17/03/2021
TMS---FREQUENTLY ASKED QUESTIONS
नेप्सेले अनलाइन ट्रेडिङ सिस्टम संचालनमा ल्याएपछि यस सम्बन्धमा सरोकारवालाहरुले विभिन्न जिज्ञासा राख्दै आउनु भएको छ । तीमध्ये दोहोरिने किसिमका जिज्ञासालाई(FAQ) सम्बोधन गर्ने उदेश्यले यो संक्षिप्त सामग्री तयार गरिएको छ ।
१) TMS मा Registration प्रक्रिया पुरा भईसकेपछि Email प्राप्त भएन भने के गर्ने ?
• यदि ब्रोकरले तपाइको खाता खोलेको हो भने, TMS मा तपाईको सही Email प्रविष्टि भएको छ / छैन ब्रोकर मार्फत यकिन गर्नुहोस् ।
• यदि तपाई आफैले Online Registration मार्फत खाता खोल्नु भएको अवस्थामा पनि Email नआएमा ब्रोकरसंग नै सम्पर्क गरी आवश्यक सल्लाह लिनुहोस् । [ नोट : सिस्टमले reply गरेको Email कहिलेकहीं Spam मा बस्ने गरेको हुँदा Email को Spam Section मा पनि चेक गर्नुहोस् ]
२) TMS मा Registration गर्दा "Duplicate BOID" error आएमा के गर्ने ?
आफुले खाता खोल्न चाहेको ब्रोकरलाई तल दिईएका विवरण राखी email गर्नुहोस् ।
• BOID / Demat Number
• Client Code
३) TMS मा Citizenship No, Citizenship Issue Date वा Citizenship Issue Place नमिलेमा वा "Duplicate Citizenship" error आएमा के गर्ने ?
आफ्नो ब्रोकरलाई तल दिईएका विवरण राखी email गर्नुहोस् ।
• BOID / Demat Number
• Client Code
• Correct Citizenship No
• Correct Citizenship Issue Place
• Correct Citizenship Issue Date (in AD)
४) Support मा सम्पर्क गर्दा के के विवरण चाहिन्छ ?
• BOID / Demat Number
• Client Code
• Broker Name / Broker Number
नेप्सेले विभिन्न शाखाहरु मार्फत सरोकारवालाको गुनासो समाधान गर्दै आएको छ । निम्न विषयका लागि निम्न Extension Number र Email ID मार्फत सम्पर्क गर्न सक्नुहुन्छ । Telephone Numbers (+977)-1-4250755,4250756,4250757,4250758,4250596 Ext:- 0 E-Mail Address: [email protected]
1. टिएमएस सपोर्ट(TMS Support) ext. 118, 145
2. हेल्प डेस्क ext 0
3. ब्रोकरसंग सम्बन्धीत विषयहरु - सुपरिवेक्षण शाखा- ext 108,142 [email protected]
4. संस्थापक शेयर तथा ओटीसी बजार सम्बन्धी कारोवार - कारोवार शाखा ext 107
5. सूचीकृत कम्पनीको लग-इन तथा सूचना अपलोड गर्ने सम्बन्धी विषयहरु-सूचिकरण शाखा ext 136,137 email- [email protected]
6. अन्य सूचना, तथ्यांक तथा जानकारीमूलक सामग्रीका लागि- अनुसन्धान शाखा ext. 123 email- [email protected]
7. वेवसाइट, मोबाइल एप सम्बन्धी विषयहरु - आई.टि शाखा ext 144,120,126,134,135 email- [email protected]