23/01/2026
🌼सरस्वती पूजा एवम् वसन्त पञ्चमीको शुभकामना🌼
ज्ञान, बुद्धि, कला र संस्कृतिकी अधिष्ठात्री देवी माता सरस्वतीको कृपाले हामी सबै विद्यार्थी, शिक्षक, अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारमा ज्ञानको ज्योति फैलियोस्,
शिक्षा, अनुशासन र सदाचारको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस्।
वसन्त पञ्चमीले जीवनमा नयाँ उमङ्ग, सकारात्मक सोच र उज्यालो भविष्यको सुरुवात गराओस्।
यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि तथा सफलताको कामना गर्दछौं।
— विद्यालय परिवार
17/11/2025
लुङ्ग्री गा.पा. वडा नं.-०३, औलेसार,रोल्पामा बसोबास गर्ने श्री निम ब. खड्काको छोरा वर्ष १४ को बेगम खड्काको उपचारको लागि यस श्री भुमिका प्राथमिक बिद्यालय लुङ्ग्री ०३ गोठेचौर रोल्पा का शिक्षक तथा विद्यार्थीहरुबाट सहयोग स्वरुप रु.४,४२०/- रकम हस्तान्तरण गरियो।
22/08/2025
"श्री भुमिका प्रा.वि., लुङ्ग्री–३, गोठेचौरमा शुक्रबारीय कार्यक्रम अन्तर्गत तिज विशेष कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न गरियो। सांस्कृतिक नृत्य, गीत र रमाइलो प्रस्तुतिले कार्यक्रमलाई अझै रंगीन बनायो। सबै सहभागीलाई हार्दिक धन्यवाद।"
02/04/2025
श्री भुमिका प्रा.वि. लुङ्ग्री-०३,गोठेचौर,रोल्पाको कक्षा शिशु देखि कक्षा-४ सम्मको वार्षिक परिक्षाको नतिजा प्रकाशन !!❤️🙏🇳🇵
उत्तीर्ण हुने सम्पुर्ण विद्यार्थीहरुलाई बधाई छ।👏👏👏
01/04/2025
यहि मिति २०८१/११/२६ गते देखि २०८१/११/०५ सम्म वडा नं.- ०३,जुतुङखोलामा भएको कक्षा-५ को वडा स्तरीय परिक्षामा सम्पुर्ण विद्यार्थीहरु शतप्रतिशत उत्तीर्ण भएको र ४ वटा विद्यालय मध्ये शतप्रतिशत उत्तीर्ण भइ भुमिका प्रा.वि. ले प्रथम स्थान हासिल र उत्कृष्ट १० विद्यार्थी मध्ये ५ जना पर्ने भाइ बहिनीहरुलाई पनि बधाइ छ। अझै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्न चाहन्छौँ। 👏👏👏❤️❤️❤️
Shyam G Magar Griraj Khanal