15/02/2024
श्री सिद्ध आधारभूत विद्यालय मध्यनेपाल नगरपालिका-६ भोर्लेटार लमजुङको ३५ औं वार्षिकोत्सव अवसरमा एकल नृत्य प्रतियोगिता र श्री चन्द्रज्योती आ.वि. १- ५ को स्वर्ण जयन्तीको अवसरमा अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा सहभागी विद्यार्थी भाइबहिनीलाई विद्यालयको तर्फबाट हार्दिक धन्यवाद साथै आगामी दिनमा सफलताको शुभकामना
14/02/2024
आज मिति 2080/11/2 गते श्रीपञ्चमीकाे दिन यस श्री बाल विकास माध्यमिक विद्यालयको प्रसङ्गणमा रहेको सरस्वती मन्दिरमा पुजा तथा अक्षर आरम्भ र शिक्षा सम्बन्धी प्रसङ्गमा आयोजनामा गरिएको खुला कविता प्रतियोगितामा कार्यक्रम सम्पन्न भएको छ l साथै पुरस्कृत हुनुभएका विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्द गर्दछौँ l🌹🌹🌹🌵🌷🌻🌺💐🙏🙏🙏
10/02/2024
विद्यालयको शुक्रबारको अतिरिक्त क्रियाकलाप अन्तर्गत आज माघ २६ गते विद्यालयमा शिक्षक र विद्यार्थीलाई अनिवार्य रुपमा योग शिक्षा दिने उद्देश्यले सञ्चालन भएको योग कक्षा अन्तरगत सोतीपसल आयुर्वेद औषधालयका कविराज हरिनारायण राय यादवद्वारा योगका विभिन्न चरणहरू र योग सम्बन्धी फाइदाको बारेमा पनि जानकारी गराउनुभयो साथै योगमा प्रयोग हुने पन्ध्र मिटर mat पनि हस्तान्तर गर्नुभएको छ, उहाँले विद्यार्थी र शिक्षकलाई अति आवश्यक जीवन उपयोगी शिक्षा दिनुभयो l उहाँको सहयोग र सेवाको उच्च सम्मान गर्दै, कार्यक्रम उपलब्धिमुलक भएको छ l उक्त कार्यक्रममा उपस्थित भई हाम्रो विद्यालयका लागि सहयोग गरिदिनु भएकोमा विद्यालय परिवार उहाँ र उहाँको संस्थालाई हार्दिक धन्यवाद व्यक्त गर्दछ l
09/02/2024
श्री राम वालाेदय आ.बि.काे ६६ औँ बार्सिकाेत्सब तथा अबिभवक दिवसको अबसरमा आयाेजित "मेमाेरि टेस्ट"कार्यक्रममा बाल विकास मा.वि.कक्षा ४ का भाइ साजन गुरुङले सान्त्वना स्थान हासिल गर्न सफल भएकोमा भाइ लाई हार्दिक बधाई
08/02/2024
हाम्रो बिधालय श्री बाल विकास माध्यमिक विद्यालय मध्यनेपाल नगरपालिका २ लमजुङका शिक्षक एबम् सहायक प्रधानाध्यापक मोहनराज घिमिरे सरले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयलाई ५ थान गमला हस्तान्तर गर्नुभएको छ, उहाँको यो सराहनीय कामको सम्मान गर्दै सरलाई विद्यालय परिवारको तर्फबाट जन्म दिनको लाखौं लाख शुभकामना। हरेक क्षेत्रमा सफलता उन्नति प्रगति सुस्वास्थ्य दीर्घायुको हार्दिक मंगलमय शुभकामना 🌷❤️🌷🎈💞
07/02/2024
कक्षा ५ की छात्रा सुजाता परियारलाई जन्मदिनको अवसरमा सुस्वास्थ्य सहित उज्जवल भविष्यको शुभकामना🎂🎊🎈
04/02/2024
नगरपालिका स्तरीय SEE पूर्व तयारी परीक्षा २०८०
02/02/2024
विद्यालयको शुक्रबारको अतिरिक्त क्रियाकलाप अन्तर्गत आज माघ १९ गते विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा सकारात्मक सोचको विकास गराउदै motivated गराउने उद्देश्यले यसै विद्यालयका पूर्व विद्यार्थी एवं Life Coach, NLP Master practitioner,financial advisor And National Trainer Surya Puri ज्यू द्वारा र यसै विद्यालयका शिक्षक शिवराज खनाल द्वारा motivation class लिएर विद्यार्थी र शिक्षकलाई अति आवश्यक जीवन उपयोगी शिक्षा दिनुभयो l यस कार्यक्रम उपलब्धिमुलक भएको छ l उक्त कार्यक्रममा उपस्थित भई हाम्रो विद्यालयका लागि सहयोग गरिदिनु भएको मा विद्यालय परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ l
31/01/2024
कक्षा ८ को छात्र प्रदीप नेपालीलाई जन्मदिनको अवसरमा सुस्वास्थ्य सहित उज्जवल भविष्यको शुभकामना🎂🎊🎈