Culinary calls

Culinary calls this page is all about a information regarding culinary industry and different home based recipes th Culinary calls

03/09/2025

चौरासी व्यञ्जन खानाको इतिहास

चौरासी व्यञ्जनमा ६ स्वाद (गुलियो, अमिलो, नुनिलो, तीतो, टर्रो र पिरो) संलग्न हुनु अनिवार्य छ र पानीलाई चाहिँ सबै स्वादको महसुस हुन अनिवार्य पृष्ठभूमिमा रहनुपर्ने पदार्थ वा पेय ठानिन्छ भन्छन् नारायण । चौरासी व्यञ्जनमा प्रमुख गुणस्तरका खाना हुन्। यसमा निम्न पर्दछन् :

१) झोल : १. कनिकाको झोल, २. गुन्द्रुक र भटमासको झोल, ३. आलु–मस्यौराको सुप, ४. दुधिलो मकैको सुप, ५. ओखर र काउलीको सुप, ६. फर्सी, आलु र नरिवलको सुप, ७. च्याङ्ग्राको खुट्टी—रस, ८. पिनाको झोल, ९. कर्कलाको झोल, १०. सिस्नुको झोल ।

२) खाजा : १. हाँसको छोय्ला, २. जौको सातु, ३. बँनेल डामेको, ४. बोकाको रक्ति भुटेको, ५. सपु मिचा, ६. बोकाको मुटु भित्र्याँस भुटेको, ७. बोकाको भुटन, ८. च्याउ साँधेको, ९. माछा तारेको, १०. बारा, ११. फापरको रोटी, १२. बिरौंला, १३. भुटेको चिउरा, १४. सिरौंला, १५. बट्टाई पोलेको, १६. हाँसको अण्डा तारेको, १७. मालपुवा, १८. पुवा, १९. बदाम मसला, २०. फापरको फुलौरा, २१. खरायो डामेको, २२. गुन्द्रुक–भटमास साँधेको, २३. सेलरोटी र २४. आलु–चना ।

३) खाना : १. सादा भात, २. मकै भात, ३. जोगीभात, ४. फापरको ढिँडो, ५. तोरीको साग झानेको, ६. मेथी–आलु, ७. बोकाको मासुको पक्कु, ८. रातो सिमी र आलु, ९. कालिजको मासुको रस, १०. बँनेल तारेको, ११. केराउ र चिजको तरकारी, १२. कालो मासको दाल, १३. आलु–काउली, १४. मिसमास तरकारी, १५. रामतोरिया र आलुको तरकारी, १६. आलु–जिरा, १७. च्याङ्ग्राको मासु, १८. उसिनेको रातो फर्सी, १९. तरुल र आलु, २०. हिङ झानेको मुसुरोको दाल ।

४) अचार : १. सिन्की अचार, २. केराउ, आलु र काँक्रोको अचार, ३. सिद्राको अचार, ४. भाङको अचार, ५. टिम्मुर र खुर्सानीको अचार, ६. सिलामको अचार, ७. आलसको अचार, ८. साँधेको अदुवा, ९. भोगटेको अचार, १०. निबुवाको अचार, ११. कागतीको अचार, १२. खल्पी, १३. बुङ्गा र केराउको अचार, १४. लप्सीको अचार, १५. आँपको अचार, १६. अमलाको अचार, १७. गोलभेंडा र धनियाँको चटनी र १८. मुलाको अचार ।

५) गुलियो : १. पञ्चामृत, २. साबुदानाको खीर, ३. सुजीको हलुवा, ४. कुराउनी, ५. गुलियो दही ।

६) पेयपदार्थ : १. शिलाजित सर्बत, २. मरिच र सख्खरको सर्बत, ३. सातु सर्बत, ४. दूध हालेको चिया, ५. फिक्का चिया, ६. सुरारस, ७. पान, सुपारी, अलैंची, ल्वाङ, सुकुमेल, सौंफ, बोझो र चुरोट ।

Address

Dhobighat
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Culinary calls posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Culinary calls:

Shortcuts

Share

Category