको सानो सम्झाइले भोलिको ठूलो गल्ती रोक्न सक्छ। त्यसैले विद्यार्थी, अभिभावक र शिक्षक सबैले एकअर्कालाई दोष दिने होइन, सहकार्य गरेर विद्यार्थीको व्यवहार र भविष्य सुधार्नेतर्फ लाग्न आवश्यक छ। 🙏🙏🙏🙏🙏