Lamjung Taksar

Lamjung Taksar

Share

हाम्रो टक्सार...! राम्रो टक्सार...!!

19/03/2019

हाम्राे लमजुङ....!!
राम्राे लमजुङ......!!!

07/01/2018

गजलकार गौरामको चोटिलो गजल

गजल

तामाङ भाई 'गौराम'
लमजुङ, बेशीशहर

अाकाश भरी नाैलाख तारा देखाए मायाले
त्यै तारा मागी चेपारे पारा देखाए मायाले

पठाई खाडी सुनकाे चुरा सिक्री नि माग्दैछ
बद्लामा यहाँ दुनियाँ सारा देखाए मायाले

त्याे तिम्राे साथ छाेडेर हात कसरी म बसुँ
अाँखामा हेर अाँशुकाे धारा देखाए मायाले

दिएर माया नपुग्दाे रैछ दुनियाँ जाली भाे
बैगुनी मान्छे बैमानी नारा देखाए मायाले

तिमीले खान्छाै वर्गर पिजा म मुर्छ खाँदैछु
मुटु नै रेट्ने धारीलाे अारा देखाए मायाले

Photos 07/08/2017

गजल

बटुवा हुँ म हजुर घर साेधेर के गर्छाै
छुटेर जानु छँदैछ थर साेधेर के गर्छाै

छानाे छाउने अाशा टुटेर जाँदैछ मेराे
तिम्राे ठुलाे महल खर साेधेर के गर्छाै

जूनतारा टिपेर शीरमा लाउने मन छ
पुरा हुन नसक्ने रहर साेधेर के गर्छाै

सागर भेट्न पुग्छ नदी बगर छुँदै छुँदै
सुकेर जाने त्यहि बगर साेधेर के गर्छाै

यति कन्जुस्याइँ गर्थे बिल अाउने भए
मैले दिने मुटुकाे कर साेधेर के गर्छाै

तामाङ भाई 'गाैराम'
लमजुङ, दाेर्दी गाउँ पालिका-९
(साबिक हिले टक्सार-१)

Photos 12/03/2017

कविता : अाउ हाेलि खेलाैँ

कहिँ जीतकाे उत्सवहरु
कहिँ हार र जीत मिश्रित उत्सवहरु
अनि
हल्लै हल्लामा डाैडिरहेका मानव लहरहरु
साँच्चिकै भन्नू पर्दा
उ माग्दा गु ल्याउने डुकुलन्ठकहरु
बेकामकाे गफ चुटेर बस्ने
टपर्टुय्याँहरु जस्तै
गफ नै गफकाे राजधानीमा
अाउ ठूल्दाई हाेली खेलाैँ
जसले जीत्छ जीताेस्
तर
हाम्राे हार जीतकाे टुंगाे लाएरै छाडाैँ

हिमालबाट शेर्पाहरु
अनि तामाङ, गुरुङहरु
पहाडबाट साेझा मगरहरु
अनि
पण्डित्याईँ गर्ने बाहुनहरु
पुर्वबाट राई लिम्बुहरु
हिमनदी झैं
अाज तराई झराैँ
त्यहि कुनै फाँटमा
पहिचानकाे हाेलि खेल्नु पर्छ
अाउ माल्दाई हाेलि खेलाैँ
जस्ले जीत्छ जीताेस्
तर
हाम्राे हार जीतकाे टुंगाे लाएरै छाडाैँ

त्याे राताे लाली गुराँस
त्याे राताे राष्ट्रिया झण्डा
अनि
तेराे मुटुमा बग्ने राताे रगत
तेराे देशका राष्ट्रिया रंग
तिमी रिसाउँदाकाे राताे अनुहार
त्याे राताे मान्छेहरु
अनि
मैले देखेकाे राताे सपनाहरुसंग
अन्तिम युद्ध लड्न
तिमी तिम्राे पहिचान बाेकेर अाउ
म मेराे पहिचान लिएर अाउँछु
र त्यहि कुनै फाँटमा
अा-अाफ्नै पहिचानकाे अस्थिर पञ्जारहरु
ठिङ्रिङ्गा उभ्याएर
'तँ' 'तँ' र 'म' 'म'हरुकाे परगसेचन गराएर
अाउ साल्दाई हाेलि खेलाैँ
तिमी सके तिम्रै जीत
मैले सके मेरै जीत
तर
यसपालीकाे हाेलि रगतकै खेलाैँ
बालै भएन

तामाङ भाई 'गाैराम'
लमजुङ, हिले टक्सार-१

23/01/2017

मुक्तक
तन्किदै नतन्किने रबरकाे काम छैन यहाँ
अनि ढिलाे अाउने खबरकाे काम छैन यहाँ
तिमी जेसुकै भन कसम खाएरै भन्छु म त
माया गर्न नजान्ने लबरकाे काम छैन यहाँ
तामाङ भाई 'गौराम'
लमजुङ हिले टक्सार-१

Photos 24/10/2016

गजल

अराेप जत्ति मैतिर छाडी अगाडी भएछाै
तानेर खुट्टा अगाडी सर्दा पछाडी भएछाै

अाफैँले शुरु गरेका थियाै तिमीले निष्ठुरी
ढाँटेर सारा कसम तिमी खेलाडी भएछाै

हेर न फुर्ती लाउँछ कस्ताे डाेकाेमा चढेर
त्याे चन्द्र सूर्या झारेर दिने गफाडी भएछाै

दुनियाँ सारा गर्दैछ चर्चा तिम्राे नै बेसरी
खुट्टामा अाफैँ बन्चराे हन्ने अनाडी भएछाै

शहरी कस्ताे हुँदाे हाे कुन्नी बुझिन मैले त
भन्दैथे काेही गाैराम तिमी पहाडी भएछाै

गाैराम तामाङ
लमजुङ, हिले टक्सार-१

Photos 26/09/2016

गजल

भुतुक्कै हुने ताताे छ घाम पराई भूमिमा
पछाडी छुरा मुखमा राम पराई भूमिमा

उचाल्ने ठेल्ने पछार्ने तान्ने ठिङ्रिग उभिने
याेग्यता हाम्राे यस्तैछ काम पराई भूमिमा

बगेर जान्छ पसिना यहाँ कर्णली नदी झैं
भनेकाे जस्ताे पाईन्न दाम पराई भूमिमा

अंगालाे बेर्दै भन्दैथी प्रिया नहुनु पर्देशी
फुर्सद हुँदा पुर्पुराे छाम पराई भूमिमा

मनकाे संगी छाेडेर अायाे सतायाे यादले
रुँदैछु अाज सम्झेर गाम पराई भूमिमा

तामाङ भाई 'गाैराम'
लमजुङ, हिले टक्सार-१

05/09/2016
23/08/2016

गजल

कहिले मेराे कहिले तिम्राे त्याे पालाे देखेर
पिरती बाेक्ने गजल लेख्छु अंगालाे देखेर

स्वर्गकाे टुक्रा पहाड देख्छाै हिमाल तराई
गाउँकाे बाटाे अाेरालाे अनि उकालाे देखेर

उडायाे सारा सपना यहाँ बैशाख बाह्राले
नतर्सि बस्ने काे छ र मान्छे भैँचालाे देखेर

हेर न फुर्ति कसैकाे यहाँ संसार जितेकाे
तर्सिन्छ मान्छे सम्झेर बाघ बिरालाे देखेर

के जानु खाडी पारेर झाडी उर्भर भूमि याे
उजाड लाग्छ लागेर खिया काेदालाे देखेर

गाैराम तामाङ
लमजुङ, हिले टक्सार

11/07/2016

कविता: फेसबुक र म

बिहानीकाे झिस्मिसे उज्यालाेमै
जब म अाँखा मिज्दै उठ्छु
तब लगईन गर्छु फेसबुकका गृहपृष्टामा
अनि
हिजाे राती मैले छाडेका टपर्टुय्या गफहरुमा
लाईक खाेज्छु
कमेन्ट खाेज्छु
अनि सेयर खाेज्छु
मानी लिउँ
त्यहाँ मेराे बाल्यकाल लुटेकाे थियाे
मानी लिउँ
त्यहाँ मेराे अामाकाे सपना थियाे
मानी लिउँ
त्यहाँ लालीगुराँसले सजिएकी
मेरी मनकी रानी छे
मायाकी खानी छे
जाे सधैं
पठाउँछे सुंगुरका थुतुना झै
चुच्चा चुच्चा पारेर अाेँठ फर्काएका
एक हुल सेल्फिहरु
एक हुल यादहरु
अनि बद्लामा
पठाउनु छ जबर्जस्ति लाईकहरु
कमेन्टहरु
भन्दै नाईस पिक प्यारी

हैट्...!!
याे कसरी हुन सक्छ यार
मेराे दैनिकीहरु
बिहानदेखि साँझसम्म
जब ईनबक्स खाेल्छु
तब खाेज्छु मायाका समाचारहरु
मानी लिउँ
त्यहाँ मेराे सपनाहरु लुटिएकी छे
मानी लिउँ
टक्का टक्का परेका अनार दानाहरु
निचाेरिएका छन्
मानी लिउँ
हिमालका चुचुराहरु चिथाेरिएका छन्
हाे
त्यहि चिथाेरिएका हिमालहरुमा
लुटिएका सपनाहरुमा
हजार सपनाहरु स्खलन हुँदैछ
हजार रहरहरु स्वप्नादाेष हुँदैछ
के अब मेरा फेसबुकहरुमा
परग्सेचन हाेला र !?

तामाङ भाई 'गाैराम'
लमजुङ, हिले टक्सार

Want your school to be the top-listed School/college in Lamjung?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Lamjung, Hile Taksar
Lamjung
GANDAKI