19/08/2026
शिक्षक विज्ञापन !
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Bageshwori Secondary School, Liwan, School, Liwang.
19/08/2026
शिक्षक विज्ञापन !
17/07/2026
२०८२ को ग्रेड वृद्धि परीक्षामा सामेल सम्पूर्ण विद्यार्थीहरुलाई एकिकृत ग्रेड सिट र मूल प्रमाणपत्र प्राप्तिको लागि निवेदन दिनुपर्ने र आवश्यक प्रक्रिया गर्नुपर्ने भएकाले मिति २०८३/०४/११गतेसम्म यस विद्यालयमा प्रवेशपत्रको फोटोकपी, जन्मदर्ता, यस अघिको ग्रेडसिट र ५०० रूपैयाँ सहित विद्यालयमा स्वयं उपस्थित हुन सूचना गरिन्छ। अन्यथा विद्यार्थी स्वयम जिम्मेवार हुनुपर्ने छ।
09/07/2026
SEE २०८३सालकाे पुरक परीक्षाबाट ग्रेडेड भएका सम्पूर्ण विद्यार्थीहरुलाई धेरै धेरै बधाई तथा शुभकामना।
👏👏👍️
04/06/2026
जातीय विभेद तथा छुवाछूत उन्मुलन दिवसकाे अवसरमा आज मिति २०८३/०२/२१ गते राेल्पा नगरपालिकाकाे समयाेजकत्वमा मा वि र आ वि विद्यालयहरुकाे मध्य भएको चित्रकला प्रतियोगितामा यस विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थी उमेश रानामगरले तृतीय स्थान हासिल गरि विद्यालयकाे नाम राेशन गर्नु भएको छ।
उमेश रानामगरलाई विशेष धन्यवाद ।👏👏
12/05/2026
बागेश्वरी मा वि लिवनमा शैक्षिकसत्र २०८२ S.E.E. परीक्षामा ३४ जनामा २३ जना उतीर्ण संगै ६३.८८ प्रतिशत सहित हाल सम्मकाे सबैभन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
सम्पूर्ण विद्यार्थी ,शिक्षक, र सराेकारवालाहरुमा बधाई सहित शुभकामना व्यक्त गर्दछौं
बागेश्वरी मा वि लिवन परिवार😀🙏🙏
24/04/2026
बाल विकास शिक्षिका आवश्यकता सम्बन्धि सूचना।
📢भर्ना कार्यक्रम सम्बन्धि सूचना ।📢
सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरु शैक्षिक सत्र २०८३/०८४ का लागि विद्यार्थी भर्ना यहि मिति २०८३ साल बैसाख १५ गते देखि २० गते सम्म संचालन हुने जानकारी गरिन्छ ।।
22/04/2026
📢 ग्रेडवृद्वि परीक्षा सम्बन्धि सूचना।📢
सम्पूर्ण अभिभावकज्यू तथा विद्यार्थीहरू २०८२ सालकाे ग्रेडवृद्वि परीक्षा यही बैसाख १४ गते बिहान ९:०० बजे हुने जानकारी गराइन्छ ।
10/04/2026
सम्पूर्ण अभिभावक, विद्यार्थी र सराेकारवालाज्यू हरु आधारभूत तह कक्षा ८ र ५ काे वार्षिक परीक्षाकाे नतिजा अपेक्षा गरे अनुरूप न आएकाे हुदा निशुल्क ग्रेडवृद्वि लक्षित अंग्रेजी , गणित र विज्ञान विषयकाे अतिरिक्त काेचिङ कक्षा संचालन गर्नु पर्ने हुनाले यही सूचनालाई आधार मानी सबैबाट सहयाेगकाे अपेक्षा गर्दछौं ।।
08/04/2026
शैक्षिकसत्र २०८२/०८३ काे वार्षिक नतिजा प्रकाशन सम्बन्ध सूचना।।
पुरक परीक्षा बैसाख १४ गते देखि ।