27/08/2024
श्री ज्ञानोदय मा• वि• साहिलीटार
Hi guys. It help you to meet your past which has a short space but taken a large space...in your heart.....this is for to intgrt all the guyss..togthr ..to
It help you to meet your past which has a short space but taken a large space...in your heart.....this is for to intgrt all the guyss..togthr ..to share..our ...mmrys..........!!!!!
27/08/2024
आदरणीय अभिभावकज्यू
नमस्कार।🙏🙏
तपाईंका नानीबाबुहरुको एस.ई.ई (SEE) परीक्षा २०८० चैत्र १५ बाट सुरु हुँदैछ। यहाँहरु पक्कै उत्साहित हुनुहुन्छ कि नानीबाबुहरुले परीक्षामा राम्रो गर्नेछन् । तर यो पनि विचार गर्न आग्रह गर्छु कि ती नानीहरुको बिचमा एउटा त्यस्तो #कलाकार छ जसले गणित बुझ्दैन। अनि त्यो भिडमा त्यस्तो #व्यापारी छ जसले इतिहास,अङ्ग्रेजी वा साहित्यको कुनै मतलब गर्दैन। त्यहाँ एउटा #गायक छ जसको #विज्ञानको अङ्कले कुनै महत्त्व राख्दैन।त्यहाँ एउटा #खेलाडी छ जसको शारीरिक तन्दुरुस्तीले #स्वास्थ्य को अङ्कभन्दा बढी महत्व राख्दछ।
तपाईंका छोराछोरीले उच्चतम अंक प्राप्त गरेनन् भने पनि निराश नहुनुहोस्। उनिहरुलाई आफ्नो आत्मविश्वास र आत्मसम्मान कमजोर हुन नदिनुहोस्। उनिहरुलाई यो पनि भनिदिनुहोस् कि," यो मात्र एउटा परीक्षा हो, जीवनमा अझै ठुल्ठुला कुरा आउन बाँकी नै छन् ।" उनिहरुलाई यो विश्वास दिलाउनुहोस् कि जति अंक प्राप्त गरेपनि तपाईंको माया कहिले कम हुने छैन।
#साभार !
हाल सञ्चालन भइरहेको SEE बि. स. 2080 मा यस विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गर्दछौं ।
म चाहिँ बि.स. २०५० सालको SLC Batch हो। अनि तपाईहरू ?
28/03/2024
एसईई परिक्षामा सहभागी हुँदै गरेका सम्पूर्ण बिद्यार्थी भाइबहिनीहरुमा शुभकामना ।
म्याट्रिकुलेशन, म्याट्रिक, प्रवेशिका, एसएलसी वा एसईई परिक्षाको इतिहास
बेलायतबाट फर्केपछि राणा प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाले बि.सं. १९१० मा जनरल धीरशम्शेरको दरवार थापाथली दरवार भित्र राणाहरुका लागि पहिलो पटक अंग्रेजी समेतको शिक्षाको शुरुवात गरे । यस अगाडि संस्कृत शिक्षा दिने गरिन्थ्यो । दरवार भित्र यसरी शुरु भएको स्कुललाई दरवार स्कुल भन्न थालियो । यो स्कुल पछि हिटी दरवारमा सारियो । हिटी दरवारमा सञ्चालन हुँदा धीरशम्शेरका सत्र भाइका सन्तानले मात्र सो स्कुलमा पढ्न पाउँदथे । पछि बि.सं. १९३३ सालमा सेतो दरवारमा सारिए पछि भने अन्य राणाका सन्ततीहरुले पनि पढ्न पाए । १९४२ मा आइपुग्दा अन्य भारदारका छोरा नातिहरुलाई पनि पढ्न पाउने छुट दिइयो । १९५१ सालमा दरवार स्कुलको आफ्नै भवन भयो ।
रानीपोखरीको पश्चिममा भवन तैयार भए पछि सेतो दरवारबाट दरवार स्कुल अहिलेको दरवार स्कुल भएको ठाउँमा सारियो । यसरी नेपालको पहिलो अंग्रेजी भाषा पढाउने स्कुलको शुरुवात भएको थियो । शुरुमा केही राणाका छोरा नाति मात्रै भर्ना हुने यस स्कुलमा १९५८ सालसम्म केवल १७ जनाले मात्रै अंग्रेजी पढेका थिए । पछि सबैलाई पढ्न छुट भए पछि १९७५ सम्म पढ्नेको संख्या १७५ पुग्यो ।
अहिलेको एसईई सरहको म्याट्रिकुलेशनको परीक्षा भने कलकत्ता विश्व विद्यालयले लिने गर्दथ्यो । बि.सं. १९३६ देखि कलकत्ता विश्व विद्यालयले म्याट्रिक परीक्षा लिने गरेकोमा बि.सं. १९८० देखि पटना विश्व विद्यालयबाट सम्वर्धन प्राप्त गरेको थियो । बि.सं. १९३६ मा कलकत्तामा म्याट्रिक परीक्षा दिन जङ्गबहादुरका भतिजा खड्गशमशेर पहिलो पटक कलकत्ता पुगेका थिए । उनका साथ उनका बुबा जनरल धीरशम्शेर पनि कलकत्ता गएका थिए । त्यो समय धीरशमशेर पश्चिम कमाण्डका सिनियर कमाण्डिङ जनरल थिए । कलकत्ता पुगेको अवसरमा उनले भाइसराय अर्ल अफ लिटन अर्थात रवर्ट बुलवर लिटन संग भेट गरेका थिए । यो भेटको चाँजोपाँजो भने कर्णेल इम्पेले मिलाइदिएका थिए । कर्णेल यूजीन क्लटरबक इम्पेलाई हामी फोटोग्राफीमा रुचि राख्नेहरुले प्रख्यात फोटोग्राफरका रुपमा चिन्दछौ । न कि राजनयिक वा सैनिक । उनले नेपालको खासै धेरै फोटो नखिचे पनि भारतका बिभिन्न स्थानका असंख्य फोटोहरु खिचेका छन् । उनले खिचेको मँगहिटीको पूर्वबाट मणिमण्डप, विश्वनाथ र कृष्ण मन्दिर देखिने गरि खिचेको फोटो निकै महत्वपूर्ण रहेको छ । सन १८६३ (बि.सं. १९२० तिर) खिचेको यो तस्विरमा मणिमण्डपको पुरानो स्वरुप देख्न पाउँछौ ।
यसरी पहिलो पटक नेपालबाट मेट्रिकुलेशन परिक्षामा सहभागी हुन आफ्नै छोराले अवसर पाएको हुँदा परिक्षाको समय धीरशम्शेर कलकत्तामा नै रहे । तर खड्गशम्शेर परीक्षा अगाडि लिइने इन्ट्रान्समा नै फेल भए । जसले गर्दा म्याट्रिकुलशन परीक्षा दिन नै पाएनन् । छोरालाई पहिलो पटक म्याट्रिकुलेशन परिक्षामा सहभागी गराएर उतिर्ण गराउन सपना पुरान नभए पनि अर्को वर्षमा अर्को छोरा चन्द्र शम्शेरालई पून म्याट्रिकुलेशन परिक्षामा सहभागी गराए र उनले उतिर्ण पनि गरे ।
छोरा खड्गलाई कलकत्ता लिएर गएर फर्किएका धीरशम्शेर भने केही महिनामा नै कमाण्डर इन चिफ बन्न पाए । दाजु जगत शम्शेरको अचानक देहावसान भए पछि उनले कमाण्डर इन चिफ बन्ने सौभाग्य पाएका थिए । बि.सं. १९३७ मा म्याट्रिकुलेशन परिक्षामा सहभागी भएका चन्द्रशमशेर राणा परिवार भित्रमा पहिलो म्याट्रिक उतिर्ण गर्ने राणा बन्न पाए । म्याट्रिक उतिर्ण गरेपछि चन्द्रशमशेरले कलकत्ता विश्व विद्यालयमा नै पढाइ सुचारु राखे । तर १९४० मा बाबु धीरशमशेरको निधनको समाचार सुनेपछि फर्केका चन्द्रशमशेर फेरी पढाइ पुरा गर्न कलकत्ता पुग्न नै पाएनन् ।
त्यो बेला म्याट्रिकुलशनको परीक्षा दिन कलकत्ता तथा पटना जाँदा बिद्यार्थीहरुका लागि सम्पूर्ण ब्यबस्था सरकारले नै गरिदिन्थ्यो । जाने आउने तथा बस्ने खाने ब्यबस्था सरकारबाट नै हुने गर्दथ्यो । बि.सं. १९८५ मा म्याट्रिकुलशन वोर्ड (म्याट्रिकुलेशन परीक्षा केन्द्र) को गठन नेपालमा नै भयो । बि.सं. १९९० कार्तिक १६ गते जुद्धशमशेरले एसएलसी परीक्षा बोर्ड (प्रवेशिका परीक्षा) को गठन संगै परीक्षा दिन पटना जानुपर्ने बन्द भयो । परीक्षा नेपालमा नै दिन पाउने भयो । तर परीक्षाको तैयारी प्रश्नपत्र तथा परीक्षाफलको प्रकाशन भने सबै पटना विश्व विद्यालयले नै गर्दथ्यो । परीक्षाको केही दिन अगाडि पटना विश्व विद्यालयबाट सुपरिटेण्डेण्टहरु आउँथे परीक्षा लिन्थे र उत्तरपुस्तिकाको पोको लिएर पटना फर्कन्थे । नतिजा पटना विश्व विद्यालयले नै प्रकाशित गर्दथ्यो । २००३ सालबाट भने नेपालमा नै परीक्षाको सम्पूर्ण तैयारी तथा नतिजा निकाल्ने काम भयो । यसपछि भने म्याट्रिकुलेशन परीक्षाको नाम पनि प्रवेशिका परीक्षा तथा एसएलसी भन्न थालियो ।
१९९० सालमा परीक्षा वोर्डको गठन पछि नेपालमा नै परीक्षा लिने तैयारी भयो । पुसको अन्तिम साता परीक्षाको तालिका प्रकाशित भयो । परीक्षाका लागि ३४ विद्यार्थीले फारम भरे । जसमा एक मात्रै छात्रा सुवर्ण कुमारी देवी थिइन् । तर परीक्षाको दिन भने उनि सम्मिलित भइनन् । यसरी नेपालमा पहिलो पटक एसएलसीको परीक्षा शुरु त भयो । तर परीक्षा समाप्त नहुँदै अचानक माघ २ गते महाभूकम्प आयो । दरवार हाइस्कुलमा पनि क्षति पुग्यो । दरवार हाइस्कुलको दक्षिण भागका कोठाहरुमा एसएलसी परीक्षा सञ्चालन गरिएका थिए, त्यहाँ क्षति हुन पुग्यो । यसरी रोकिएको एसएलसी पाँच महिना पछि १९९१ को जेठमा मात्रै सञ्चालन हुन सक्यो । दरवार हाइस्कुलमा क्षति पुगेका कारण बाकी परिक्षा भने टुँडिखेलको खुला मैदानमा नै गराइयो । दरवार हाइस्कुलको आफ्नो भवन पूननिर्माण नहुँदा सम्म सम्पूर्ण पढाइ त्रीचन्द्र कलेजमा गराइएको थियो । यसको नतिजा पनि ढिलो गरि प्राप्त भयो । जसमा प्रथम श्रेणीमा कोही पनि उतिर्ण हुन सकेनन् । दोश्रो श्रेणीमा १० जना उतिर्ण भए भने तेश्रो श्रेणीमा ९ जना उतिर्ण भए । यसरी पहिलो एसएलसी परीक्षामा १ अनुपस्थित, १४ अनुतिर्ण र १९ बिद्यार्थी उतिर्ण भएका थिए । यस पहिलो एसएलसीमा भक्तपुरका पुष्पभक्त मल्लले जम्मा ५७.५८ प्रतिशत अंक प्राप्त गरेर नेपालकै इतिहासमा पहिलो बोर्ड फस्ट हुने सौभाग्य पाएका थिए ।
१९९० सालमा एक छात्राले प्रवेशिका परीक्षाका लागि फारम भरे पनि अनुपस्थित रहेकोमा त्यसपछि १४ वर्षसम्म कुनै पनि छात्रा परीक्षामा सम्मिलित भएनन् । २००४ सालमा बल्ल एकैपटक चार छात्रा साहना प्रधान, साधना प्रधान, अंगुरबाबा जोशी र भुवनसिंहले प्रवेशिका परीक्षा दिएका थिए ।
एसएलसीको परिक्षाको नतिजा २००७ सालदेखिको नतिजा नेपाल राजपत्रमा पनि छापिन थालेको थियो । केही वर्ष राजपत्रमा नतिजा प्रकाशित भए पनि पछि बिद्यार्थीहरुको संख्या अत्यधिक हुन थाले पछि नतिजा गोरखापत्रमा छापिन थाल्यो । यसरी गोरखापत्रमा बोर्डमा आउनेहरुको नामावली आउँदा बिद्यार्थीहरु मात्र होइन अविभावकहरु पनि गर्व गर्न पाउँथे । तर दोश्रो जनआन्दोलनको सफलता पछि देशले आबश्यक भन्दा अनावश्यक कुराहरुको पनि परिवर्तन ल्यायो । परिक्षाको नतिजाको साथ बोर्डमा आउनेहरुको नामावली नराखिने निर्णष भयो । जसअनुसार बि.सं. २०६२ सालको नतिजा २०६३ सालमा प्रकाशित गरिँदा बोर्डको नामावली हटाइयो । यसको दश वर्ष पछि फेरी अर्को परिवर्तन भयो । नतिजा अंकमा र प्रतिशतमा राखिने गरिएकोमा बि.सं. २०७२ सालमा परीक्षा दिएकाहरुको २०७३ सालमा नतिजा प्रकाशित हुँदा प्रतिशतबाट मुल्यांकन हुने पद्दती हटाएर ग्रेड राख्न थालियो । साथै २०७३ सालमा आइपुग्दा एसएलसीको नाम नै परिवर्तन गरेर एसईई राखियो ।
यसरी ८३ वर्षको एसएलसीको इतिहास रह्यो । यस बिच २००७ सालमा प्रजातन्त्रको आगमनका कारण दुइपटक परिक्षा लिइयो । दुइ बिद्यार्थीलाई बोर्ड फस्ट घोषणा गरियो । २०३२ साल देखि ३४ सम्म भने नयाँ शिक्षा प्रणालीबाट र पुरानो शिक्षा प्रणालीबाट छुट्टाछुट्टै परिक्षा भएको थियो ।
एसएलसीलाई एसईई गरिँदा र माध्यामिक बिद्यालको अन्तिम परीक्षाका रुपमा कक्षा १२ लाई स्विकार गरिसक्दा पनि एसईई परिक्षा लिने प्रणाली भने उहिलेको एसएलसी जस्तै नै छ । वास्तविकतामा भन्ने हो भने यो केवल सामान्य ८, ९ को परिक्षा झै १० कक्षाको परिक्षा मात्रै हुनुपर्ने हो । साथै बिद्यार्थीहरुमा बिशेष परिक्षाको रुपमा लिइदा र महत्व भने ८, ९ को सामान्य परिक्षा जस्तै हुँदा मानसिक रुपले भने बिद्यार्थीहरु भने फलामे ढोका नै सम्झन तथा मान्न बाध्य छन् ।
हुन त नेपाल मात्रै होइन दक्षिण एशियाकै शिक्षा प्रणाली पुरातन शैलीको छ । घोकन्ते हुनु पर्ने बाध्यता छ । प्रश्नपत्र बनाउने र जाँचकीहरु उहि ढाँचाको उत्तरलाई मात्रै बढि नम्बर दिने र भिन्न किसिमले उत्तर लेखेमा नम्वर नदिने गर्दछन् । जसले गर्दा अल्प ज्ञान भएका तर घोकन्तेहरुले बढि ग्रेड पाइरहेका हुन्छन् भने राम्रो ज्ञान भएका तर हुबहु उत्तर नलेख्नेहरुले ग्रेड कम पाएका हुन्छन् । जसले गर्दा नतिजामा बढी ग्रेड पाउने भन्दा कम ग्रेड पाउनेहरुले जीवनमा सफलता पाएका हुन्छन् । घोकन्ते पढाइ भनेको कम्प्यूटरको भाषामा कपी पेष्ट हो । शिक्षकले कक्षामा नोटमा जे लेखायो त्यही लेख्नुपर्ने ।
यस वर्षको एसईई परिक्षामा ५ लाख ४ हजार ४१४ बिद्यार्थी सहभागि हुदैछन् । यसपटक जापानमा पनि परिक्षा हुने भएको छ । कुनै बेला हङकङमा रहेको गोर्खा हाइस्कुलले एसएलसी परिक्षामा सहभागी मात्रै होइन बोर्ड फस्ट पनि दुइ पटक भएका थिए । यसपटक भने जापानमा रहेका नेपालीहरुका १४ जना सन्तानले जापानमा नै बसेर एसईई दिने सौभाग्य पाउँदैछन् ।
SEE(एसईई) परीक्षाको तयारी यसरी गरौं ।
======================
एसईई परीक्षालाई पनि अन्य परीक्षा जस्तै सहज रुपमा लिएर पूर्ण आत्मविश्वासका साथ उत्तर लेखौं। निम्न कुराहरुलाई ख्याल राखौं।
१. अघिल्लो दिनको तयारी :
– घरमा अभिभावकहरुले रमाईलो वातावरणको सिर्जना गर्नका लागि सहयोग गरिदिने । कुनै प्रकारको तनाब उत्पन्न हुने खालका कृयाकलापहरु घरमा हुन नदिनका लागि पहल गर्ने ।
– सकेसम्म परीक्षाको समयमा अभिभावकहरु आफ्ना बालबालिकाहरुसँगै बस्ने । परीक्षा केन्द्रसम्म आफैले पुर्याइदिने र उत्साह भर्ने काम गर्ने ।
– भोलि परीक्षा छ, पढ पढ .. भनेर छोराछोरीहरुलाई दवाव नदिने । स्वतन्त्र रुपमा छाडिदिने । सल्लाह मात्र दिने र निगरानी मात्र राख्ने ।
–परीक्षाको अघिल्लो दिन शरीरलाई अपच हुने किसिमले खाना नखाने । पानी प्रशस्त पिउने ।
– परीक्षाका लागि आवश्यक पर्ने सामग्रीहरु जस्तै कलम, जियोमेट्री बक्स, क्याल्कुलेटर र प्रवेशपत्र एकैस्थानमा ठिक्क पारेर राख्ने ।
– राती अबेरसम्म नबस्ने, सुत्नुअघि एक गिलास मनतातो पानी पिएर सुत्ने बरु विहान सबेरै उठेर आफ्नो तयारीका साथै पुनरावलोकन गर्ने ।
– परीक्षा केन्द्रमा पुगेर वा परीक्षाको दिन नयाँ कलम किन्नु हुँदैन । आफूले लेखिरहेको कलम कम्तिमा ३ वटा जति ठिक्क पारेर राख्नुपर्छ ताकि कलमको कारणले परीक्षामा धोका नहोस् । )
२ . परीक्षाको दिन :
–विहान हल्का नास्ता खानुपर्छ भोकै परीक्षा दिन जानु हुँदैन ।
–विद्यालय पोशाक वा हल्का रङका पोशाकहरु लगाउनु पर्छ । आफूलाई सहज हुने पोशाक लगाउने ।
– परीक्षाका लागि प्रवेशपत्र लगायत अघिल्लो दिन नै तयारी गरेका सामग्रीहरु लैजान कुनै हालतमा पनि नबिर्सने ।
– सकभर सम्भव भएसम्म आफ्ना घरपरिवारका सदस्यहरुसँग नै परीक्षा केन्द्रमा जानु पर्दछ । नभए आफ्नो मन मिल्ने साथीहरुसँगै रमाईलो कुराकानी गर्दै परीक्षा केन्द्रमा जानुपर्छ । यसरी गरिने कुराकानीहरुमा केही रुपमा विषयवस्तुहरु पनि समेटिउन् ।
– पहिलो दिनमा ४५ मिनेट अगाडि र अरु दिनमा आधा घण्टा अघि परीक्षा केन्द्रमा पुग्ने गरी पूर्ण तयारीका साथ घरवाट निस्कनु पर्दछ ।
३. परीक्षा केन्द्र जाँदा:
– आफूले परीक्षाको लागि आवश्यक पर्ने सामग्रीहरु वाटोमा सुरक्षित साथ लैजानका लागि ध्यान दिनुपर्दछ ।
– मनमा कुनै पनि डर र त्रासको भावना पैदा हुने कुराहरु कत्तिपनि सोच्नु हुँदैन । सबै मैले पढेका विषयहरु त हुन् जानेकै र पढेकै पाठहरुवाट नै प्रश्नहरु आउने हुन् भन्ने कुरा मनमा सोच्नुपर्दछ ।
४. परीक्षा केन्द्रमा पुगेपछि :
– गेटमा पुगेर सुरक्षाकर्मी वा कसैलाई प्रवेश पत्र देखाएर भित्र पस्नुपर्ने हुन्छ । त्यसैले त्यसको पूर्व तयारीका साथ गेटमा पुग्ने ।
– परीक्षाकेन्द्रमा पुगेर कुनै पनि कुरा पढ्ने घोक्ने वा रट्ने गर्नु हुँदैन र साथीहरुसँग धेरै कुराकानी नगरीकन आफूले जाँच दिने कोठा खोज्नतर्फ लाग्नुपर्छ ।
– आफ्नो कोठा पत्ता लागिसकेपछि १५ मिनेट अगावै परीक्षा हलमा पसेर आफ्नो सिम्बोल नम्बर भएको स्थानमा बस्नुपर्दछ ।
५. परीक्षा हलमा:
– परीक्षा हलमा परीक्षार्थीले विताउने तीन घण्टाको समय निकै महत्वपूर्ण हुन्छ । यस समयको सही सदुपयोग र केही सामान्य कुराको हेक्का राख्न सकिएमा परीक्षामा सोधिएका प्रश्नहरुको समाधान सहज रुपमा दिन सकिन्छ । कतिपय विद्यार्थीहरुलाई यस कुराको सही ज्ञान नहुँदा परीक्षा सकिएपछि पछुताउनु वाहेक अरु केही हुँदैन ।
क) उत्तरपुस्तिका पाएपछि:
– सर्वप्रथम उत्तर पुस्तिकाको अवस्था हेर्ने यदि कतै च्यातिएको छ वा कतै खुम्च्एिको उत्तर पुस्तिका छ भने तुरुन्त निरीक्षकलाई भनेर कपी साट्नु पर्दछ ।
– उत्तर पुस्तिकामा आफ्नो नाम नलेखी सिम्बोल नम्बर अंक र अक्षर दुबैमा स्पष्टसँग केरमेट नगरीकन लेख्नुपर्दछ ।
– सिम्बोल नम्बरलाई पुनः प्रबेशपत्र अनुसार जाँच गरि मिले नमिलेको एकिन गर्नु पर्दछ । अन्य विवरणहरुमा परीक्षाको मिति, विषय, पत्र, स्क्रिप्ट (भाषा), राम्ररी नआत्तिईकन लेख्नुपर्दछ ।
– मार्जिन मिलाउने अनि संभव भएसम्म दायाँ, बायाँ धर्का तान्ने गर्नुपर्दछ । (कपीमा नै पहिल्यै धर्का भएमा तान्नु आवश्यक छैन ।)
– आफ्ना सबै सामग्रीहरुको पूर्ण रुपमा तयारी गरी राख्नुपर्दछ ।
– यी सबै काम सकेपछि धैर्य भएर प्रश्नपत्रको प्रतिक्षा गरी बस्नुपर्छ ।
ख) प्रश्नपत्र पाएपछि :
– प्रश्नपत्र पाएपछि प्रश्नहरु पुरा भए वा नभएको, नछापिएको, काटिएको, मधुरो भएको अवस्थामा निरीक्षकलाई तुरुन्त जानकारी गराई अर्को प्रश्नपत्र लिनु पर्दछ । सवै प्रश्नहरुलाइ सर्सती एकपटक हेर्नु पर्दछ । यसरी पहिल्यै हेरिएमा ढुक्क हुन सकिन्छ र मस्तिष्कमा उत्तरको खाका पनि तयार हुँदै जान्छ ।
ग) प्रश्नहरु समाधान गर्ने क्रममा :
– प्रश्न समाधान गर्नु पूर्व प्रत्येक प्रश्नहरुको प्रश्न नम्बर अनिवार्य रुपमा लेख्नु पर्दछ । प्रश्न नसारीकन उत्तर लेख्नुपर्दछ ।
जस्तै: प्रश्न नम्बर १ को उत्तर:
– विशेष गरी व्याकरणमा खाली ठाउँ भर्ने, सही उत्तर छानेर भर्ने जस्ता प्रकृतिका प्रश्नहरुमा भने प्रश्न लेख्ने गर्नु पर्दछ । प्रश्नमा दिइएको निर्देशन राम्ररी अध्ययन गरी उत्तर लेख्नु पर्दछ ।
– संभव भएसम्म क्रमानुसार नै प्रश्नहरुको समाधान गर्नु राम्रो हुन्छ । कुनै प्रश्नको उत्तर नआएमा त्यसलाई छोडेर अर्को प्रश्नको उत्तर लेख्नुपर्छ । त्यही प्रश्नमा नै अल्झिएर समय खेर फाल्नु हुँदैन ।
– फरक छुट्टयाई लेख्नुपर्ने, पत्र लेख्नुपर्ने, चित्र बनाउनुपर्ने जस्ता प्रश्नको समाधान सकेसम्म एउटै पेजमा अट्नेगरी लेख्नुपर्दछ । कुनै पेजमा उत्तर लेखेर थोरै मात्र ठाउँ छ भने अर्को पेजमा लेख्नुपर्दछ ।
– प्रत्येक प्रश्नको उत्तर लेखिसकेपछि दुई लाईन जति छाडेर अर्को प्रश्नको उत्तर लेख्नुपर्दछ । यसो गर्दा कपी सफा र आकर्षक देखिन्छ ।
– कलममा मसीको प्रयोगका हकमा भने सकभर नीलो मसी प्रयोग गर्दा धेरै राम्रो हुन्छ । चित्र सिसा कलमले बनाउनु पर्दछ । कलमको मसी वा कलम नै परिवर्तन गर्नुपर्ने अवस्था आएमा निरीक्षकलाई जानकारी गराएर हस्ताक्षर गराई मात्र प्रयोग गर्नु पर्दछ ।
– कुनै दुईको वा तीनको मात्र उत्तर दिनुहोस् भनिएका निर्देशनहरुलाई राम्ररी बुझेर मात्र उत्तर लेख्नु पर्दछ नत्र अनावश्यक रुपमा बढि प्रश्नहरु हल गर्दा समय पुग्दैन । अन्य प्रश्न छुट्न सक्छन् ।
– परीक्षा हलमा साथीहरुसँग कुराकानी गर्नु हुँदैन । परीक्षाको मर्यादालाई कायम राखी उत्तर लेखनमा व्यस्त रहनु पर्दछ ।
– हाजिरी अनिवार्य रुपमा गर्नु पर्दछ । हाजिरी विवरण भर्दा आफ्नो सिम्बोल नम्बर, मूल कपीनम्बर, विषय, आफ्नो नाम र हस्ताक्षरका विवरणहरु राम्ररी नआत्तिएर भर्नुपर्दछ । नबुझेमा निरीक्षकलाई सोध्नुपर्दछ ।
– जुन प्रश्नहल गरिन्छ त्यसलाई प्रश्नपत्रमा सानो ठीक लगाउनु पर्दछ । जसले गर्दा प्रश्नहरु छुट्ने सम्भावना हुँदैन ।
– कपि सकिनुभन्दा ५ मिनेट अगावै निरीक्षकसँग उठेर थप कपी माग्नुपर्दछ । पूर्ण रुपले सकिएपछि मात्र कपी माग्नु हुँदैन यसो गर्दा कपी माग्दा निरीक्षकले कपी ल्याएर दिँदा एक, दुई मिनेटको समय त्यसै खेर जान्छ । परीक्षामा सेकेण्ड समयको पनि निकै महत्व हुन्छ । अगाडी नै थप कपी मागेर निरीक्षकले कपी दिँदै गर्दाको समयमा पनि आफूले लेख्दै गर्नुपर्दछ ।
घ) सबै प्रश्नको उत्तर लेखेपछि :
– सकभर समयको व्यवस्थापन गरेर अन्तिममा १० देखि १५ मिनेट बचाउनु पर्दछ । यो बाँकी समयमा लेखेका उत्तरहरु पढ्ने कतै केही गल्ती भेटिएमा सुधार गर्ने धेरै नै शब्द गल्ती भेटिएमा धेरै फोहर नगरीकन एक लाईनले चट्ट काटेर सफा अक्षरमा लेख्नुपर्दछ । कतै केही कुरा छुट भएमा पनि लेख्न सकिन्छ ।
– खाली ठाउँमा भरेका शब्दलाई अन्डरलाइन गर्नुपर्दछ ।
– समय भएमा आफूले लेखेका उत्तरहरु (हिसाब आउने विषयहरुका हकमा) प्रश्नपत्रमा टिपोट गर्नुपर्दछ ।
– कपीको अन्तमा समाप्त, आफ्नो सम्पर्क फोन नम्बर, कपी परीक्षकहरुलाई आफ्ना कथा ब्यथाहरु लेख्ने अनि मलाई जसरी पनि पास गरी दिनुहोला लगायतका अनुनय विनयका कुराहरु पटक्कै लेख्नुहुँदैन । सही उत्तर लेखिएका कपीहरुको सही रुपमा मूल्याङ्कन हुन्छन् । त्यस्ता कुराहरु लेखिएमा कुनै अर्थ रहँदैन ।
ङ) उत्तरपुस्तिका बुझाउँदा –
– राम्ररी सबै थप कपीहरु राम्ररी स्टिच (नथ्थी) गर्नु पर्दछ । संभव भएसम्म स्टिच मेशीन पनि आँफैले लैजाँदा राम्रो हुन्छ ।
– कपी थपीएको विवरण मूलउत्तर पुस्तिकामा उल्लेख गर्नुपर्दछ जसका लागि निरीक्षकलाई वा आँफैले पनि ं१ं प्लस १ प्लस ं१ लेख्नुपर्दछ । आँफैले लेखेमा निरीक्षकसँग रुजु गराउनु पर्दछ ।
–उत्तरकपी परीक्षा हलमा खटिएका निरीक्षकलाई नै बुझाउनुपर्दछ ।
च) परीक्षाहलबाट बाहिरिनु अगाडि:
– प्रवेशपत्र लगायत आफ्ना सम्पूर्ण परीक्षाका सामग्रीहरु सम्झेर ल्याउनुपर्दछ ।
छ) हल बाहिर निस्केर –
– परीक्षा के भयो कस्तो भयो भनेर साथीहरुसँग सामान्य रुपमा छलफल हुनु त स्वभाविकै हो तर यसमा धेरै समय खर्चिनु हुँदैन ।
– खुसी भएर मैले जे गरेको छु राम्रो गरेको छु भन्ने सम्झिएर घर वा स्कूलको होस्टेल जानुपर्दछ ।
५. घरमा पुगेर:
– परिवारका सबै सदस्यहरुलाई परीक्षामा के कस्तो भयो भनेर जानकारी दिनुपर्दछ । फ्रेस भएर आराम गरी अर्को दिनको परीक्षाको तयारीमा पूर्ववत अनुसार लाग्नुपर्दछ ।
राम्रा विद्यालयका २० लक्षणहरु।
१) प्रअ दुरदर्शी र योजना बनाउने हुन्छन्। रीस नियन्त्रण गर्ने क्षमता हुन्छ। आवश्यक समयमा तुरुन्त निर्णय लिन सक्छन्।
२) शिक्षकहरुमा टीमवर्क हुन्छ। कुनैपनि शिक्षकमा पक्षपातपूर्ण व्यवहार र विभेद हुँदैन। शिक्षक मिलनसार र संयमित हुन्छन्।
३) विद्यार्थीहरुसँगको व्यवहार प्रष्ट र पारदर्शी हुन्छ। कुनैपनि आधारमा शिक्षकले विद्यार्थीलाई भेदभाव गर्दैनन्। शिक्षकहरुसँग विद्यार्थीको सम्पूर्ण जानकारी हुन्छ।
४) कक्षाहरु सफा र सुन्दर हुन्छन्। कक्षामा हावा र प्रकाश छिर्ने वातावरण हुन्छ। कक्षामा सबैतिर घुमेर पढाउन सक्ने गरी कक्षाको व्यवस्थापन गरिएको हुन्छ।
५) प्रअले हरेक शिक्षकको व्यक्तिगत फाइल बनाएका हुन्छन्। सकरात्मक कुराहरुको उक्त फाइलमा नोट गरिएको हुन्छ। शिक्षकले हरेक विद्यार्थीको व्यक्तिगत फाइल खडा गरेका हुन्छन्। ती फाइलमा विद्यार्थीको नकरात्मक बानीभन्दा सकरात्मक प्रयासलाई प्राथमिकतामा राखिएको हुन्छ।
६) विद्यालय व्यवस्थापन समिति, प्रअ, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध सँधै सकरात्मक र मिजासिलो हुन्छ। विद्यालयको भलाईका निम्ति छलफल र योजना बनाइन्छ।
७) कुनैपनि शिक्षकले विद्यार्थीलाई दण्ड र सजाय दिँदैनन्। दण्ड र सजायको सट्टा सकरात्मक प्रतिक्रिया, उत्प्रेरणा र पुरस्कारको व्यवस्था विद्यालय र शिक्षकले गरेका हुन्छन्।
८) विद्यालयको बिहानी प्रार्थना सभामा प्रअसहित सम्पूर्ण शिक्षक उपस्थित हुन्छन्। ज्ञान र उत्प्रेरणाका कुराहरु बाँड्ने गरिन्छ। हाजिरी लाइनमै गरिएको हुन्छ। युनिफर्म लगायतका कुरामा एकरुपता हुन्छ।
९) विद्यालय प्राङ्गणमा फूलहरु रोपिएको तथा फुलाइएको हुन्छ। फूलबारीमार्फत विद्यार्थीलाई सुन्दरता र हेरचाहको अभ्यास सिकाइएको हुन्छ।
१०) फोहोर व्यवस्थापन गर्न प्रभावकारी रुपमा डस्टविन तथा बाल्टीनहरु राखिएको हुन्छ। विद्यार्थीलाई फोहोरमैला नगर्न, भएको फोहोरमैला व्यवस्थापन गर्न सक्रिय बनाइएको हुन्छ।
११) नियमित रुपमा मासिक बैठक बस्ने व्यवस्था गरिएको हुन्छ। प्रअ र विद्यार्थीको समेत नियमित छलफल र अन्तरक्रिया गर्ने व्यवस्था मिलाइएको हुन्छ।
१२) विद्यालय र विद्यालयसम्बन्धी सम्पूर्ण जानकारी दिने उदेश्यले सूचनापाटी राखिएको हुन्छ। सूचना लिन दिन सूचना अधिकारी तोकिएको हुन्छ।
१३) काम तथा जिम्मेवारीको बाँडफाँड गरिएको हुन्छ। हरेक कुरा सामुहिक प्रयासमा मात्र सफल हुन सक्छ भन्ने नैतिकता सिकाइएको हुन्छ।
१४) शिक्षण सिकाइ क्रियाकलापको सहजीकरण गर्नका निम्ति शैक्षिक सामग्रीको प्रयोग र व्यवस्थापन गरिएको हुन्छ।
१५) समूह शिक्षण, साथी शिक्षण, विशेष शिक्षण जस्ता कक्षाहरुको व्यवस्था गरिएको हुन्छ। कमजोर विद्यार्थीलाई बढी हेरचाह र निगरानी गरिएको हुन्छ।
१६) गृहकार्य कम दिइन्छ। सृजनात्मक र रचनात्मक कुराहरुमा बढी प्रयोग गरिन्छ। प्रोजेक्टर तथा प्रोजेक्ट वर्कमा बढी प्राथमिकता दिइएको हुन्छ।
१७) कक्षामा शिक्षकको भूमिका सहयोगी र विद्यार्थीको भूमिका प्रमुख मानिएको हुन्छ। विद्यार्थीलाई विद्यालयमा हरेक गतिविधिमा सक्रिय बनाइएको हुन्छ।
१८) नियमित रुपमा अतिरिक्त क्रियाकलापको व्यवस्था मिलाइएको हुन्छ। विद्यालय बालबालिकाको सर्वाङ्गीण विकास गर्ने स्थान हो भन्ने कुरामा जोड दिइएको हुन्छ।
१९) शिक्षक तथा कर्मचारीलाई विद्यालयमा काम गर्नु नोकरी मात्र नभई पेशा समेत रहेको कुराको महत्व दर्शाइएको हुन्छ। शिक्षक समाज परिवर्तनका संवाहक हुन् भन्ने कुराको बोध गराइएको हुन्छ।
२०) प्रअ स्वयंको सक्रियतामा शिक्षकलाई प्रविधि तथा विद्यार्थीलाई प्रयोगात्मक कार्यमा जोडिएको हुन्छ। प्रअले विद्यालयका कक्षाकोठा, कार्यालय, शौचालय लगायतका सम्पूर्ण पूर्वाधारमा निगरानी गरेका हुन्छन्।
08/02/2024
08/02/2024
स्याङ्जास्थित ध्रुवज्योति माविले विद्यालय हाताको वरिपरि लगाएको काउली ।
अन्तिम प्रहरमा परिक्षाको तयारी कसरी गर्ने ?
.......................................................................
१.पढ्नु पर्ने कुराको लिस्ट (List)बनाउनुस :
यदी तपाईंलाई रात भरि पढ्नु छ भने पढ्नु पर्ने कुराको लिस्ट बनाउनुस् । तपाईंको लिस्टबाट जुन गाह्रो र बढी अङ्कभारको लेसन छ त्यसलाई पहिले पढ्नुस् । कम महत्वपूर्ण र सजिलो पाठलाई पछाडि अथवा समय पुगे मात्र पढ्ने हिसाबले लिस्टिङ गर्नुस् । यसले गर्दा महत्वपूर्ण कुरा पढ्न छुट्न बाट जोगाउन सकिन्छ ।
२.आफ्नो इनर्जीको बचत गर्नुस् :
यदी तपाईंलाई रातभर पढ्नुछ भने तपाईंले दिनको समयमा आफ्नो शक्ति बचत गर्नुपर्छ । यदी दिन भर मोबाइल ल्यापटप आदि चलाएर अथवा अन्य काम गरेर आफूलाई थकित बनाउनुभएको छ भने राती तपाईंलाई निद्राले धेरै सताउन सक्छ । अर्को कुरा यदी तपाईं आज परिक्षा दिएर आएकोले थाक्नु भएको छ र राति फेरि भोलिको परिक्षाको लागि तयारी गर्नुछ भने आज दिउँसो केही घण्टा गहिरो निद्रा निदाउनु भए पनि हुन्छ । जुन निद्राले गर्दा आज राती तपाईं भोलिको परिक्षाको लागि जाग्राम बस्न सक्नुहुन्छ ।
३.आफ्नो बसाइ(Posture) मिलाउनुहोस् :
राति पढ्ने बेलामा निद्रा लाग्नुको अर्को कारण हो तपाईंको बसाइ नमिल्नु । यदी तपाईं ढाड कुप्री पारेर बस्नुहुन्छ अथवा उत्तानो परी सुतेर पढ्ने गर्नुहुन्छ भने तपाईंलाई छिट्टै निद्रा लाग्न सक्छ । यसरी बेडमा पल्टिएर पढ्दा तपाईंको दिमाग झुक्किन्छ "यो मान्छे पढ्ने हो कि सुत्ने हो" भनेर । अनि तपाईंलाई दिमागले सुत्ने तर्खर तिर लैजान थाल्छ । यसर्थ आफ्नो ढाड सिधा बनाएर कुर्चिमा बसी टेबलमा कापी किताब राखेर पढ्नु राम्रो हुन्छ, यदी कुर्ची टेबल छैन भने कम्तिमा ढाड बाङ्गो बनाएर अथवा भुइमा ढल्किएर पढ्न बस्ने नगर्नुस् । त्यस्तै पढ्ने बेलामा निद्रा लाग्नुको कारण हो बेडमा बसेर पढ्नु । कमलो बेडमा बसेर सिरक ओडेर, सिरानीका अडेस लाएर पढ्न थाल्यो भने त जस्तो ब्यक्ती लाई पनि निद्रा लाग्छ । यसर्थ पढ्ने बेलामा बेडमा बसेर नपढ्नुस् । सम्भव हुन्छ भने आफ्नो बेडलाई चिट्टिक्क पट्ट्याएर एकातिर राख्नुस अनि आफूले न्यानो र सजिलो लुगा लगाएर पढ्न थाल्नुस् ।
४.प्रसस्त मात्रामा तरल पदार्थ पिउनुस्:
पहिलो कुरा यदी तपाईंको शरीरमा तरल पदार्थको कमी भयो भने तपाईं छिट्टै थकित हुनुहुन्छ दोस्रो कुरा राती जागा बसेर पढ्नको लागि तपाईंले बेला बेलामा चिया कफी पिउन सक्नुहुन्छ । यदी चिया कफी पिउने बानी छैन भने सादा पानी पिउँदा पनि हुन्छ । यसरी तरल पदार्थ पिउनाले तपाईंलाई पिसाब लागि रहन्छ जसले गर्दा तपाईंलाई निद्रा लाग्ने सम्भावना कम हुन्छ ।
५.छोटो छोटो ब्रेक लिनुस् :
तपाईं यदी लगातार पढेको पढै गर्नुभो भने एक दुई घण्टामै थकित हुन सक्नुहुन्छ यसर्थ प्रत्येक एक घण्टाको गहिरो अध्ययन पश्चात कम्तिमा ३ देखि पाँच मिनेट ब्रेक लिनुस् । यो ब्रेक टाइममा मोबाइल चलाउने, टिभी हेर्ने नगर्नुस यसले झन तपाईंलाई थकाउँछ अथवा ध्यान पढाई भन्दा अन्यत्रतिर डाइभर्ट गर्छ यसको सट्टा बरु यसो झ्याल बाहिर चिहाउनुस् अथवा घर बाहिर निस्केर चिसो हावा खानुस् अथवा तीन चार मिनेट आँखा बन्द गरेर ध्यान गर्नुस् । यसले तपाईंलाई अर्को एक घण्टाको लागि रिचार्ज गर्छ ।
६.आफ्नो शरीर पनि चलाऊनुस् । :
पढ्ने बेलामा केवल स्थिर मूर्ति जस्तै बनेर पढ्ने मात्र नगर्नुस् आफूले पढेको महत्वपूर्ण कुरालाई लेख्ने पनि गर्नुस् । त्यस्तै एकै ठाउँमा बसेर पढ्दा अल्छि लाग्यो भने आफ्नो स्थानबाट उठेर आफ्नो कोठाभित्र नै किताब लिएर डुल्दै-हिड्दै-पढ्दै गर्यो भने पनि निद्रा भगाउन सकिन्छ । त्यस्तै यदी चुप लागेर पढ्दा अल्छि लाग्यो भने केही बेर आवाज निकालेर पढ्दा पनि निद्रा भगाउन सकिन्छ ।
७.फर्स्ट आवर(First Hour)मा सुत्नुको सट्टा लास्ट आवरमा सुत्नुस् :
कतिपयको बानी कस्तो हुन्छ भने यदी रात भरि पढ्नु छ भने बेलुका मानौ सात बजे खाना खायो अनि सुत्यो अनि राति १० बजे उठेर पढ्न थाल्ने र बिहान उज्यालो होइन्जेल पढ्ने अनि जाँच दिन जाने । यसरी रातको पहिलो प्रहरमा ३ घण्टा सुत्नुको सट्टा पछिल्लो प्रहरको तीन घण्टा अर्थात रातभरी पढ्ने र बिहान तीन बजे देखि ६ बजे सम्म सुत्ने । यो फाइदा जनक हुन्छ । यसलाई यसरी बुझाउँ, तपाईं सुतेर उठे पछी पढ्नुको सट्टा पढेर सके पछी सुत्यो भने तपाईंको दिमागले त्यसलाई Processing गर्न पाउँछ र त्यो कुरा परिक्षामा राम्रो सँग लेख्न सकिन्छ ।
८.आफ्नो कोठा उज्यालो पार्नुस्:
यदी तपाईंले पढ्ने गरेको कोठामा मधुरो प्रकाश छ भने पनि तपाईंलाई निद्रा लाग्ने सम्भावना धेरै हुन्छ यसर्थ पढ्ने कोठालाई प्रसस्त उज्यालो पार्नुस् । किनकी मधुरो प्रकाशमा तपाईंको शरीरलाई लाग्छ कि "ए रात पो परेछ, अब त सुत्ने तरखर गर्नु पर्यो ।"अनि तपाईंलाई निद्राले झुपु झुपु पार्न थाल्छ त्यसैले आफ्नो कोठामा पढ्ने ठाउँ मात्र उज्यालो पार्ने टेबल ल्याम्पको सट्टा पुरै कोठा छर्लङ्ग पार्ने लाइट बाल्नुस् । यसले शरीरलाई रात परेको आभास हुनबाट जोगाउँछ ।
९.धेरै खाना खाएर पढ्न नबस्नुस:
शायद तपाईंले ख्याल गर्नुभएको होला यदी धेरै खाना खायो भने हामीलाई अल्छि लाग्छ र छिट्टै हामीलाई निद्रा लाग्छ । यसैले राती लामो समय पढ्नुछ भने एकै चोटि धेरै खाना नखानुस् । त्यसको सट्टा बरु बेला बेलामा थोरै थोरै खाने कुरा खान सकिन्छ ।
१०.बेला बेलामा हात खुट्टा र मुख धुने गर्नुस् :
करिब दुई/तीन घण्टाको फरकमा चिसो पानीले हातखुट्टा र मुख धुने गर्नाले पनि निद्रा भगाउन सकिन्छ । तर मुख धुने भन्दैमा पटक पटक चिसो पानी आँखामा छ्याप्ने गर्नु हुँदैन जसले झन आँखा रातो हुने, बिजाउने र पढ्न असजिलो हुने हुनसक्छ ।
११. टेबल पङ्खाको नजिक नबस्नुस्:
कतिपय विद्यार्थीहरु गर्मीको बेला टेबल पङ्खाको नजिक बसेर पढ्ने गर्नुहुन्छ । यसरी पङ्खाको हावाले हाम्रो फेसमा स्पर्श गर्दा पहिलो कुरा त हामीलाई रिल्याक्स अनुभुती हुन्छ र हामीलाई निद्रा लाग्न थाल्छ अर्को कुरा लगातारको पङ्खाको डाइरेक्ट हावाले हाम्रो आँखाको आँशुको मात्रा सुकाइ दिन्छ र हामीलाई निद्रा लाग्छ । यसर्थ गर्मीको बेलामा टेबल पङ्खाको सट्टा सिलिङ्ग पङ्खा तपाईंको लागि उपयुक्त हुन सक्छ ।
१२.यदि माथिका टिप्सले पनि काम नगरेमा :
आफ्ना राम्रा र पढ्ने साथीहरूसँग बसेर ग्रुप स्टडी गर्दा पनि निद्रा लाग्ने सम्भावना कम हुन्छ । यदी यो सम्भब छैन भने आफ्नो रुममा केही चर्को म्युजिक बजाएर ५/7 मिनेट डान्स गर्यो भने पनि केही हदसम्म निद्रा भगाउन सकिन्छ ।
माथि मैले आफ्नो अनुभव र अध्ययनबाट प्राप्त गरेको कुरा तपाईंहरू समक्ष प्रस्तुत गरेको हुँ । यदी तपाईंका पनि कुनै प्रभावकारी तरिका छन भने कमेण्टमा लेख्नुहोला । सामग्री मन परेमा आफ्ना बिद्यार्थी,छोराछोरी,साथिभाइ र आफन्तजनलाई शेयर गर्न नभुल्नुहोला ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Address
RAINAS/1 Sahilitar
Lamjung