25/07/2025
सिकाइका लागि खुसियाली, Happiness for Learning
This is a Community based non profitable school near Birth place of Lord Buddha, Lumbini
25/07/2025
सिकाइका लागि खुसियाली, Happiness for Learning
11/05/2023
लुम्बिनी ज्ञान प्रभा स्कुलकी विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रद्धेय भिक्षुणी खमेसी गुरुमाको हातबाट लुम्बिनी सांस्कृतिक नगरपालिकाले तयार पारेको शैक्षिक क्यालेण्डर तथा शैक्षिक डायरी वितरण गरियो । यस डायरीको सही सदुपयोग गर्न सकेमा शिक्षक साथीहरुको पेशागत विकासमा अवश्य टेवा पुग्नेछ । यस भित्र नयाँ पाठ्यक्रममा आधारित विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्य, प्रारम्भिक बालविकास तथा शिक्षा, आधारभूत शिक्षा कक्षा १-८ का सक्षमताहरु, मूल्यांकन विधि, उपलब्धि प्रतिशत निकाल्ने तरिका, औसत ग्रेड पोइन्ट र विषयको अन्तिम ग्रेड निकाल्ने तरिका, उदाहरण सहित ग्रेड शीट बनाउने तरिका, शिक्षक समक्षता प्रारूप २०७२ मा शिक्षकमा हुनु पर्ने ८ वटा सक्षमताहरू, शिक्षकको आत्म-मूल्यांकन सूची लगायत वार्षिक पाठ योजनाको सामान्य खाका पनि दिइएको छ। आशा छ शिक्षक साथीहरुले यसको भरपूर उपयोग गर्नु हुनेछ।
24/12/2020
आमाहरु स्कूल आउँदा,
बच्चाको अनुहारमा मुस्कान छाउँदा,
विद्यालय परिवारलाई गर्वित गराउँदा.........
16/12/2020
यिनी हुन शिवम् थारु। ५ वर्षे शिवम् कक्षा नर्सरीमा पढ्छन्। आज टिफिन पछि शिवमको टाउको दुख्यो, हाथ दुख्यो र खुट्टा पनि दुख्यो भनेर कक्षा शिक्षकले अफिसमा ल्याउनु भयो। मैले शिवम् संग कुरा गरें, उहाँ रुन थाल्नु भयो। मैले शिवम् को बुवासँग कुरा गरें, झन् रुन थाल्नु भयाे। त्यसपछि हामी सँगै बस्यौं। मैले भने ला आज हामी यहीं पढ्छौ होस्। उहाँले हुन्छ भन्नु भयो। मैले पुस्तकालयबाट रंगीन चित्र भएको किताब झिकेर शिवम् लाई दिएँ। शिवम् चित्र हेर्दै, अक्षर पढ्दै मलाई प्रश्न गरी रहे, म आफ्नो काम गर्दै प्रश्नको उत्तर दिँदै गएँ। एक छिन पछि शिवम् खुसी देखिनु भयाे। त्यसपछि हामी सँगै अरु कक्षा हरु अवलोकन गर्यौँ । मैले सोधें, अब कस्तो छ तपाईंलाई? टाउको दुखेको निको भइसक्यो । खुट्टा पनि दुःखे छैन, हात अलि अलि दुखेको छ भन्नु भयो। त्यसपछि अर्को कक्षामा बसेर पढ्न थाल्यो।
बाल मनोविज्ञान बुझेर व्यवहार गरेको र अन्तमा सफल भएको महसुस भयो र धेरै खुसी लाग्यो 😊 । यो खुसी तुलना अरु केही संग गर्न सकिँदैन। यस्ता कलिला नानीहरू बाट हरेक दिन केही न केही नयाँ कुराहरू सिक्न पाइरहेको हुन्छौँ।
14/12/2020
कक्षा ३ मा अध्ययनरत #शशिकला #यादवको #कला
शशिकला आफ्नो कक्षामा असल विद्यार्थीको रूपमा चिनिन्छिन्।नियमित विद्यालय आउने, अनुशासनमा बस्ने, सबै सँग मिलेर बस्ने, मीठो बोल्ने उनका असल गुणहरू हुन।
17/01/2020
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 15:15 |
| Sunday | 09:00 - 17:00 |