19/06/2013
We always support our students (past/present); here again we have something to write on this wall that we are proud of you and wish you good luck in your endeavor.
दाजुबहिनीको अठोट:
प्रकाशित मिति: २०७० असार ५ ०९:०४
Source: ekantipur.com/np
उनीहरूले संगीत पारिवारिक उत्तराधिकारमै पाएका हुन् । बुवा गायक/संगीतकार मात्रै थिएनन्, अभिनय पनि गर्थे, भिडियो फिल्म निर्देशन पनि गर्थे । नवलपरासीको दिव्यपुरी, केउरानीबाहिर पनि फैलिएको थियो उनको नामकाम । त्यो अझै छँदै छ । तर उनका छोराछोरीले त्यो नामलाई झन् देशव्यापी बनाउने प्रयत्न गरिरहेका छन् । 'अठोट' मार्फत सञ्जीवकुमार पौडेल र रेखा पौडेल त्यही बाटोमा लागेका हुन् । यो एल्बममा ६ वटा गीत छन् । 'तिमीबिना...,' 'मुस्कुराउँदै...,' 'त्यो जुन...,' 'तिमी मेरी...,' 'मेरो मुटु...' र 'माफ गर...' बोलका गीतहरू नरेश भट्टराई, डा. कृष्णहरि बराल, सञ्जीवनी मिनु र सञ्जीव थापाले लेखेका हुन् । सबैमा संगीत रेखाकै सुन्न सकिन्छ । सञ्जीवले एउटा गीत रजिना रिमालसँग युगल गाएका छन् । बाँकीमा उनकै सोलो गायन छ ।
दाजुबहिनीको यो पहिलो सांगीतिक कोसेली हो । रेखा केही समययता पाश्र्व संगीतमा पनि सुनिँदै आएकी छन् । 'फूल,' 'हमेसा,' 'चिहान' जस्ता फिल्ममा संगीत गरिसकेकी उनले 'अनुपम,' 'अलंकार,' 'स्पर्श' र 'हजार सपना' एल्बमका गीत पनि धुनबद्ध गरिसकेकी छन् ।