Buddha Milan Secondary School

Buddha Milan Secondary School

Share

School

06/09/2022

सामुदायिक विद्यालय, अभिभावक तथा विद्यार्थीको आकर्षणका रुपमा अङ्ग्रेजी भाषा पर्न थालेको छ । सामुदायिक विद्यालयले पनि गुणस्तर भनेको नै अङ्ग्रेजी भाषा हो भन्ने बुझाइका कारण धमाधम अङ्ग्रेजी भाषामा पढाउन थालेका छन् । तर माथिल्लो कक्षामा चढ्दै जाँदा सबैले रोजेको अङ्ग्रेजी विषयमा धेरै विद्यार्थी फेल हुन थालेका छन् । कारण खाेज्न र यसकाे निराकरण गर्न अविलम्ब जरुरी छ ।

Photos from Buddha Milan Secondary School's post 06/05/2022

बार्षिक परीक्षाकाे नतिजा प्रकाशित ।
सबै अभिभावक, शिक्षक,विद्यार्थी, वि व्य स , शि अ स सबैलाई जनाकारी गराउँछाै । उतीर्ण हुने सम्पुर्ण भाईबैनीहरुलाई हार्दिक बधाई तथा शुभकामना सहित यहि अाउँदाे साेमबार, मंगलबार र बुधबार भर्ना खुला गरिने जनाकारी गराईन्छ ।

03/04/2022

शिक्षक बनाउन प्रतिव्यक्ति दुई लाख !
चैत्र २०, २०७८ ज्योति कटुवाल
पास गराउने भन्दै लाखौं रकम उठाउने फरार
सुर्खेत — परीक्षार्थी : हलो, पेपर पाइहाल्नुपर्‍यो सर ।
अर्का व्यक्ति : पैसा नआएकाले, छिटो पठाउनुस् बरु ।
परीक्षार्थी : ओर्जिनल नै पाउने हो नि ?
अर्का व्यक्ति : ढुक्क हुनुहोस्, ओर्जिनल पेपर त पाइन्छ ।
परीक्षार्थी : दीपालाई दिने हो पैसा ?
अर्का व्यक्ति : हैन के दीपा सिपा । मेरो आयोगकै भरपर्दो कर्मचारी छ, रकम छिटो पठाउनुस् । यो नेपाल हो यहाँ जे पनि किनबेच हुन्छ, गोल्डेन अफर छ । यस्तो चान्स फेरि आउँदैन । ५/६ वर्षमा एकपटक आउने अफर हो, नगुमाउनुस् । मेरो पेसा नै हो । शिक्षक सेवाको प्रमाणित गरेको पेपर नै आउने हो । पहिलो लटमा ५ लाखका दरले उठाएको हो । सुर्खेतमा यस्ता धेरै कार्यहरू हुन्छन् ।
शिक्षक सेवा आयोगका परीक्षार्थी र परीक्षा पास गराइदिने व्यक्तिबीचको संवाद हो यो । चैत १५ गतेबाट सुरु भएको आयोगको परीक्षामा पास गराइदिने भन्दै प्रतिव्यक्ति २ लाखका दरले रकम उठाएको खुलेको छ । प्रश्नपत्रसहित उत्तर लेखेर पठाइदिने सर्तमा पैसा उठाउने व्यक्ति भने फरार छन् । कालीकोट गेला निवासी जगत शाहीले आयोगका पदाधिकारी र कर्मचारीसँग सेटिङ मिलाएर झन्डै ५०/६० लाख रकम असुलेको पीडित परीक्षार्थीले बताएका छन् । कालिका माध्यमिक विद्यालयका शिक्षक खेमराज शाहीले परीक्षार्थीबाट प्रतिव्यक्ति दुई लाख असुलेको बताए ।
फरार जगत शाहीले परीक्षा समयअगावै प्रश्नपत्र लिक गराउने सर्तमा परीक्षार्थीबाट रकम असुलेका थिए । प्रश्नपत्र उपलब्ध नगराएपछि रकम बुझाएका परीक्षार्थीले शुक्रबार वीरेन्द्रनगरस्थित मंगलगढी चोकको होटल घेराउ गरेका थिए । त्यसपछि दुई तलाको घरबाट हाम फालेर भागेका शाही अझै फरार छन् । गैरकानुनी रूपमा रकम असुल्ने जगत र उनका सहयोगी मनराज शाहीलाई खोजी गरिरहेको सुर्खेत प्रहरी प्रमुख पदम विष्टले बताए ।
परीक्षा समयभन्दा अगाडि शाहीले शुक्रबार जेनिथ इन्स्टिच्युट र सुर्खेतस्थित एमपीजे म:म सेन्टरबाट हस्तलिखित प्रश्नोत्तरसहितको फोटोकपी बाँड्दै रकम उठाएको पीडितहरूको भनाइ छ । उनीहरूले कालीकोट, दैलेख, जुम्ला, हुम्ला र सुर्खेतलगायतका जिल्लाबाट आएका परीक्षार्थीबाट रकम असुलेका हुन् । अरू जिल्लामा पनि उनीहरूले आफ्नो गिरोहमार्फत पास गराउने आवश्वास दिँदै रकम असुलेको पाइएको छ । रकम असुल गर्नेमध्ये मनराज शाहीले आफू संलग्न नभएको दाबी गरे । ‘मेरा भाइहरू हुन सक्छन् । सुर्खेतमा मेरो होटल छ, मैले झगडा मिलाउन कल गरेको हो,’ उनले भने ।
कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालय प्रमुख दीपा हमालले ट्युसन सेन्टरको बदमासी हुन सक्ने बताइन् । ‘यो प्रश्नपत्र शिक्षक सेवा आयोगको होइन,’ उनले भनिन् । प्रमुख जिल्ला अधिकारी खगेद्रप्रसाद रिजालले ठगी गर्ने अधिकार कसलाई नभएको भन्दै घटनामा संलग्नलाई चाँडै पक्राउ गरी कानुनी दायरामा ल्याउन निर्देशन दिएको बताए ।
प्रकाशित : चैत्र २०, २०७८ ०७:१३
https://ekantipur.com/news/2022/04/03/164894889074294412.html

Photos from Buddha Milan Secondary School's post 14/03/2022

अाज जुनियर युवा रेडक्रस साेसाईटीकाे गठनका तस्बिर ।

Mobile uploads 07/03/2022
Photos from Buddha Milan Secondary School's post 01/11/2021

आज विशेष कार्यक्रमका साथ यस बिध्यालका पुर्ब बिद्यार्थी श्री फुल बहादुर तामाङ ज्यु ले यश बिद्यालय लाई रु एक लाख एघार हजार एक सय एघार रुपैया सहयोग गर्नु भएको छ वहाँ लाई यस बिधालय को तर्फ बाट विशेष सम्मान गरियो । वहाँ लाई विशेष धन्यवाद र प्रगतिको कामना ।

25/10/2021

यस विद्यालयका अक्षयकाेष कर्ता श्री गाेपाल घलेकाे असमायिक निधनले यस विद्यालय परिवार मर्माहित छाै । वहाँकाे अात्माकाे चिरशान्तिकाे कामना गर्दै शाेकाकुल परिवारमा भावपूर्ण समवेदना व्यक्त्त गर्दछाै ।

Photos from Buddha Milan Secondary School's post 07/09/2021

Teacher Wanted

Want your school to be the top-listed School/college in Lamjung?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Rainas-10 Pyarjung
Lamjung