श्री त्रिभुवन मा.बि.घनपोखरा

श्री त्रिभुवन मा.बि.घनपोखरा

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री त्रिभुवन मा.बि.घनपोखरा, Public School, Ghanpokhara, Lamjung.

04/07/2026

मिति २०८३/०३/१९ गते शिक्षक श्री आइत जङ वि.क.को विशेष पहलमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, खुदी शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस विद्यालयका कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत जम्मा ६० जना नानीबाबुहरूलाई झोला वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सुन क्रोए गुरुङज्यूको अध्यक्षतामा तथा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, क्लस्टर कार्यालय कावासोतीका प्रमुख श्री कुमार भण्डारीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा सहयोगी संस्थाको तर्फबाट खुदी शाखाका प्रमुख श्री सुमन राज गौतमज्यू, कर्मचारीहरू श्री सुदर्शन बहादुर सिंहज्यू, श्री यज्ञराज उपाध्यायज्यू, फुदी प्रहरी चौकीका प्रहरी हवलदार श्री गोपाल नेपालीज्यू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षकहरू, अभिभावकहरू तथा कक्षा ५ सम्मका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि श्री कुमार भण्डारीज्यूले नानीबाबुहरूलाई झोला वितरण गर्न पाएकोमा खुशी व्यक्त गर्दै सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै, आगामी दिनहरूमा कक्षा ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरी ‘कमाउँदै पढ्दै’ कार्यक्रम सञ्चालन गरी उनीहरूमा आत्मनिर्भरता विकास गर्न सकिने तथा समाजमा स्वास्थ्य, शिक्षा र वातावरणसम्बन्धी सचेतना अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न सकिने विचार व्यक्त गर्नुभयो।
विद्यालयका तर्फबाट प्रधानाध्यापक श्री गंगा जङ गुरुङज्यूले स्वागत मन्तव्य व्यक्त गर्दै सहयोगी संस्थाप्रति हार्दिक आभार प्रकट गर्नुभयो। कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सुन क्रोए गुरुङ समापन गर्नुभएको थियो।

Photos from श्री त्रिभुवन मा.बि.घनपोखरा's post 04/07/2026

27/06/2026

मर्स्याङ्दी गाउँपालिकाले प्रदान गरेको ट्र्याकसुटमा श्री त्रिभुवन माविका विद्यार्थीहरू।

Photos from श्री त्रिभुवन मा.बि.घनपोखरा's post 22/06/2026

लागू औषध दुर्वेशनी सम्बन्धी एक घन्टे सचेतना कार्यक्रम सम्पन्न

20/06/2026

सुवर्ण अवसर
नि.मा.वि .अङ्ग्रेजी शिक्षकको आवश्यकता

Photos from श्री त्रिभुवन मा.बि.घनपोखरा's post 19/06/2026

आज मिति २०८३/०३/०५ गतेका दिन अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालय परिसर भित्र वृक्षारोपण तथा फूलबारी निर्माण सँगसँगै सरसफाई कार्यक्रम सम्पन्न गरियो

12/06/2026

सरुवा हुन चाहने शिक्षकलाई अवसर

12/06/2026

सिक्लेस भ्रमणको सम्झना।

10/06/2026

कक्षा दुईका साना विद्यार्थी भाइबहिनीहरूले हाम्रो खानेकुरा पाठ शिक्षण गर्दा बालगीतको माध्यमबाट सिक्दै रमाउँदै । Prepared by shova bhandari

Want your school to be the top-listed School/college in Lamjung?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Ghanpokhara
Lamjung
446000