25/08/2026
नवलपरासी (व.सु.पू.) जिल्ला कावासोती नगरपालिका वडा नं. १५ वरौली (हाल अमेरिका एरिजोना) निवासी समाजसेवी, शिक्षाप्रेमी एवं यस मध्यवर्ती बहुमुखी क्याम्पस, गोछडाका चन्दादाता, आजीवन सदस्य आदरणिय व्यक्तित्व श्री टिकाराम चौधरी, छोरा विरेन्द्र चौधरीद्धारा यस क्याम्पसको धान्याचलमा वोल चन्दा रकम रु. १,०१,१११। (अक्षरुपीः एक लाख एक हजार एक सय एघार रुपैयाँ) परिवारका सदस्यहरुः छोरी नर कुमारी चौधरी, भतिज गयाराम चौधरी ज्यूले आज मिति २०८३ साल भदौ ९ गते मंगलवारका दिन उक्त वोल चन्दा रकमको चेक धान्याचल मुल समारोह समितिका संयोजक एवं संस्थापक अध्यक्ष श्री पुष्परत्न महतो, अध्यक्ष श्री डासीराम वसेल, क्याम्पस प्रमुख श्री डि.वि. मर्दनिया, पूर्व क्याम्पस प्रमुख श्री हेमराज महतो र लेखापाल श्री गणेश श्रेष्ठको संयुक्त उपस्थितीमा हस्तान्तरण गर्नु भयो ।