Suryapura Multiple Campus Gaidahawa-6,Suryapura,Rupandehi

Suryapura Multiple Campus Gaidahawa-6,Suryapura,Rupandehi One of the best college in Rupandehi District.

सूचना….!विषय: स्थानीय बिदा तथा कक्षा सञ्चालन सम्बन्धमा।
16/08/2026

सूचना….!
विषय: स्थानीय बिदा तथा कक्षा सञ्चालन सम्बन्धमा।

16/08/2026
Today marks a proud milestone in the history of Suryapura Multiple Campus as we successfully completed the New Campus Bu...
15/08/2026

Today marks a proud milestone in the history of Suryapura Multiple Campus as we successfully completed the New Campus Building Inauguration and Housewarming Ceremony 2083.

Our heartfelt gratitude goes to all the distinguished guests, well-wishers, lecturers, staff, students, alumni, donors, and every supporter whose presence, encouragement, and contribution made this event a grand success.

This newly constructed building is not just a physical structure—it is a symbol of our shared vision, dedication, and commitment to quality education for future generations.

Thank you to everyone who joined us and made this memorable day truly special. Together, we continue to build a brighter future.

Suryapura Multiple Campus Family

आदरणीय महानुभावज्यूहरू,सूर्यपुरा बहुमुखी क्याम्पसद्वारा आयोजित नवनिर्मित क्याम्पस भवन उद्घाटन तथा गृह प्रवेश कार्यक्रम–२...
14/08/2026

आदरणीय महानुभावज्यूहरू,

सूर्यपुरा बहुमुखी क्याम्पसद्वारा आयोजित नवनिर्मित क्याम्पस भवन उद्घाटन तथा गृह प्रवेश कार्यक्रम–२०८३ मा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।

कार्यक्रम विवरण:
📅 मिति: २०८३ साल साउन ३० गते, शनिबार
🕙 समय: बिहान १०:०० बजे
📍 स्थान: सूर्यपुरा बहुमुखी क्याम्पस हल, गैडहवा–६, रूपन्देही

कुनै कारणवश यहाँसम्म औपचारिक निमन्त्रणापत्र पुग्न नसकेको भए, यसै सन्देशलाई आधिकारिक निमन्त्रणाको रूपमा ग्रहण गरी कार्यक्रममा अनिवार्य उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

सादर निमन्त्रक,
सूर्यपुरा बहुमुखी क्याम्पस परिवार
Suryapura Multiple Campus Gaidahawa-6,Suryapura,Rupandehi
fans

बिदा सम्बन्धी सूचना…!
13/08/2026

बिदा सम्बन्धी सूचना…!

सूर्यपुरा बहुमुखी क्याम्पसआज मिति २०८३/०४/१७ का दिन BBS चौथो वर्ष का विद्यार्थीहरूको रिसर्च प्रोजेक्ट Viva Voce कार्यक्र...
02/08/2026

सूर्यपुरा बहुमुखी क्याम्पस

आज मिति २०८३/०४/१७ का दिन BBS चौथो वर्ष का विद्यार्थीहरूको रिसर्च प्रोजेक्ट Viva Voce कार्यक्रम क्याम्पस हलमा सफलतापूर्वक सम्पन्न भयो।

यस कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीहरू, सम्माननीय क्याम्पस संचालक समिति अध्यक्ष ज्यू, क्याम्पस प्रमुख ज्यू, विभागीय प्रमुखज्यू, आदरणीय प्राध्यापकहरू तथा कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद।

विद्यार्थीहरूको आत्मविश्वास, अनुसन्धानप्रतिको समर्पण र प्रस्तुतीकरण प्रशंसनीय रह्यो। सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल शैक्षिक तथा व्यावसायिक भविष्यको हार्दिक शुभकामना।

सूर्यपुरा बहुमुखी क्याम्पस परिवार

अत्यन्त जरुरी सूचना मिति २०८३/०४/१८ गते देखि संचालन हुने त्रिभुवन बिश्व बिद्यालयको सूचना अनुसार विभिन्न कारणले १८ गतेको ...
01/08/2026

अत्यन्त जरुरी सूचना
मिति २०८३/०४/१८ गते देखि संचालन हुने त्रिभुवन बिश्व बिद्यालयको सूचना अनुसार विभिन्न कारणले १८ गतेको विषय मात्र परिवर्तन भएको हुँदा अरु सम्पुर्ण विषयका परिक्षा तालिका बमोजिम यथावत मिति र समयमा सन्चालन हुने जानकारी गराइन्छ।

01/08/2026

📢 सूचना
बी.बी.एस. चौथो वर्ष (Research Project Viva) सम्बन्धी

यसद्वारा बी.बी.एस. चौथो वर्षका सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि Research Project Viva निम्न मिति, समय र स्थानमा सञ्चालन हुने भएकाले सम्बन्धित सबै विद्यार्थीहरूलाई अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिन्छ।

📅 मिति: २०८३/०४/१७ (भोलि)
🕖 समय: बिहान ७:०० बजे
📍 स्थान: क्याम्पस हल

विद्यार्थीहरूले आफ्नो Research Project Report तथा आवश्यक कागजातहरू साथमा ल्याई तोकिएको समयमा उपस्थित हुनुपर्नेछ।

– अनुसन्धान विभाग
सूर्यपुरा बहुमुखी क्याम्पस

29/07/2026

जानकारी सम्बन्धमा ।
मिति २०८३साल साउन १८ गतेदेखि सन्चालन हुने स्नातक तह प्रथम बर्षको परिक्षा मा सहभागी हुने सम्पूर्णलाई हार्दिक शुभकामना सहित भोलिदेखि प्रवेश पत्र बितरण हुने जानकारी गराइन्छ।

आज गुरु पूर्णिमाको पावन अवसरमा सूर्यपुरा बहुमुखी क्याम्पसका स्नातक चौथो वर्षका सम्पूर्ण विद्यार्थीहरूद्वारा आदरणीय प्राध...
29/07/2026

आज गुरु पूर्णिमाको पावन अवसरमा सूर्यपुरा बहुमुखी क्याम्पसका स्नातक चौथो वर्षका सम्पूर्ण विद्यार्थीहरूद्वारा आदरणीय प्राध्यापकज्यूहरूलाई सम्मान, कृतज्ञता तथा शुभकामना अर्पण गर्दै विशेष कार्यक्रम सम्पन्न भयो।

गुरु भनेका ज्ञान, संस्कार र प्रेरणाका स्रोत हुन्। उहाँहरूको अमूल्य मार्गदर्शन, समर्पण र अथक प्रयासले विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ।

यस गरिमामय कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउने स्नातक चौथो वर्षका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक धन्यवाद। साथै, सम्पूर्ण आदरणीय गुरुजनप्रति गुरु पूर्णिमाको हार्दिक शुभकामना, सम्मान र उच्च आदर व्यक्त गर्दछौं।

सूर्यपुरा बहुमुखी क्याम्पस
गैडहवा–६, सूर्यपुरा, रुपन्देही

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः।

Address

Suryapura
Lumbini
071

Telephone

+97771590707

Website

Alerts

Be the first to know and let us send you an email when Suryapura Multiple Campus Gaidahawa-6,Suryapura,Rupandehi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share