नव दिव्य ज्योति आधारभुत विधालय-Nava divya jyoti basic level school

नव दिव्य ज्योति आधारभुत विधालय-Nava divya jyoti basic level school

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नव दिव्य ज्योति आधारभुत विधालय-Nava divya jyoti basic level school, Public School, Nawalprasi 4 bardaghat, Lumbini.

04/05/2025

बर्दघाट ४,शान्तिनगर स्थायी घर भई,हाल बेल्जियममा रहनुहुने मनका धनी हाम्रा आदरणिय अंकल anty गीता भट्टराई तथा धन भट्टराईका जेष्ठ सुपुत्र किरण भट्टराईको हिजो वैशाख २१ गते परेको शुभ जन्मदिनको अवसरमा यस विद्यालयका कक्षा ३ मा अध्ययनरत छात्र चुरामन ढेंगामगरका लागि सदा झैँ यस वर्ष पनि लाग्ने stationery लगायत शैक्षिक तर्फको लगानीको जिम्मेवारी बहन गरिदिने वाचा गर्नुभएकोमा बाबु किरण भट्टराईलाई जन्मदिनको धेरै धेरै शुभकामना साथै वहाँहरुप्रति यस विद्यालय परिवार आभारी रहेको छ 🙏🙏🙏🙏🙏🙏।

25/04/2025

हाम्रा यस नवदिव्य ज्योति आधारभूत विद्यालयका पूर्व वि.व्य. स. अध्यक्ष ,मर्चघोला निवासी पुष्पराज गैरे ज्यू का सुपुत्र,यस विद्यालयका पूर्व विद्यार्थी सन्देश गैरेको भारतको पञ्जाब चण्डीगढ घुम्न जाने क्रममा दुर्घटनामा परी असामयिक हुन पुगेको दुःखद निधनले स्तब्ध बनाएको छ। हार्दिक श्रद्धाञ्जली बाबु तिम्रो स्वर्गमा बास होस्!! साथै शोक शन्तब्ध परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस्!!!

नवदिव्यज्योति आ. वि.
विद्यालय परिवार

08/04/2025

नेपाल शिक्षकमहासंघ,राष्ट्रिय समितिको च. नं.१२८ मिति २०८१/१२/२४को प्रेसित विज्ञप्ति अनुसार गुणस्तरिय विद्यालय शिक्षा, बिद्यार्थी, शिक्षक, कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउने सवालमा मिति २०८१/१२/२० गते देखि शुरू भएको आन्दोलनलाई निर्णायक बिन्दुमा पुर्याउन मिति २०८१/१२/२५ गते बाट अनिश्चितकालीन शैक्षिक हडतालको आवहान भएकोले विद्यालयको आन्तरिक सल्लाह बमोजिम शिक्षक आन्दोलन ऐक्यबद्दता जनाउँदै अर्को सूचना प्राप्त नहुन्जेल सम्मकालागि विद्यालयको पूर्वनिर्धारित शैक्षिक तथा शैक्षणिक सबै कार्यक्रमहरु स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा सूचना गरिन्छ ।

नव दिव्यज्योति आ. वि.
बर्दघाट ४, दिव्यनगर

Photos from नव दिव्य ज्योति आधारभुत विधालय-Nava divya jyoti basic level school's post 02/04/2025

नयाँ बर्ष २०८२ को पावन अवसरमा विद्यालयका सम्पूर्ण शिक्षक , कर्मचारी, बिद्यार्थी,अभिभावक, वि.व्य.स., शि. अभिभावक संघ, सल्लाहकार समिति, शिक्षा प्रेमी तथा सहयोगी शुभचिन्तक लगायत सम्पूर्णमा धेरै धेरै शुभकामना!!
साथै यस विद्यालयमा यही मिति २०८१/१२/२७ मिति देखि कक्षा मन्टेश्वरी देखि कक्षा ६ सम्ममा भर्ना खुल्ने व्यहोरा सहित जानकारी गराउँदछौं।
साथै
विद्यार्थी भर्ना संख्या ११० भित्र पर्ने विद्यार्थीलाई विद्यालय को( sport dress with jacket ) पोशाक प्राप्त गर्न सक्ने अवसर पनि रहेको हुँदा जसले छिटो भर्ना गर्छ, पोशाक उपहार पाइनेछ यस अवसर बाट वञ्चित नहुन छिटो छिटो भर्नाका लागि आग्रह समेत गर्दछौँ।

नयाँ शैक्षिक सत्रमा यस विद्यालयलाई धेरै मायाँ गरी यस विद्यालयका प्र.अ. सरस्वती भट्टराईका बाल्यवस्था देखिका धेरै नै मिलनसार साथी जसले आफ्नो नाम नखुलाउने शर्तमा,सेवाभावले भरिपूर्ण वहाँको हृदयले हाम्रो विद्यालयका बालबालिकाका लागि नयाँ शैक्षिकसत्रमा पहिले भर्ना हुन आउने ११० जनालाई ज्याकेट सहितको ट्र्याक वाला विद्यालय पोशाक उपलब्ध गराउने हुनुभएको छ । हाल वहाँ अमेरिका हुनुहुन्छ वहाँप्रति विद्यालय अत्यन्तै कृतघ्न रहने छ।👏👏

प्रधानध्यपक
नव दिव्यज्योति आ.वि.
बर्दघाट ४, दिव्यनगर

Photos from नव दिव्य ज्योति आधारभुत विधालय-Nava divya jyoti basic level school's post 12/03/2025

२०८१ सालको होली पर्वको सम्पूर्णमा शुभकामना 🎆🎇

05/03/2025
Want your school to be the top-listed School/college in Lumbini?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Nawalprasi 4 Bardaghat
Lumbini
33000

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00