15/06/2026
श्री अरनिको माध्यमिक विद्यालयको ६५औँ वार्षिक उत्सवको दोस्रो दिन विभिन्न शैक्षिक, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरू उत्साहपूर्ण रूपमा सम्पन्न भएका छन्।
यस अवसरमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा जनजागृति माध्यमिक विद्यालय, जुगार प्रथम, सिद्धरत्न माध्यमिक विद्यालय, हान्जाबाङ द्वितीय तथा दुम्ला माध्यमिक विद्यालय तृतीय स्थान हासिल गर्न सफल भए।
त्यसैगरी, विद्यार्थीहरूका लागि गणित दौड तथा बलुन फुटाउने प्रतियोगिता सम्पन्न गरियो। अभिभावकहरूको सक्रिय सहभागितामा आयोजित कुर्सी दौड प्रतियोगिताले कार्यक्रमलाई थप रोचक र मनोरञ्जनपूर्ण बनाएको थियो।
हाल विद्यालय स्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिता उत्साहजनक रूपमा जारी रहेको छ। प्रतियोगितामा सहभागी विद्यालय तथा खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन्।
वार्षिक उत्सवअन्तर्गत सञ्चालन भइरहेका विविध कार्यक्रमहरूले विद्यार्थीहरूमा शैक्षिक, बौद्धिक, खेलकुद तथा सामाजिक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ। विद्यालय परिवार सम्पूर्ण सहभागी, सहयोगी तथा दर्शकप्रति हार्दिक आभार व्यक्त गर्दछ
15/06/2026
श्री अरनिको माध्यमिक विद्यालयको ६५औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री कविराज बुढा ज्यूको सभाध्यक्षता तथा त्रिवेणी गाउँपालिकाका अध्यक्ष श्री कर्णबहादुर बान्ठा ज्यूको प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन गरिएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्रीमती लिला घर्ती मगर ज्यूको विशिष्ट आतिथ्यता रहेको थियो।
उद्घाटन समारोहमा विद्यालयका पूर्व प्रधानाध्यापकहरू तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो। त्यसैगरी, यस वर्षको S.E.E. परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।
राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड २०८३ अन्तर्गत लुम्बिनी प्रदेश भलिबल टोलीको प्रतिनिधित्व गर्दै द्वितीय स्थान हासिल गर्न सफल यस विद्यालयका पूर्व विद्यार्थी आयुष निर्माण बुढा तथा लुम्बिनी प्रदेश भलिबल टोलीकी कप्तान शर्मिला डाँगी लाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी समारोहलाई थप आकर्षक र मनोरञ्जनपूर्ण बनाएका थिए। उत्सवमा अभिभावक, शिक्षक, विद्यार्थी, पूर्व विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालयको शैक्षिक, खेलकुद तथा सांस्कृतिक उपलब्धिहरूको समीक्षा गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
"शिक्षा, अनुशासन र उत्कृष्टताको यात्रालाई निरन्तरता दिँदै श्री अरनिको माध्यमिक विद्यालय आफ्नो गौरवशाली इतिहासलाई अझ समृद्ध बनाउने लक्ष्यतर्फ अग्रसर छ।"
12/06/2026
यस विद्यालयमा कक्षा ९ मा अध्ययनरत बाबु प्रेरित घर्ती मगर , कक्षा ९ मा अध्ययनरत नानु सन्चिता बुढा र कक्षा ७ मा अध्ययनरत बाबु शिशिर बुढा मगरको शुभ जन्मदिनको पावन अवसरमा हार्दिक बधाई तथा असीम शुभकामना व्यक्त गर्दछौँ। 🎉🎂
उहाँहरुको जीवन सधैँ सफल, सुखद र उज्ज्वल बनोस् भन्ने कामना गर्दछौँ।
यस विशेष दिनमा उहाँहरुले अरनिको जन्मदिन कोषमा क्रमशः रु. १५०/-, २२५ र रु. १०५ जम्मा गरी विद्यालयप्रति देखाउनुभएको सहयोगी भावना र सद्भावका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।
11/06/2026
यस विद्यालयमा कक्षा ८ मा अध्ययनरत बाबु दिपेश बुढाकाे शुभ जन्मदिनको पावन अवसरमा हार्दिक बधाई तथा असीम शुभकामना व्यक्त गर्दछौँ। 🎉🎂
उनको जीवन सधैँ सफल, सुखद र उज्ज्वल बनोस् भन्ने कामना गर्दछौँ।
यस विशेष दिनमा उनले अरनिको जन्मदिन कोषमा रु. ४१० जम्मा गरी विद्यालयप्रति देखाउनुभएको सहयोगी भावना र सद्भावका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।
11/06/2026
कक्षा-११ को वार्षिक परिक्षाको नतिजा सम्बन्धी सुचना !!
11/06/2026
श्री अरनिको माध्यमिक विद्यालयको ६५औँ वार्षिक उत्सवको अवसरमा आयोजित छात्र/छात्रा भलिबल प्रतियोगिताको तृतीय पुरस्कार तथा कार्यक्रम व्यवस्थापनका लागि रु. ११,१११/- (अक्षरेपी एघार हजार एक सय एघार रुपैयाँ मात्र) आर्थिक सहयोग प्रदान गर्नुहुने यस विद्यालयका गौरवशाली पूर्व विद्यार्थी तथा हाल यूएईमा रहनुभएका आदरणीय श्री बलीभद्र के.सी. ज्यू प्रति विद्यालय परिवार हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ।
उहाँद्वारा प्रदान गरिएको यस उदार सहयोगले विद्यालयको ६५औँ वार्षिक उत्सवलाई थप भव्य, सभ्य, प्रभावकारी तथा व्यवस्थित रूपमा सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। साथै, विद्यार्थीहरूमा खेल भावना, अनुशासन, नेतृत्व क्षमता, सहकार्य तथा स्वस्थ प्रतिस्पर्धात्मक भावनाको विकास गर्न प्रेरणादायी भूमिका निर्वाह गर्नेछ।
आफ्नो व्यस्त पेशागत जिम्मेवारीका बाबजुद पनि विद्यालयप्रति देखाउनुभएको आत्मीयता, सद्भाव, अपनत्व र सहयोगी भावनाले सम्पूर्ण विद्यालय परिवारलाई अत्यन्त गौरवान्वित बनाएको छ। विद्यालयप्रतिको उहाँको निरन्तर माया, साथ र योगदान वर्तमान तथा भावी पुस्ताका विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत बनिरहने विश्वास लिएका छौँ।
विद्यालयप्रतिको यस अमूल्य योगदानको उच्च सम्मान गर्दै आदरणीय तपाईँको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा व्यक्तिगत एवं पेशागत जीवनमा उत्तरोत्तर प्रगति, सफलता र कीर्तिमान प्राप्तिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
10/06/2026
यस विद्यालयमा कक्षा के जीमा अध्ययनरत नानु मेघना बुढा मगरको शुभ जन्मदिनको पावन अवसरमा हार्दिक बधाई तथा असीम शुभकामना व्यक्त गर्दछौँ। 🎉🎂
उनको जीवन सधैँ सफल, सुखद र उज्ज्वल बनोस् भन्ने कामना गर्दछौँ।
यस विशेष दिनमा उनले अरनिको जन्मदिन कोषमा रु. १०५ जम्मा गरी विद्यालयप्रति देखाउनुभएको सहयोगी भावना र सद्भावका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।
10/06/2026
यस विद्यालयका गौरवशाली पूर्व विद्यार्थी तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, हाल निर्माण व्यवसायी एवं राजनीतिज्ञ श्री हुम बहादुर बाँठा ज्यूले श्री अरनिको माध्यमिक विद्यालयको ६५औँ वार्षिक उत्सवको अवसरमा आयोजित छात्रा भलिबल प्रतियोगिताको द्वितीय पुरस्कारका लागि रु. १०,०००/- सहयोग प्रदान गर्नु भएकोमा विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ।
विद्यालयका पूर्व विद्यार्थी तथा पूर्व व्यवस्थापन समिति अध्यक्षको हैसियतले विद्यालयप्रति निरन्तर देखाउनु भएको माया, आत्मीयता र सहयोगी भावनाले विद्यालय परिवारलाई सदैव उत्साहित र गौरवान्वित बनाएको छ। विद्यार्थीहरूको खेलकुद प्रतिभा विकास तथा प्रतिस्पर्धात्मक भावनाको अभिवृद्धिका लागि प्रदान गर्नु भएको यस महत्वपूर्ण सहयोग अत्यन्त प्रशंसनीय र प्रेरणादायी रहेको छ।
विद्यालयप्रतिको उहाँको समर्पण, सद्भाव र योगदानको उच्च सम्मान गर्दै सुस्वास्थ्य, सुख, समृद्धि तथा सामाजिक, राजनीतिक एवं व्यावसायिक जीवनमा अझ उच्च सफलता प्राप्त होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।