Dhapakhel English Secondary School-DES school

Dhapakhel  English Secondary School-DES school EDUCATION FOR ETERNITY

बालविकासको लागि खेल सँगै रमाउनु र साथिहरू संग मिलेर बसनुपनि महत्वपूर्ण हुन्छ।
27/04/2022

बालविकासको लागि खेल सँगै रमाउनु र साथिहरू संग मिलेर बसनुपनि महत्वपूर्ण हुन्छ।

23/11/2021

Refika Maharjan and Anish a Rai admitted play group. 1st day of school both are happily enjoying.

मेरो प्यारो कक्षा २मा अध्ययनरत नानि लिजना खड्कालाई जन्मदिनको शुभकामना तथा शुभ आशीर्वाद  श्री पशुपतिनाथले सधैं कृपा गरून्...
17/11/2021

मेरो प्यारो कक्षा २मा अध्ययनरत नानि लिजना खड्कालाई जन्मदिनको शुभकामना तथा शुभ आशीर्वाद श्री पशुपतिनाथले सधैं कृपा गरून् ।

14/09/2020

A child can always teach an adult three things: to be happy for no reason, to be always busy with something and know how to demand with all his might what you want.
Happy Nepalese National Children's Day.

05/09/2020

📢होम स्कुलिङ्ग भनेको के हो ?🏘️🏠🙋
घर पहिलो पाठशाला हो। बाबुआमा पहिलो गुरु हुन्। बालबालिकाले घरमा धेरै कुरा सिक्ने गर्दछन्। विश्वमा विद्यालय नहुँदा पनि मानिसले सिक्ने र नयाँ कुराको खोज /आविष्कार गर्न कहिल्यै छोडेनन्। त्यसैले सिकाइ विद्यालयमा मात्र हुन्छ भन्ने छैन। घरमा रहेर पनि बालबालिकाले धेरै कुरा सिक्न सक्छन्। बाबुआमा र अभिभावकले घरमै सिकाइको वातावरण निर्माण गरेर बालबालिकालाई सिक्न प्रेरित वा सहयोग गर्नु नै होम स्कुलिङ्ग हो।

📢होम स्कुलिङ्ग कसरी गर्ने?
सिकाइलाई बर्गीकरण गर्नुहोस्। छोराछोरीको उमेर अनुसार उनीहरुलाई के सिकाउँदा उपयुक्त हुन्छ छलफल गर्नुहोस्। अहिलेलाई स्कुलको पुस्तक, परीक्षा, नतिजा सबै छोडिदिनुस्। स्कुल लागे पछि त्यहीं सिक्छन्। घरमा रहंदा यस्तो कुरा सिकाउनुहोस्, जुन कुरा पुस्तकमा पढ्न पाइन्न र विद्यालयमा पनि सिक्न सकिन्न। तर, त्यस्तो के चाहिं हुन सक्ला त ?

१. यतिबेला घरायसी जीवनका लागि आवश्यक जीवनोपयोगी सीप सिकाउनुहोस्;
☑️बिहानै उठेर आफ्नो ओच्छ्यान आफैं मिलाउन सिकाउनुहोस्।
☑️ग्यास स्टोभ बाल्न र निभाउन सिकाउनुहोस्।
☑️किचनमा भएका सबै भाँडाकुँडाका नाम बताइदिनुहोस्।
☑️खाना पकाउँदा चाहिने सबै मसलाको नाम बताइदिनुहोस्।
☑️तरकारी काट्न, प्रेसर कुकरको बिर्को लगाउन, चामलमा पानी अड्कल्न, नुन र चिनीको मात्रा अड्कल्न लगायत सबै सिकाउनुहोस्।
☑️उनीहरुले आफूले लगाएको कपडा आफैं धुन सिकाउनुहोस्। धोएको कपडालाई मिल्ने भए मिलाएर आइरन लगाउन सिकाउनुहोस्।
☑️सहरका बालबालिका गाउँघरमा भए घाँस काट्ने हँसिया, खेत खन्ने कोदालो, डोको, थुन्से, ढिकी, जाँतो, ठेकी लगायत सबै देखाइदिनुहोस्। सम्भव भए प्रयोग गर्न सिकाउनुहोस्।

२. आफ्नो संस्कार र सभ्यता सिकाउनुहोस;
एक जना प्रख्यात शिक्षाविद गिजुभाईले भनेका छन् "घरमा बिग्रिएको बालबालिकालाई भगवानले पनि सपार्न सक्दैनन्!" अर्थात, घर नै संस्कार र सभ्यताको स्रोत हो। हामी जस्तो छौं र जस्तो व्यवहार गर्दछौं, हाम्रा बालबालिकाले त्यस्तै सिक्ने गर्दछन्। उनीहरु हाम्रा फोटोकपी हुन्। त्यसैले उनीहरुलाई कस्तो कुरा सिकाउदै छौं भन्ने कुरा हामी आफैंले विचार गर्नु पर्दछ। हामीले प्रयोग गर्ने भाषा, शिष्टता, विनम्रता, इमान्दारिता लगायत सबै कुरा हामी बाट नै उनीहरुले ग्रहण गर्ने भएकोले यो विषयमा बडो सचेत रहनु पर्दछ।

३. उनीहरुलाई आफ्ना आफन्त र छिमेकी को हुन् भनेर चिनाउनुहोस्।

४. आफ्नो परिवार र पूर्खा कहाँबाट आए? क-कसले के के पेसा गर्छन् र अहिले कहाँ छन् भनेर भनिदिनुहोस्।

५. आफ्नो परिवार वा समुदायका मौलिक परम्परा के हुन्? चाडपर्व के के हुन्? कसरी मनाइन्छ ? तिनको महत्व के छ ? लगायत सबै बताइदिनुहोस्। मौलिक नाच, गीत/संगीत कस्ता छन्? भाका कस्ता छन्? बाजा गाजा कस्ता छन्, कसरी बजाउने ? सम्भव भएसम्म सबै देखाइदिनुहोस्।

अब एकछिन हेरौं त, तपाइंले घरभित्रै छोराछोरीलाई स्कुलमा पढाइ हुने सबै विषय;
✍️अब तपाइंले सिकाएका, देखाएका, भनेका विषय वा नामलाई लेख्न लगाउनुहोस्। तिनीहरुको प्रयोग किन गरिने रहेछ अझ विस्तृतमा लेख्न लगाउनुहोस्। उनीहरुले लेखेको कुरालाई मिल्छ भने आफ्नो मातृभाषा, नपाली तथा अंग्रेजी भाषामा भन्न लगाउनुहोस्।
भाषाको कक्षा भएन त ? उमेर र क्षमता अनुसार उनीहरुले आफैं मिलाएर लेख्छन अनि बोल्छन्।

✍️तपाइंले किचनमा देखाएका भाँडाका आकार, तौल, संख्या सबैको मापन गर्न लगाउनुहोस्। कुन बढी-कुन कम, कुन कतिले बढी र कम? किन बढी, किन कम ? सबै खोज्न लगाउनुहोस्। एउटा आलुलाई कति चाना बनाएर काटियो ? प्याजलाई कति टुक्रा पारियो? कुन कुन आकारमा काटियो ? सबै भन्न लगाउनुहोस्।
कोठालाई नाप्न लगाउनुहोस्। लम्बाई र चौडाइ कति फिट रहेछ? उचाइ कति रहेछ? यसको आधारमा क्षेत्रफल र आयतन निकाल्न लगाउनुहोस्। कोठामा कति मिटर कार्पेट चाहिने रहेछ? ट्याङ्कीमा कति लिटर पानी आट्ने रहेछ? त्यसलाई दश लिटरको ग्यालनमा भर्दा कति ग्यालन भरिने रहेछ ? सबै खोज्न लगाउनुहोस्।
तपाइंको घरमा मासिक कति खर्च हुन्छ ? कति कमाइ हुन्छ? कति प्रतिशत शिक्षामा र कति प्रतिशत खाद्यान्नमा खर्च हुँदो रहेछ निकाल्न लगाउनुहोस्। दश प्रतिशत छुटमा किनेको सामानमा कति रुपैयाँ घट्दो रहेछ सबै खोज्न लगाउनुहोस्।

गणित यही हो। बालबालिकाले कागजमा सिकेको गणित भन्दा यो सिकाइ हजार गुणा प्रभावकारी र व्यवहारिक हुन्छ।

✍️कतिओटा भाँडा कुन पदार्थले बनेका रहेछन? प्लाष्टिकले बनेका, तामाले बनेका, फलामले बनेका, काँचले बनेका, पित्तललगायतले बनेका समान के के रहेछन घरमा खोज्न लगाउनुहोस्। पंखा कसरी घुम्दो रहेछ? खाना तथा अन्न पानीमा भिजाउँदा किन नरम बन्दो रहेछ? ग्यास कसरी बल्दो रहेछ? फ्रीजले किन चिसो बनाउँछ, आगोले किन तताउँछ सबै खोज्न लगाउनुहोस्। तरकारीको रंग किन हरियो भएको, दुध किन सेतो भएको, खोर्सानी किन पीरो भएको? कुन खाने कुरामा कुन पौष्टिक आहार पाइन्छ? चक्कुले किन सजिलै काटेको? सिलौटोले कसरी पिस्छ ? सिलौटालाई मिक्सरले किन रिप्लेस गर्यो? लगायत सबै बुझ्न लगाउनुहोस्।
यो सबै विज्ञान हो।

✍️त्यस्तै, आफन्त, छिमेकी, परम्परा, धर्म, संस्कार, चाड/ पर्व, बाजा गाजा, भेषभुषा लगायतका विषय सामाजिक अध्ययनमा समेटिने विषय हुन्। घर परिवार, पारस्परिक सहयोग, समुहकार्य, मेलमिलाप, एकता लगायतका विषय उनीहरुले घर परिवार भित्रैबाट सिक्ने मौका पाउने गर्दछन्।

✔️यसरी सबै प्रश्नको उत्तर थाहा नभए पनि उनीहरू आफैं खोज्न थाल्नेछन्। यो उत्सुकताको विकास हो। कतिपय विषयमा घन्टौं सोच्नु पर्ने, सामान चलाउनु पर्ने, ओल्टाइपल्टाई गर्नु पर्ने हुन सक्छ। त्यो स्वसिकाइ हो। अनुसन्धान हो। कहिलेकाहीं साथीसंग सल्लाह गरेर उत्तर पत्ता लगाउनु पर्ने हुन्छ। कतिपय अवस्थामा दाई, दिदी, शिक्षक लगायतलाई सोध्नुपर्ने स्थिति आउन सक्दछ। यो peer learning हो। कहिले काहीं गुगल तथा युट्युबबाट समाधान खोज्नु पर्ने हुन सक्दछ। कहिले पुस्तकको साहारा लिनुपर्ने हुन सक्छ। यसरी कुनै एउटा खोजमूलक समस्या वा विषय लिएर जुनसुकै माध्यमबाट विस्तृतमा खोज्न अनि लेख्न लगाई पत्ता लागेको कुरा प्रस्तुति दिन लगाउनु भयो भने त्यो परियोजना कार्य भयो।

✔️यसरी तपाइंले सिकाउँदा तपाईं आफू विषयवस्तुको विज्ञ हुनुपर्छ भन्ने जरुरी छैन। तपाइंले मात्र वातावरण निर्माण गरिदिने हो। सिक्ने काम बालबालिका आफैं गर्नेछन्। अल्बर्ट आइन्स्टाइनले भनेका छन्, "म मेरा विद्यार्थीलाई पढ्न कहिल्यै पनि दबाब दिन्न, बरु उनीहरुले आफैंले सिक्न सक्ने वातावरणको निर्माण गरिदिन्छु।" तपाइंले घरमा निर्माण गरिदिने वातावरण उनीहरुको सिकाइका लागि सबै भन्दा उत्तम बन्न सक्दछ।

✔️सुनेर, हेरेर, छोएर, गरेर, भोगेर, प्रयोग गरेर सिकेको ज्ञान सबैभन्दा महत्वपूर्ण हुन्छ। यस्तो सिकाइ दीर्घकालीन र व्यवहारिक पनि हुन्छ।यसमा न त तोकिएको बाध्यकारी पाठ्यक्रम नै छ, न त पट्यारलाग्दा पाठ्यपुस्तक नै। यस्तो किसिमको सिकाइले बालबालिकालाई सिकाइ प्रक्रियामा सक्रिय रुपमा सहभागी बनाउँछ। उत्सुक बनाउँछ। अनुसन्धानात्मक र अध्ययनशील बनाउँछ। सोचाइलाई बहुआयामिक बनाउँछ। समालोचनात्मक सोचको विकास गर्दछ।

✔️अहिले विश्वमा सिकाइलाई कक्षाकोठा भन्दा बाहिर पनि लैजाने विषयमा थुप्रै अध्ययन हुँदै छन्। सोही अनुरुपका पाठ्यक्रम बन्दैछन्। तसर्थ, तपाईं अभिभावकका लागि सिकाइको नवीनतम अभ्यासको पाइलोटिङ्ग गरेर यस्तो पो सिकाइ भनेर प्रमाणित गर्ने अवसर पनि हो।भोलि विद्यालयलाई बाटो देखाउने अवसर पनि हो।
शुभकामना।

Copy:
-✍️अभिषेक घिमिरे

आज कुशेऔँसी अर्थात् बुवाको मुख हेर्ने दिन । तमाम पिताहरू प्रति हार्दिक नमन् 🙏🏻🙏🏻
19/08/2020

आज कुशेऔँसी अर्थात् बुवाको मुख हेर्ने दिन ।
तमाम पिताहरू प्रति हार्दिक नमन् 🙏🏻🙏🏻

नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ।उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ।प्रिय राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएक...
18/08/2020

नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ।
उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ।

प्रिय राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको खबरले अत्यन्तै स्तब्ध बनाएको छ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति हार्दिक श्रद्धा सुमन 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 🙏🏻🙏🏻🙏🏻सच्चिदानन्द रूपाय विश्वोत्पत्यादि हेतवे।तापत्रय व...
11/08/2020

कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 🙏🏻🙏🏻🙏🏻

सच्चिदानन्द रूपाय विश्वोत्पत्यादि हेतवे।
तापत्रय विनाशाय श्री कृष्णाय वयम नुमः॥

हामी सच्चिदानन्द स्वरूप भगवान श्री कृष्णलाई नमन गर्दछौँं, जो यो समस्त विश्वको उत्पत्ति, पालन एवं संहार गर्ने हुनुहुन्छ , जो उहाँको भक्तको तीन प्रकाको तापलाई विनाश गरिदिनु हुन्छ ।

मुस्लिम समुदायको महान पर्व इद उल अजहा (बकर इद)का अवसरमा नेपाली मुसलमान दिदीवहिनी तथा दाजुभाइमा सुख , शान्ति , सुस्वास्थ्...
01/08/2020

मुस्लिम समुदायको महान पर्व इद उल अजहा (बकर इद)का अवसरमा नेपाली मुसलमान दिदीवहिनी तथा दाजुभाइमा सुख , शान्ति , सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

धापाखेल इंग्लिश सेकेण्डरी स्कूल परिवार

नागपञ्चमीको शुभकामना 🙏🏻
25/07/2020

नागपञ्चमीको शुभकामना 🙏🏻

Address

Dhapakhel
Lalitpur
44703

Opening Hours

Monday 09:30 - 16:00
Tuesday 09:30 - 16:00
Wednesday 09:30 - 16:00
Thursday 09:30 - 16:00
Friday 09:30 - 16:00
Sunday 09:30 - 16:00

Telephone

+97715572246

Website

Alerts

Be the first to know and let us send you an email when Dhapakhel English Secondary School-DES school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category