Shree Siddhi Mangal Secondary School

Shree Siddhi Mangal Secondary School सँस्कारसहितकाे बालमैत्री शिक्षा, हाम्रो प्रतिबद्धता !

श्री सिद्धिमङ्गल माध्यमिक विद्यालय, महालक्ष्मी न.पा.–६, सिद्धिपुर, ललितपुरद्वारा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि...
28/05/2026

श्री सिद्धिमङ्गल माध्यमिक विद्यालय, महालक्ष्मी न.पा.–६, सिद्धिपुर, ललितपुरद्वारा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आयोजित
एक दिवसीय उत्प्रेरणात्मक अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षकहरू, वि.व्य.स. तथा शि.अ.संघका पदाधिकारीहरू साथै सल्लाहकारज्यूहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमका प्रशिक्षक
नारायणी नमुना मा.वि., भरतपुर, चितवनका पूर्व प्र.अ.,
प्रखर वक्ता तथा कुशल प्रशासक
पूर्णप्रसाद दवाडी ज्युबाट प्रेरणादायी तथा व्यवहारिक प्रशिक्षण प्राप्त गर्ने अवसर मिल्यो ।
यस कार्यक्रमले विद्यालय परिवारलाई अझ जिम्मेवार, उत्प्रेरित र गुणस्तरीय शिक्षातर्फ अग्रसर गराउने विश्वास लिइएको छ । सक्रिय र अर्थपूर्ण सहभागिताको लागि
सम्पूर्ण महानुभावहरूलाई हार्दिक आभारसहित धन्यवाद । 🙏

आज श्री सिद्धिमङ्गल माध्यमिक विद्यालय परिवारमा कक्षा नर्सरीदेखि ९ सम्म अध्ययनका लागि नयाँ विद्यार्थीका रूपमा जोडिनुभएका ...
27/05/2026

आज श्री सिद्धिमङ्गल माध्यमिक विद्यालय परिवारमा कक्षा नर्सरीदेखि ९ सम्म अध्ययनका लागि नयाँ विद्यार्थीका रूपमा जोडिनुभएका २२६ जना विद्यार्थीहरूलाई विद्यालयको तर्फबाट औपचारिक रूपमा स्वागत गर्दै नयाँ विद्यार्थी स्वागत तथा अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ । 🌸📚
विद्यार्थीहरूको उज्ज्वल भविष्य, अनुशासित शैक्षिक वातावरण र सिर्जनात्मक सिकाइ यात्रालाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित आयोजित यस कार्यक्रममा विद्यार्थीहरूमा नयाँ उत्साह, आत्मविश्वास र विद्यालयप्रतिको अपनत्व देख्न पाउँदा अत्यन्त खुशी लागेको छ । ✨
विद्यालय परिवारमा नयाँ साथीहरूको आगमनले विद्यालय अझ जीवन्त, ऊर्जाशील र रमाइलो बनेको अनुभूति भएको छ । हामी विश्वास गर्छौं— आजबाट सुरु भएको यो शैक्षिक यात्रा ज्ञान, सीप, संस्कार र सफलताले भरिपूर्ण हुनेछ । ❤️
सम्पूर्ण अभिभावकज्यूहरूप्रति विद्यालयप्रति यहाँहरुले देखाउनुभएको विश्वास र सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्दछौं । साथै, नयाँ विद्यार्थीहरूलाई विद्यालयको नियम, अनुशासन र सकारात्मक वातावरणसँग घुलमिल हुँदै उत्कृष्ट उपलब्धि हासिल गर्न शुभकामना व्यक्त गर्दछौं । 🌿
“असल शिक्षा नै सभ्य समाज र समृद्ध भविष्य निर्माणको बलियो आधार हो ।”

हार्दिक कृतज्ञतासहित धन्यबाद !श्री सिद्धिमङ्गल माध्यमिक विद्यालय, सिद्धिपुर ललितपुरको ७०औं बार्षिकोत्सव तथा अभिभावक दिवस...
13/02/2026

हार्दिक कृतज्ञतासहित धन्यबाद !
श्री सिद्धिमङ्गल माध्यमिक विद्यालय, सिद्धिपुर ललितपुरको ७०औं बार्षिकोत्सव तथा अभिभावक दिवसलाई सभ्य एवम भव्यतापुर्वक सम्पन्न गर्न आफ्नो अमुल्य समय, विचार, शुभेच्छा र शुभकामना प्रदान गर्नुहुने सम्पूर्णमा हार्दिक कृतज्ञता सहित धन्यबाद ज्ञापन गर्दछौँ । यस विद्यालयको ७०औं बार्षिकोत्सव तथा अभिभावक दिवस मिति २०८२ माघ २८ र २९ गते विभिन्न मनोरन्जनात्मक साङ्गीतिक तथा साँस्कृतिक कार्यक्रमसहित दुई चरणमा भव्यतापूर्वक सम्पन्न भएको छ। पहिलो दिन २८ गते (बालविकास देखि कक्षा पाँचसम्मको ) महालक्ष्मी नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी महर्जनज्यूको प्रमुख आतिथ्यमा र दोश्रो दिन २९ गते (कक्षा ६ देखि १२ सम्मको) महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। अभिभावक तथा अतिथिहरुको उत्साहजनक उपस्थिति रहेको २ दिवसीय विशेष कार्यक्रम पहिलो दिन शिक्षक द्वय विष्णा पोख्रेल र प्रतिमा चौधरीले सञ्चालन गर्नुभएको थियो भने दोश्रो दिन शिक्षक द्वय भरतमणि तिमिल्सिना र एकमान श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । सो समारोहमा विद्यार्थीहरु र महिला शिक्षकहरुद्वारा विविध मनोरन्जनात्मक साङ्गीतिक तथा साँस्कृतिक कार्यक्रमसँगै STEAM क्लब र अन्य विद्यार्थीहरुबाट विज्ञान, गणित तथा सूचना प्रविधि सामग्री प्रदर्शनी, सामाजिक विषयका सामग्री प्रदर्शनी, सिलाईकटाई समूहका विद्यार्थीहरुद्वारा आफैले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनीसमेत गरिएको थियो । साथै विद्यालयका प्रधानाध्यापक मीनबहादुर अछामीज्यूले विद्यालयले वर्षभरी गरेको समग्र गतिबिधि समेटेर तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमलाई थप आकर्षक, मर्यादित, अनुशासित र व्यवस्थित बनाउन जुरेस , होटेल म्यानेजमेन्टका विद्यार्थीहरु, शिक्षकहरुको विभिन्न विभागहरु उत्तिकै सक्रियतापुर्वक खट्नुभयको थियो। सो पुनित अवसर पारेर विद्यालयले वर्षभरी उत्कृष्ट सेवा गर्ने शिक्षक तथा कर्मचारीलाई सम्मान तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरेको थियो । सो अवसरमा महालक्ष्मी नगरस्तरीय चित्रकला प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगर प्रमुखले प्रमाणपत्र, मेडल र नगद पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । उक्त बिशेष समारोहमा उपस्थित भई अमूल्य समय, विचार, सुझाव तथा शुभकामना दिनुहुने श्रद्धेय नगर प्रमुख, उप प्रमुख, बिशेष अतिथिहरु जिल्ला समन्वय समिति सदस्य शोभा महर्जन, शिक्षा निर्देशक चिरन्जीवी पौडेल, अन्य अतिथि गण, विद्यालय व्यवस्थापन समिति, अभिभावकज्युहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछौँ। साथै कार्यक्रमलाई अत्यन्तै व्यवस्थित, आकर्षक, सभ्य र भव्य बनाउन आ-आफ्नो जिम्मेवारी प्रभावकारी र कुशलताका साथ निर्वाह गर्नुहुने सम्पूर्ण शिक्षक तथा कर्मचारी मित्रहरु, विद्यार्थी भाइबहिनीहरु सबैप्रति हार्दिक आभारसहित हार्दिक धन्यवाद ब्यक्त गर्दछौँ। उक्त पुनित अवसरमा सम्मानित हुनुहुने कर्मशील शिक्षक तथा कर्मचारीहरु र पुरस्कृत हुने सबै विद्यार्थीहरुलाई हार्दिक बधाई छ ।
विद्यालय परिवार आगामी दिनमा पनि यहाँहरुको निरन्तर साथ, सहयोग एवम् सकारात्मक सल्लाह सुझावको अपेक्षा राख्दछ। धन्यबाद।

भावपूर्ण श्रद्धाञ्जली !
20/01/2026

भावपूर्ण श्रद्धाञ्जली !

हार्दिक बधाई तथा धन्यबाद !!श्री सिद्धिमंगल माध्यमिक विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डर अनुसार ECD देखि कक्षा १० सम्मक...
29/12/2025

हार्दिक बधाई तथा धन्यबाद !!
श्री सिद्धिमंगल माध्यमिक विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डर अनुसार ECD देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने गरी मिति २०८२ पौष ९ गतेदेखि पौष १४ गतेसम्म सञ्चालन भएको SPORTS MEET - 2082 एक विशेष समारोहका बीच ३२५ भन्दा बढी विजेता खेलाडीहरुलाई मेडल र प्रमाणपत्र वितरण गर्दै सम्पन्न भएको छ । एथलेटिक्सतर्फ दौडने, उफ्रने, फ्याँक्नेलगायतका विभिन्न विधाहरु साथै खेलकुदतर्फ फुटबल र भलिबल खेल समावेश गरिएको यस खेलकुद प्रतियोगितालाई सुव्यवस्थित र भव्यतापूर्वक सम्पन्न गर्नको लागि तयारी देखि समापनसम्म अहोरात्र खट्नुहुने अतिरिक्त क्रियाकलाप विभाग ( ECA) का जिम्मेवार साथीहरु, आ-आफ्नो सदनका खेलाडीहरुलाई उत्प्रेरित गर्दै तयारीमा सहयोग पुर्याउनुहुने सदन शिक्षकहरु, खेललाई व्यवस्थित ढङ्गबाट अनुशासित एवम् नियमपूर्वक खेलाउन खट्नुहुने शिक्षकहरु, कक्षा शिक्षकहरु, फिल्डमा खट्नुहुने अन्य कर्मचारीहरुलगायत सम्बन्धित सबैप्रति विद्यालय हार्दिक आभारसहित धन्यवाद ब्यक्त गर्दछ । विभिन्न विधामा सहभागी भई जित हासिल गर्न सफल खेलाडी भाइबहिनीहरु र मैत्रीपूर्ण शिक्षक भलिबलमा विजयी शिक्षक साथीहरुलाई समेत हार्दिक बधाई ज्ञापन गर्दछौं । खेलकुद कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न Sports Ground उपलब्ध गराई सहयोग गर्नुहुने छिमेकी विद्यालयहरु नेपाल डन बस्काे स्कुल तथा पवन प्रकृति स्कूलप्रति हार्दिक आभारसहित विशेष धन्यवाद ज्ञापन गर्दछौं । पुरस्कार वितरण तथा समापन कार्यक्रममा उपस्थित भई शिक्षक तथा विद्यार्थीहरुलाई थप प्रोत्साहित गरिदिनुहुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यज्युहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछौं ।

श्री सिद्धिमङ्गल माध्यमिक विद्यालयका प्रधानाध्यापक; अत्यन्तै कर्तव्यनिष्ठ, उर्जाशील, जुझारु, बौद्धिक तथा मिलनसार व्यक्ति...
26/12/2025

श्री सिद्धिमङ्गल माध्यमिक विद्यालयका प्रधानाध्यापक; अत्यन्तै कर्तव्यनिष्ठ, उर्जाशील, जुझारु, बौद्धिक तथा मिलनसार व्यक्तित्व आदरणीय मीनबहादुर अछामी सरलाई जन्मदिनको विशेष अवसरमा सुख, शान्ति, समृद्धि तथा आरोग्यको शुभेच्छासहित जन्मदिनको काेटीकाेटी शुभकामना व्यक्त गर्दछौँ । यहाँको कुशल नेतृत्वमा विद्यालय यस क्षेत्रकै एक नमुना र आदर्श विद्यालयका रूपमा स्थापित हुन सकोस् । हार्दिक शुभकामना !!

श्री सिद्धिमङ्गल माध्यमिक विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका लागि आयोजित ४ दिवसीय शैक्षिक अवलोकन भ्रमण ...
12/12/2025

श्री सिद्धिमङ्गल माध्यमिक विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका लागि आयोजित ४ दिवसीय शैक्षिक अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । सिकाइका विभिन्न विधिहरुमध्येको एक क्षेत्र भ्रमण (Field Trip) विधिमार्फत लुम्बिनी, पाल्पा, पोखरा र गोरखाका महत्वपूर्ण धार्मिक, साँस्कृतिक तथा पर्यटकीय स्थलहरुको प्रत्यक्ष अवलोकन गराउँदै सोसँग सम्बन्धित भौगोलिक, ऐतिहासिक तथा साँस्कृतिक तथ्यहरुको खोजी गर्ने उद्देश्यका साथ आयोजना गरिएको भ्रमण कार्यक्रमलाई उद्धेश्यमूलक, अर्थपूर्ण एवम् व्यवस्थित रूपमा सम्पन्न गर्न महत्वपूर्ण भुमिका खेल्नुहुने भ्रमण टाेलिमा सहभागी शिक्षक साथीहरु, अनुशासित विद्यार्थी भाइबहिनीहरु तथा सम्बन्धित सबैमा विद्यालय हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछ ।

मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना !
21/11/2025

मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना !

विद्यालय बन्द रहनेसम्बन्धी सूचना !
09/09/2025

विद्यालय बन्द रहनेसम्बन्धी सूचना !

SPF France को निमन्त्रणा तथा सहरी वातावरण व्यवस्थापन समाज (UEMS) ललितपुरको समन्वयमा नेपाल र फ्रान्स बिच साँस्कृतिक आदानप...
16/08/2025

SPF France को निमन्त्रणा तथा सहरी वातावरण व्यवस्थापन समाज (UEMS) ललितपुरको समन्वयमा नेपाल र फ्रान्स बिच साँस्कृतिक आदानप्रदान कार्यक्रमअन्तर्गत अगस्ट १७ देखि अगस्ट २३ सम्म हुने एक हप्ता लामो फ्रान्स भ्रमणका लागि जानुहुने कक्षा १० मा अध्ययनरत छात्रा मुना श्रेष्ठलाई फ्रान्स भ्रमणको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछौं । सिकाइ तथा मनोरञ्जनको यो महत्वपूर्ण अवसरले निज छात्राको व्यक्तिगत जीवन तथा आगामी शैक्षिक भविस्यको लागि समेत विशेष अर्थ राख्ने अपेक्षा गरिएको छ ।

Address

Siddhipur
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Shree Siddhi Mangal Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Siddhi Mangal Secondary School:

Shortcuts

Share

Category