LBU Center Campus

LBU Center Campus

Share

Official Page of Lumbini Buddhist University Center Campus Lumbini.

14/09/2020
23/10/2017

भर्ना सम्बन्धी सूचना ।
लुम्विनी बौद्ध विश्वबिध्यालयले पहिलो पटक स्नातक तहमा सञ्चालन गर्न लागेको नयां कार्यक्रम, सेमेष्टर प्रणाली अन्तरगत चार वर्षे ब्याचलर इन बुद्धिज्म, ट्राभल एण्ड टुरिज्म म्यानेजमेण्ट ( BBTTM ) विषयमा भर्नाका लागि सूचना प्रकाशन गरिएको छ ।अनुभवी एव दक्ष शिक्षकहरु वाट पढाइ हुने उक्त बिषयमा कक्षा १२ वा सो सरह तह उतिर्ण योग्य विध्यार्थीहरु भर्ना हुन सकिनेछ ।सिट सिमित भएकोले यथाशिघ्र सम्पर्क गर्नु होला ।
आवेदन फर्म वितरण : २०७४ कार्तिक १५ गते सम्म
सम्पर्कको लागि: लुम्विनी बौद्ध विश्वबिध्यालय लुम्विनी
मेधावी कलेज रहेको भवन, जानकीनगर तिलोत्तमा रुपन्देही
सम्पर्क: ०७१४०४०७७, ०७१४०४०७१, ९८५७०३१६७६ र ९८०३६७२१०७

17/07/2017

बौद्ध दर्शनका प्रारम्भिक ज्ञानहरु ।

दीपसागर प्यासी

बौद्ध दर्शनका प्रणेता भगवान् गौतम बुद्ध हुन् । उनको जन्म ई.पू. ५६३ मा लुम्बिनी अन्चलको कपिलवस्तु जिल्लामा भएको हो । सिद्धार्थ गौतम २९ वर्षको उमेरमा गृहत्याग गरी ज्ञानको खोजिमा निस्केका थिए । उनलाई ३५ वर्षको उमेरमा बैशाख पूर्णिमाको रात पीपलको वृक्षमुनि उरुवेला (बोधगया) मा ज्ञान प्राप्त भएको थियो । यसपछि उनी बुद्धको उपाधिद्वारा विभूषित भए । बुद्धले दिएका उपदेशमा जीवनपथको दिशा निर्देश गरिएकोले यसलाई दर्शन मानिएको पाइन्छ । उनका उपदेशहरूको संगालो ‘त्रिपिटक’ नै यस दर्शनको आधारग्रन्थ हो ।

बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । जो व्यक्ति आफ्नै प्रयासले विना गुरु बुद्धत्व प्राप्त गर्दछन् र अरू प्राणीहरूलाई दु:खनिरोधको मार्गदर्शन गर्दछन् उनलाई सम्यक सम्बुद्ध भनिन्छ । भनिन्छ कि गौतम बुद्धभन्दा अघि अनेक सम्यक सम्बुद्धहरू उत्पन्न भइसके र भविष्यमा पनि अनेकौं सम्यक सम्बुद्धहरू उत्पन्न भई दु:खनिरोधको सनातन शिक्षा दिनेछन् । बौद्ध धर्मको अन्तिम लक्ष्य हो दुःखबाट सदाका लागि मुक्ति ।

बौद्ध दर्शन मुख्य रूपमा यी तीन सिद्धान्तमा आधारित रहेको मानिन्छ- १. अनिश्वरवाद २. अनात्मवाद ३. क्षणिकवाद । यस दर्शनले पूर्ण रूपमा यथार्थमा जीवन जिउने शिक्षा दिन्छ ।

१. अनिश्वरवाद
बुद्धले ईश्वरको सत्तालाई मानेका थिएनन् किनभने दुनियाँ प्रतीत्यसमुत्पादको नियमबाट संचालित हुन्छ भन्ने उनको धारणा थियो । प्रतीत्यसमुत्पाद अर्थात् कारण-कार्यको । यस श्रृंखलाका धेरै चक्र हुन्छन्, जसलाई १२ भागमा बाँडिएको छ । त्यसैले यस ब्रह्माण्डलाई संचालन गर्ने कोही पनि छैन । न त कोही उत्पत्तिकर्ता छ, किनभने उत्पत्तिभन्दा अन्त्यको पनि भान हुन्छ । त्यसैले न कुनै सुरुवात छ न त अन्त्य नै ।

२. अनात्मवाद
अनात्मवादको अर्थ वास्तवमै ‘आत्मा छैन’ भन्ने लाग्दैन । जसलाई मान्छे आत्मा सम्झिन्छन्, त्यो चेतनाको अविच्छिन्न प्रवाह हो । यो प्रवाह कहिल्यै पनि छुट्टिएर जडसित बाँधिन सक्छ र कहिल्यै पनि अन्धकारमा लीन हुन सक्छ ।

स्वयं हुनुको अर्थ जानेविना नै आत्मवान हुन सक्दैन । निर्वाणको अवस्थामा मात्रै स्वयंलाई जान्न सकिन्छ । मृत्युपछि आत्मा महा सुसुप्तिमा बिलाएर जान्छ । त्यो अनन्तकालसम्म अन्धकारमा रहिरहन सक्छ अथवा त्यसै बखत् नै अर्को जन्म लिएर सांसारिक चक्रमा फेरी सहभागी हुन सक्दछ । त्यसैले आत्मा तबसम्म आत्मा हुँदैन जबसम्म बुद्धत्व प्राप्त हुँदैन ।

3. क्षणिकवाद
यो ब्रह्माण्डमा सबै कुरा क्षणिक र नश्वर छ । स्थायी भन्ने कुनै कुरा पनि छैन । सबैथोक परिवर्तनशील छ । यो शरीर र ब्रह्माण्ड पनि त्यस्तै हुन्छ, जसरी घोडा, गद्दी र पाङ्ग्राको संयुक्त रूपलाई रथ भनिन्छ र यी ३ वटै कुरालाई अलग अलग गर्दा रथको अस्तित्व रहँदैन ।

माथि प्रस्तुत गरिएका तिन सिद्धान्तमा आधारित भएर बौद्ध दर्शनको रचना भएको हो । यी तीन सिद्धान्तमा भन्दा अगाडि बढेर थेरवाद, वैभाषिक, सौत्रान्त्रिक, माध्यमिक (शून्यवाद), योगाचार (विज्ञानवाद) र स्वतंत्र योगाचारको दर्शन निर्माण भएको पाइन्छ । यसैगरी बौद्ध धर्मका दुई प्रमुख सम्प्रदायबाट छ उपसम्प्रदाय बनेका छन् । यी सबैको केद्रीय दर्शन प्रतीत्यसमुत्पाद नै रहेको छ ।

निर्वाणलाई जीवनको चरम लक्ष मान्ने यो दर्शन चार आर्यसत्त्यमा केन्द्रित रहेको छ । भगवान् गौतम बुद्धद्वारा प्रतिपादित चार आर्यसत्य यस प्रकार छन्-

१. संसार दुखमय छ
२. दुखको कारण छ
३. दुखको नाश सम्भव छ
४. दुखानाशको उपाय छ ।

आर्य अष्टांग मार्ग

बौद्ध धर्मका अनुसार दुःख निरोधको बाटो चौथो आर्य सत्यको आर्य अष्टांग मार्ग हो । गौतम बुद्ध भन्थे कि चार आर्यसत्यको सत्यताको निश्चय गर्नको लागि यस मार्गको अनुसरण गर्नु पर्छ :-

१. सम्यक दृष्टि : सबै बस्तुको वास्तविकता बुझ्नु
२. सम्यक संकल्प : नराम्रो काम नगर्नु र परोपकारको भावना जागृत राख्नु
३. सम्यक वाक् : हानिकारक कुरा नगर्नु र झूट नबोल्नु
४. सम्यक कर्म : हिंसा, चोरीजस्ता नराम्रा कामहरू त्यागी राम्रा काम गर्नु
५. सम्यक जीविका : कुनै पनि स्पष्टतः या अस्पष्टतः हानिकारक व्यापार नगर्नु
६. सम्यक व्यायाम : मनस्थितिलाई शुद्ध राख्नु
७. सम्यक स्मृति : म र मेरो भावनाबाट माथि उठ्नु
८. सम्यक समाधि : चार आर्यसत्यको मनन र आर्यसत्यमा श्रद्धा, आनन्द एवं शान्तिको चेतनाप्रति उदासीनता र शारीरिक एवं मानसिक सन्तुष्टिको अभावावस्ता आदि ।

सन्दर्भ सामग्री :
जनक दर्शन- डा. स्वामी रामानन्द गिरी
बौद्धादर्श- नारायण प्रसाद रिजाल
भारातीय दर्शन-परम्परा और आदिग्रन्थ- डा. हरवंशलाल शर्मा
The Buddha and his religion : Barthélemy Saint-Hilaire

17/07/2017

लुम्बिनी बौद्ध विश्ववद्यालय ।

19/04/2017

We're hiring! Apply now.

19/04/2017

धार्मिक महत्व तथा ऐतिहासिक पृष्ठभूमिः

विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण तिर्थस्थल हो । मायादेवी र भगवान बुद्धप्रति अगाध आस्था राख्ने भएकाले हिन्दुहरु समेतको लागि लुम्बिनी महत्वपूर्ण धार्मिक गन्तव्य बनेको छ । लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐतिहासिक अवशेषहरुले शताब्दिऔं देखि विभिन्न व्यक्तित्वहरुले लुम्बिनीको तिर्थाटन गरेका तथ्यहरु उजागर गर्दछन् । प्रसिद्धमौर्य सम्राट अशोकले आफ्नो आध्यामिक गुरु उपगुप्तको मार्ग दर्शनमा इ.पु.२४९ मा लुम्बिनीको तिर्थ यात्रा गरेका थिए । उनले “हिंद बुधे जाते शाक्यमुनीति” (यहाँ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो) भन्ने शिलालेख सहितको ढुङ्गाको स्तम्भ खडा गरे जसलाई हालत प्रसिद्ध अशोक पिल्लाराका रुपमा लुम्बिनीमा पाउन सकिन्छ । सम्राट अशोकले सिद्धार्थ गौतम जन्मनु भएको यही अवस्थिति चिनाउने स्मारकशिला र जन्मेपछि उहाँलाई शुद्धिकरणका लागि नुहाइएको पवित्र पोखरीको पूजा गरे । साथै उनले कपिलवस्तु, रामग्राम, देवदह जस्ता ऐतिहासिक ठाउँहरुको भ्रमण समेत गरे । प्राप्त ऐतिहासिक तथ्यहरका आधारमा सम्राट अशोकपछि लुम्बिनीको भ्रमण गर्नेहरुमा चिनियाँ यात्रीहरु त्सेङ साई, पायिहयान र हुयेन साड्ड थिए । त्सेङ साईले चौथो शताब्दीमा, फाहियानले पाँचौ शताब्दीमा र हुयेन साड्डले सातौं शताब्दीमा लुम्बिनीको भ्रमण गरेका थिए । यी यात्रीहरुमा हुयेन साड्डको यात्रा विवरणहरुले लुम्बिनीको बारेमा बिस्तृत विवरणहरु दिन्छन् । उनले लुम्बिनीमा जन्मबृक्षको ठूटो, एउटा चैत्य, अशोक स्तम्भ, पवित्र पोखरी, तेलार नदी, चिसो र तातो पानीका मुहानहरु भएको कुवा देखेको उल्लेख गरेका छन् । सन् १३१२ मा पश्चिम नेपाल कर्णाली क्षेत्रका राजा रिपु मल्लले लुीम्बनीको भ्रमण गरी आफ्नो यात्राको स्मरण गराउन अशोक स्तम्भमा “ॐ मणि पद्मे हुङ रिपु मल्ल चिर जयतु” भनी लेखे । त्यसपछि भने इतिहासको लामो कालसम्म लुम्बिनी विस्मृतिमा रहन पुग्यो । पछि सन् १८९६ मा पाल्पाली गभर्नर जनरल खड्ग शम्शेर र अंग्रेज भारतका पुरातात्विक सर्भेयर एलोइस फुहररले अशोक स्तम्भ पुनः पत्ता लगाएपछि लुम्बिनी फेरी चासो र सरोकारको विषय बन्यो । सन् १९९९ मा पि.सि. मुखर्जीले भगवान बुद्धको जन्मस्थलमा उत्खनन् गरी मायादेवीको मूर्ति पहिचान गर्नुका साथै मन्दिरका केही भग्नावशेषहरु बाहिर देखाए । फेरि सन् १९३० को दशकमा केशर शम्शेर राणाले मायादेवी मन्दिर परिसरमा उत्खनन् गरे । भारतीय पुरातत्वविद् श्रीमती देवला मित्राले सन् १९६२ मा अन्वेषणको कार्य गरिन् । सन् १९६० को दशकदेखि भने संयुक्त राष्ट्र संघका साथै विभिन्न राष्ट्रिय अत्नर्राष्ट्रिय संघसंस्थाहरुको समेत सहयोग र सहकार्यमा नेपाल सरकारले विशेष महत्वका साथ विभिन्न निकायहरु निर्माण गरी लुम्बिनीको उत्खनन्, संरक्षण र सम्वद्र्धनमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ । सन् १९७० मा भवन तथा भौतिक योजना विभाग अन्तर्गत लुम्बिनी विकास परियोजना र सन् १९७५ मा लुम्बिनी विकास समितिको गठन गरी लुम्बिनीको जिम्मेवारी दिइएको थियो । १९८५ देखि स्वायत निकायका रुपमा लुम्बिनी विकास कोषको गठन भए पश्चात् लुम्बिनी क्षेत्रको उत्खनन्, संरक्षण र प्रवर्द्धनको काम कोषले नै गर्दै आएको छ । सन् १९९२ देखि १९९६ सम्म कोष, नेपाल सरकार पुरातत्व विभाग र जापान बौद्ध महासंघले संयुक्त रुपमा मायादेवी मन्दिर परिसरमा उत्खनन कार्य गरेका थिए । हाल लुम्बिनी विश्वभरका लाखौं मानिसहरुको धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा स्थापित भइसकेको र सुन्दर, शान्त वाटिकाका रुपमा विकसित हुँदै गइरहेको छ ।

लुम्बिनीका धरोहरहरुः
भगवान गौतम बुद्ध तथागतको महापरिनिर्वाण लगत्ते पछि लुम्बिनी एउटा महत्वपूर्ण आध्यात्मिक स्थलको रुपमा परिवर्तन भयो । लुम्बिनीको सबैभन्दा पवित्र जन्म विन्दुले श्रद्धालु भक्तजनहरुको ध्यान आकर्षित गर्यो । फलस्वरुप भगवानप्रति श्रद्धाञ्जलिका लागि विभिन्न स्तुपहरु तथा विहारहरु निर्माण भए । यी निर्माणहरु धार्मिक प्रवृत्तिका थिए ।

मायादेवी मन्दिर
यस पवित्र स्थलमा रहेका सम्पूर्ण धरोहरहरुमध्ये मायादेवी मन्दिर प्रमुख आकर्षणको केन्द्रविन्दु हो । विभिन्न शताब्दीमा निर्मित मन्दिरका विभिन्न तहहरुले यसको महत्व तथा प्राचीनता माथि प्रकाश पार्दछ । भगवान बुद्धको जन्मदृश्य सहितको प्राचीन मायादेवी मूर्ति यस मन्दिरभित्र अवस्थित छ । मन्दिरभित्रका भग्नावशेषहरु ई.पू.तेश्रो शताब्दीदेखि सातौं शताब्दीसम्मका छन् ।

जन्म स्मारक शिलाः
जन्मस्मारक शिला एक गहिरो कोठामा रहेको छ । जसले भगवान बुद्धको जन्म विन्दुलाई स्पष्ट देखाउँछ । मायादेवी मन्दिर परिसरको सघन उत्खनन् पश्चात् यो शिला सन् १९९६ मा पत्ता लागेको हो ।

मायादेवी मूर्तिः
मायादेवीको मूर्तिलाई जन्म मूर्ति पनि भनिन्छ । चौथो शताब्दीमा निर्मित यस मुर्तिले बुद्ध भगवानको जन्म दृश्यलाई देखाएको छ । मायादेवीले सहाराको लागि दाहिने हातले रुखको हाँगा समात्नु भएको छ । देब्रेपट्टि छेउमा उहाँकी बहिनी प्रजापति उभिइरहनु भएको छ भने दुई देवगणहरु भगवानलाई लिनका लागि तयारी अवस्थामा देखिन्छन् र नवजात बुद्धको मूर्ति बीचमा देखिन्छ ।

पवित्र पोखरी(पुष्करिणी):
अशोकस्तम्भको दक्षिणमा पवित्र पुष्करिणी अवस्थित छ । मायादेवीले बुद्ध भगवानलाई जन्म दिनुभन्दा अगाडि यहाँ नुहाउनु भएको थियो साथै भगवानलाई पनि यहमा“ प्रथम स्नान गराई शुद्ध बनाइएको थियो भन्ने विश्वास रहेको छ ।

अशोक स्तम्भः
अशोक स्तम्भमा कु“दिएका शिलालेखले भगवान गौतम बुद्धको जन्मस्थलको बारेमा ऐतिहासिक प्रमाण दिन्छ । भगवान बुद्धको जन्मस्थल र लुम्बिनीको सम्बन्धमा यो स्तम्भमा भएको शिलालेख नै सबैभन्दा महत्वपूर्ण आधिकारिक तथा ऐतिहासिक अभिलेख हो ।

नयाँ लुम्बिनीः
सन् १९६७ मा संयुक्त राष्ट्र संघका महासचिव ऊ थान्तको लुम्बिनी भ्रमण नै आधुनिक लुम्बिनीको विकासको सम्बन्धमा कोसेढुंगा सावित भयो । लुम्बिनीको महत्व तथा पवित्रताबाट अति प्रभावित भएर उनले स्वर्गीय श्री ५ महेन्द्रसँग छलफल गर्नुका साथै नेपाल सरकारसँग लुम्बिनीलाई अन्तर्राष्ट्रिय तीर्थस्थल तथा पर्यटन केन्द्रको रुपमा विकास गर्न सल्लाह दिए । सन् १९७० मा उनले संयुक्त राष्ट्र संघको सहभागितामा लुम्बिनीको विकास गर्न १५ सदस्य राष्ट्र भएको ‘लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति’ गठन गर्न सहयोग गरे । लुम्बिनीको योजनाबद्ध विकासको लागि सन् १९७२ मा जापानी नागरिक प्रा.केन्जा टांगेलाई लुम्बिनी गुरुयोजना तयार गर्ने गहन जिम्मेवारी दिइयो ।

लुम्बिनी गुरुयोजनाः
प्रा.केन्जो टांगेद्धारा तयार पारिएको लुम्बिनी गुरुयोजना नेपाल सरकार तथा संयुक्त राष्ट्र संघबाट सन् १९७८ मा पारित भयो । त्यस अगाडि नै नेपाली सरकारले लुम्बिनीको विकासका लागि लुम्बिनी विकास समितिको गठन गरिसकेको थियो । उक्त समितिले स्थानीय वासिन्दाहरुको जग्गा अधिग्रहण गरी विकासका पूर्वाधारहरुको निर्माण र वृक्षारोपण जस्ता कार्यहरु गर्यो । अहिले पनि लुम्बिनी विकास कोष उक्त गुरुयोजना अनुरुप संरचनाहरु निर्माण गर्न क्रियाशील रहेको छ । गुरुयोजना क्षेत्रले ३ वर्गमाइल क्षेत्रफल ओगटेको छ । यस क्षेत्रलाई प्रत्येक १ वर्ग माइलका ३ क्षेत्रहरुमा विभाजित गरी पैदल बाटो र केन्द्रीय नहरुले जोडिएको छ । ती ३ क्षेत्रहरुः क) पवित्र उदान ख) विहार क्षेत्र ग) नयाँ लुम्बिनी ग्राम हुन् । प्रा.केन्जा टांगेको डिजाइनको प्रमुख आकर्षण नै दक्षिणी भागमा अवस्थित पवित्र उद्यान हो । यस क्षेत्रको डिजाइनको प्रमुख उद्देश्य आध्यात्मिकता, शान्ति, विश्व भातृत्व र अहिंसाको वातावरण सृजना गर्नुका साथै संसारका लागि भगवान बुद्धको समयानुकूल सन्देश प्रतिविम्बित गर्नु हो । पवित्र उद्यानमा पुरातात्विक तथा ऐतिहासिक धरोहरु अवस्थित छन् भने बगैंचा र सुन्दर पोखरीहरुले यस क्षेत्रलाई अत्यन्त मनमोहन बनाएका छन् । पवित्र उद्यानदेखि उत्तरपट्टि मध्य भागमा जंगलभित्र अवस्थित विहार क्षेत्रलाई केन्द्रीय नहरले विभाजित गरेको छ । पश्चिम विहार क्षेत्रमा २९ वटा प्लटहरु महायानी बौद्धमार्गीहरुका लागि र पूर्वी विहार क्षेत्रमा १३ वटा प्लटहरु थेरवादीहरुका लागि छुट्याइएको छ । सांस्कृतिक केन्द्रमा अनुसन्धान केन्द्र तथा पुस्तकालय, सभागृह र संग्राहलय अवस्थित छन् जसबाट बौद्ध धर्मसम्बन्धी अध्ययन तथा अनुसन्धानकर्ताहरुलाई सुविधा पुग्दछ । गुरुयोजना क्षेत्रको उत्तरी भाग नया“ लुम्बिनी ग्रामको रुपमा विकास भइरहेको छ । यात्रु तथा पर्यटकहरुले यस स्थानमा आरामदायी होटल, लज, रेष्टुरेण्ट तथा अन्य सुविधाहरु प्राप्त गर्नेछन् ।

Want your school to be the top-listed School/college in Lumbini?

Click here to claim your Sponsored Listing.

Location

Address


Lumbini

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00