Join Us
Lumbini Shiksha Niketan-LSN
'Learning for Humanity'
This is an official page of LUMBINI SHIKSHA NIKETAN, MAYADEVI-4, RUPANDEHI
हार्दिक बधाई एवं शुभकामना !
राष्ट्रिय परीक्षा बोर्डद्वारा शैक्षिक सत्र २०८२ चैत्र १९ गते देखि २६ गते सम्म लिएको माध्यमिक शिक्षा परीक्षा (S.E.E.) २०८२ मा रुपन्देही जिल्लाकै गरिमामय शैक्षिक संस्था यस लुम्बिनी शिक्षा निकेतन, मायादेवी-४, रुपन्देहीबाट सम्मिलित भई उत्कृष्ट जि.पि.ए. सहित उत्तीर्ण हुन सफल सम्पूर्ण मेधावी छात्र छात्राहरुलाई हार्दिक बधाई एवं उज्ज्वल शैक्षिक भविष्यको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। साथै विद्यालय सञ्चालक तथा शेयर सदस्य, सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी एवं शुभचिन्तकहरूमा समेत हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ |
09/05/2026
िक्षक_बन्ने_उदाहरणीय_कार्यहरू:
क. वातावरण र सम्बन्ध
१. विद्यार्थीलाई नामले सम्बोधन गर्नुहोस्।
२. सुरुका दिनमा चिनजानका खेल खेलाउनुहोस्।
३. कक्षाकोठालाई भयमुक्त र रमाइलो बनाउनुहोस्।
४. सिट परिवर्तन गर्दै सबैलाई अवसर दिनुहोस्।
५. नियम विद्यार्थीहरूसँग मिलेर बनाउनुहोस्।
ख. शिक्षण विधि
१. चित्र, भिडियो र नक्साको प्रयोग गर्नुहोस्।
२. कठिन विषयलाई कथाको रूपमा बुझाउनुहोस्।
३. गरेर सिक्ने विधि अपनाउनुहोस्।
४. समूह छलफल गराउनुहोस्।
५. अभिनय (Role play) प्रयोग गर्नुहोस्।
६. वास्तविक जीवनका उदाहरण दिनुहोस्।
७. विद्यार्थीबीच सहकार्यात्मक सिकाइ बढाउनुहोस्।
ग. प्रविधि र आधुनिकता
१. प्रोजेक्टर वा स्मार्ट बोर्ड प्रयोग गर्नुहोस्।
२. हाजिरीजवाफ (Quiz) खेल खेलाउनुहोस्।
३. युट्युब र शैक्षिक स्रोतको प्रयोग गराउनुहोस्।
४. एआई उपकरणको सहायताले जटिल कुरा बुझाउनुहोस्।
घ. बुझाइ सुनिश्चित गर्ने तरिका प्रयोग गर्नुहोस्।
१. नयाँ पाठअघि पुरानो ज्ञान सोध्नुहोस्।
२. तुरुन्त पुनरावृत्ति (Feedback) लिनुहोस्।
३. मनचित्र (Mind map) बनाउन लगाउनुहोस्।
४. ३-२-१ विधि प्रयोग गर्नुहोस्।
५. बीच–बीचमा साना प्रश्न सोध्नुहोस्।
ङ. सृजनशीलता र संलग्नता
१. स्थलगत भ्रमण गराउनुहोस्।
२. खोजमूलक परियोजना कार्य (project work) दिनुहोस्।
३. पोस्टर वा चित्र बनाउन लगाउनुहोस्।
४. पढाइलाई खेलजस्तै बनाउनुहोस्।
५. गीत र कविताबाट सिकाउनुहोस्।
च. उत्प्रेरणा
१. सानो सुधारमा पनि प्रशंसा गर्नुहोस्।
२. सानो भएपनि पुरस्कार दिनुहोस्।
३. सिकाइ लक्ष्य निर्धारण गराउनुहोस्।
४. प्रेरणादायी व्यक्तित्वका कथा सुनाउनुहोस्।
छ. विद्यार्थीको मनोविज्ञान अध्ययन
१. सबै विद्यार्थी एउटै गतिमा नसिक्ने बुझ्नुहोस्।
२. कमजोर विद्यार्थीलाई अतिरिक्त समय दिनुहोस्।
३. प्रश्न सोध्न प्रोत्साहन गर्नुहोस्।
४. परीक्षाको डर हटाउन सहयोग गर्नुहोस्।
५. विद्यार्थीका समस्या धैर्यपूर्वक सुन्नुहोस्।
ज. मूल्याङ्कन र पुनरावृत्ति
१. नियमित रिभिजन गराउनुहोस्।
२. बुझाइका लागि साप्ताहिक परीक्षा (weekly test) लिनुहोस्।
३. आत्म-मूल्याङ्कन गर्न सिकाउनुहोस्।
४. साथी–साथी बीच कापी जाँच गराउनुहोस्।
झ. अन्य महत्वपूर्ण सुझावहरू
१. समय व्यवस्थापनमा ध्यान दिनुहोस्।
२. आफ्नै शब्दमा नोट बनाउन सिकाउनुहोस्।
३. कण्ठ होइन, बुझाइमा जोड दिनुहोस्।
४. आत्म-अनुशासन सिकाउनुहोस्।
५. हाँस्यरसले वातावरण रमाइलो बनाउनुहोस्।
01/05/2026
Let us salute the dedication, hard work and contribution of every individual who builds our society and strengthens our nation.
New Admission Open
Hurry Up
Admission Open
Hurry Up
New Admission open
01/05/2026
'Wishing you all a peaceful and blessed Buddha Purnima.'
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Lumbini
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |