Shree Aglung Secondary School

Shree Aglung Secondary School श्री अग्लुङ्ग माध्यमिक विद्यालय मदाने गाउँपालिका १ अग्लुङ्ग गुल्मिको अफिसियल page मा यहाँहरुलाई हार्दिक स्वागत छ ।

शिक्षक सरुवा सम्बन्धि सुचना
31/07/2026

शिक्षक सरुवा सम्बन्धि सुचना

S.E.E उत्तिर्ण विद्यार्थी सम्मान तथा पुरस्कार/छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न ।।।आज एक कार्यक्रमका बिच भर्खरै प्रकाश...
19/05/2026

S.E.E उत्तिर्ण विद्यार्थी सम्मान तथा पुरस्कार/छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न ।।।

आज एक कार्यक्रमका बिच भर्खरै प्रकाशित S.E.E. २०८२ मा उत्तिर्ण भएका सम्पूर्ण विद्यार्थीका साथै अभिभावक र शिक्षकलाई सम्मान ,त्यसैगरि वार्षिक परीक्षा २०८२ मा उत्कृष्ट स्थान हासिल गर्ने /गरिब एवम् जेहेन्दार विद्यार्थीलाई /अक्षयकोष तथा छात्रवृत्ति वितरण गरिनुका साथै नव आगन्तुक विद्यार्थीलाई स्वागत कार्यकर्म सम्पन्न

🌹💐🌷हार्दिक बधाइ तथा शुभकामना🌹💐🌷 शैक्षिक सत्र २०८२ को SEE परीक्षामा यस विद्यालयबाट  सहभागि   ३३ जना मध्ये ३३ जना नै १००% ...
12/05/2026

🌹💐🌷हार्दिक बधाइ तथा शुभकामना🌹💐🌷

शैक्षिक सत्र २०८२ को SEE परीक्षामा यस विद्यालयबाट सहभागि ३३ जना मध्ये ३३ जना नै १००% उत्तीर्ण भइ विद्यालयको गौरव समेत बढाएकोमा सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित उज्वल भविष्यको शुभकामना !!!

नियमित पठनपाठनका अतिरिक्त विद्यार्थीमा  नेतृत्त्व विकास ,सिप र क्षमताको   विकासमा जोड दिने उद्देश्यअनुरुप ४ देखि १० कक्ष...
08/05/2026

नियमित पठनपाठनका अतिरिक्त विद्यार्थीमा नेतृत्त्व विकास ,सिप र क्षमताको विकासमा जोड दिने उद्देश्यअनुरुप ४ देखि १० कक्षा सम्मका विद्यार्थीहरुको तपसिल बमोजिमको प्रतिनिधिमुलक समिति गठन गरियो ! नव नियुक्त सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाइ!!!!

तपसिल :
१.सदन बिभाजन
२. रेडक्रस सर्कल पुनर्गठन
३.बालक्लव पुनर्गठन
४.स्काउट समिति गठन
५.विद्यार्थी खेलकुद समिति गठन

हार्दिक श्रद्धाञ्जली 😭😭😭श्री अग्लुङ माध्यमिक विद्यालयमा कक्षा १०मा अध्ययनरत ,मिलनसार,लगनशील,जेहन्दार  एवम् अनुशासित छात्...
10/04/2026

हार्दिक श्रद्धाञ्जली 😭😭😭
श्री अग्लुङ माध्यमिक विद्यालयमा कक्षा १०मा अध्ययनरत ,मिलनसार,लगनशील,जेहन्दार एवम् अनुशासित छात्र ओख्ले दह निवासि राजेश चन्दको मिति २०८२ चैत्र १९ गते १८ वर्षको उमेरमा भएको असामयिक एवम् अकल्पनीय निधन प्रति हाम्रो विद्यालय परिवार अत्यन्तै मर्माहत बनेको छ।दुखको यस घडिमा उहांको मुक्तात्माको चिरशान्तिको कामना सहित हार्दिक श्रदान्जली ब्यक्त गर्दछौँ
साथै शोकाकुल परिवार जनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ !!

शुभकामना तथा फेरि  भेटौंला कार्यक्रम एक झलकशै.स. २०८२ कक्षा -१० का विद्यार्थी भाइबहिनीहरु
13/03/2026

शुभकामना तथा फेरि भेटौंला कार्यक्रम एक झलक
शै.स. २०८२ कक्षा -१० का विद्यार्थी भाइबहिनीहरु

मदाने गापा १ अग्लुङ्ग  चुत्राकोट , निवासि अक्षयकोष दाता टिकाराम खत्री श्रीमति गौथली खत्री, छोराहरु घन ब. के सी(ख) र  सुर...
14/02/2026

मदाने गापा १ अग्लुङ्ग चुत्राकोट , निवासि अक्षयकोष दाता टिकाराम खत्री श्रीमति गौथली खत्री, छोराहरु घन ब. के सी(ख) र सुर्य ब. के सी , बुहारी जुना केसी र सान्ता के सी ले शिव सहित विष्णु पुजाको अवसरमा सम्पुर्ण पुजामा लागेको तुलादान रकम यस श्री अग्लुङ्ग मा वि मदाने १ लाई अक्षयकोष स्थापनाको रुपमा हस्तान्तरण गर्नुभएकोले उँहाको स-परिवारलाइ सुख शान्ति र समृद्धिको कामना गर्दछ !

विद्यालय परिवार

आज मिति 2082/10/16 देखि संचालित 7 दिने कम्प्युटर तालिम कम्प्युटर प्रशिक्षक श्री बिश्नु चन्द द्वारा अग्लुङ्ग मा वि का सम्...
30/01/2026

आज मिति 2082/10/16 देखि संचालित 7 दिने कम्प्युटर तालिम कम्प्युटर प्रशिक्षक श्री बिश्नु चन्द द्वारा अग्लुङ्ग मा वि का सम्पुर्ण शिक्षक स्टाप सहभागिसँगै केही थान तस्वीरहरु।।।

🌺❣️श्री अग्लुङ्ग मा.वि.मा आज वि.व्य.स., अभिभावक र विद्यार्थीहरूको उपस्थितिमा एक कार्यक्रमका बीच अर्धवार्षिक परीक्षा २०८२...
19/12/2025

🌺❣️श्री अग्लुङ्ग मा.वि.मा आज
वि.व्य.स., अभिभावक र विद्यार्थीहरूको उपस्थितिमा एक कार्यक्रमका बीच अर्धवार्षिक परीक्षा २०८२ को नतिजा प्रकाशन तथा समिक्षा कार्यक्रम सम्पन्न।
उत्कृष्ट नतिजा हासिल गर्ने सबै विद्यार्थीहरूलाई हार्दिक बधाइ! 🎉📘साथै अनुत्तिर्ण विद्यार्थी भाइबहिनिहरुलाई सफलताको शुभकामना!!❣️🌺

Address

Madane/1 Aglung, Gulmi
Lumbini
46057

Telephone

9844795701

Website

Alerts

Be the first to know and let us send you an email when Shree Aglung Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category