म तिम्रो सुन्छु। कुरिरहेको छु ।
तिमी बोल्दै बोल्दैनौ त ?? कसरी समस्या समाधान हुन्छ ??
म तिम्रो सुन्छु
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from म तिम्रो सुन्छु, Anamnagar, Lalitpur.
म तिम्रो सुन्छु।
I listen you
तिमीलाई शान्ति चाहिएको छ ?
तिमीलाई न्याय चाहिएको छ ?
तिमीलाई विकास चाहिएको छ ?
तिम्रो शान्ति, न्याय र विकासका लागि बोल्न चाहन्छौ ??
तिम्रो आवाज, भावना, पीडा पोख्न चाहन्छौ ??
04/04/2026
04/04/2026
Our tiktok account, fallow us
03/04/2026
Hello
03/04/2026
27/10/2025
जब भारतीय अर्बपति रतन टाटालाई टेलिफोन अन्तर्वार्तामा रेडियो प्रस्तोताले सोधे — सर, जीवनमा सबैभन्दा खुसी पाउँदा के सम्झनुहुन्छ ?
रतन टाटाले भने — मैले जीवनमा खुशीका चार चरण पार गरेको छु, र यी चार चरण पश्चात खुसीको अर्थ बुझ्न सके ।
पहिलो चरणमा धन र सम्पति कमाउनु थियो । तर यो चरणमा मैले चाहेको खुशी पाउन सकिन ।
त्यसपछि दोस्रो चरणमा आफूलाई मन परेका महंगा र वहुमुल्य सामन जोड्नु, सोख पुरा गर्नु थियो । तर यो कुराको प्रभाव पनि क्षणिक हुन्छ र बहुमूल्य वस्तुको चमक धेरै दिन टिक्दैन भन्ने बुझेँ ।
त्यसपछि तेस्रो चरणमा ठूलो परियोजना प्राप्त गर्नु थियो । त्यो बेला भारत र अफ्रिकामा डिजेल सप्लाई गर्ने प्रोजेक्ट पाए । म भारत र एशियाको सबैभन्दा ठूलो स्टिल कारखानाको मालिक पनि थिएँ। तर यहाँ पनि मैले सोचे जस्तो खुशी पाउन सकिन ।
चौथो चरण थियो जब मेरो एक साथीले मलाई अपाङ्गता भएका बालबालिकाका लागि ह्वीलचेयर किन्न आग्रह गरे । साथीको आग्रहमा मैले तुरुन्तै ह्वीलचेयरहरू किनें ।
तर साथीले मलाई उनीसँगै गएर बच्चाहरूलाई ह्वीलचेयर वितरण गरिदिन आग्रह गरे। म तयार भएँ र उनीसँगै गएँ । त्यहाँ मैले यी बालबालिकाहरूलाई आफ्नै हातले ह्वीलचेयर दिएँ । ती बालबालिकाको अनुहारमा अनौठो खुशीको चमक देखेँ । मैले ती सबैलाई ह्वीलचेयरमा बसेर, घुमफिर गरेको र रमाइलो गरेको देखेँ ।
मैले आफू भित्र साँच्चै खुशी महसुस गरें।
जब कार्यक्रम सकियो र म फर्कन लागेको थिए, एउटा बच्चाले मेरो खुट्टा समात्यो। मैले बिस्तारै खुट्टा छोड्ने कोसिस गरें, तर बच्चाले मेरो अनुहार हेर्यो र मेरो खुट्टालाई समातिरह्यो । मैले झुकेर बच्चालाई सोधें — तिमीलाई अरू केही चाहिन्छ?
यो केटाले दिएको जवाफले मलाई स्तब्ध बनाएको मात्र होइन, जीवनप्रतिको मेरो दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गरिदियो ।
यो बच्चाले भन्यो — "म तपाईको मुहारलाई हेरेर सम्झन चाहन्छु ताकि जब म तपाईलाई स्वर्गमा भेट्नेछु, त्योबेला म तपाईलाई चिन्न सकूँ र फेरि एकपटक धन्यवाद दिन सकूँ।"
27/10/2025
शरीरको अद्भुत ‘आफैं सफा गर्ने प्रणाली’ खोज्ने जापानी वैज्ञानिकलाई नोबेल पुरस्कार
एक क्रान्तिकारी उपलब्धिमा, एक जापानी जीवविज्ञानीले पत्ता लगाएका छन् कि मानव शरीरले कसरी आफ्नो क्षतिग्रस्त कोषहरूलाई आफैं सफा र पुनःप्रयोग गर्छ, जब शरीरले केही समयका लागि खाना नपाउँछ।
यस महत्वपूर्ण प्रक्रियालाई “अटोफ्याजी (Autophagy)” भनिन्छ, जसको अर्थ नै हो — “आफैंलाई खाने”। यो प्रक्रिया शरीरको स्वास्थ्य, ऊर्जा र दीर्घायु कायम राख्न अत्यावश्यक छ।
अटोफ्याजीमा, कोषहरूले आफ्नो बिग्रिएका वा पुराना भागहरू पहिचान गरेर तिनीहरूलाई तोड्छन् र त्यही पदार्थलाई ऊर्जा वा मर्मतका लागि पुनः प्रयोग गर्छन्।
यो प्रक्रिया प्रायः उपवास (fasting) वा पोषक तत्वको अभाव हुँदा सक्रिय हुन्छ — जसले शरीरलाई सन्तुलनमा राख्न मद्दत गर्छ।
यसलाई शरीरको “सूक्ष्म गृह व्यवस्थापन प्रणाली” भन्न सकिन्छ, जसले कोषहरूलाई स्वस्थ, सफा र दक्ष राख्छ।
यो खोजले पोषण, रोग र बुढ्यौली बारेको हाम्रो बुझाइमा क्रान्ति ल्याएको छ।
पहिले वैज्ञानिकहरूले स्वास्थ्यका लागि बाह्य कारणहरू — जस्तै खानपान र व्यायाम — मा जोड दिंदै आएका थिए।
तर, यो अनुसन्धानले देखायो कि हाम्रो शरीरभित्रै यस्तो आन्तरिक शक्ति छ, जसले आफूलाई कठिन अवस्थामा पनि मर्मत र उपचार गर्न सक्छ।
अटोफ्याजी बुझ्नाले चिकित्सा क्षेत्रमा ठूलो प्रभाव पारेको छ।
यो प्रक्रिया न्युरोडिजेनेरेटिभ रोग (जस्तै अल्जाइमर), रोग प्रतिरोध क्षमता, संक्रमण नियन्त्रण, र क्यान्सर उपचार सुधारसँग सम्बन्धित छ।
वैज्ञानिकहरू अहिले यो प्रक्रिया सुरक्षित रूपमा सक्रिय गर्ने उपाय खोज्दैछन्, जसले स्वास्थ्य सुधार, दीर्घायु वृद्धि, र रोगबाट छिटो निको पार्न सहयोग गर्न सक्छ।
यो नोबेल विजेता खोजले देखाउँछ कि मानव शरीर आफैं कति अद्भुत र बुद्धिमान छ।
विकासक्रमले हामीलाई यस्तो प्रणाली दिएको छ, जसले कठिन परिस्थितिमा पनि जीवन, अनुकूलन र सफलता सुनिश्चित गर्छ।
वैज्ञानिकहरूले अटोफ्याजीमा अझ गहिरो अनुसन्धान गर्दै गर्दा, भविष्यको चिकित्सा क्षेत्रमा ठूलो रूपान्तरण सम्भव छ।
कल्पना गर्नुहोस् — यदि हामीले शरीरको स्वाभाविक मर्मत प्रणालीलाई प्रयोग गर्न सिक्यौं भने, मानिसहरू अझ दीर्घायु, स्वस्थ र सशक्त जीवन बाँच्न सक्नेछन्।
यो खोजले हामीलाई सम्झाउँछ — कहिलेकाहीँ सबैभन्दा गहिरा समाधानहरू पहिले नै हाम्रो भित्र हुन्छन्।
#नोबेलपुरस्कार #अटोफ्याजी #स्वास्थ्यक्रान्ति #वैज्ञानिकउपलब्धि #शरीरकोशक्ति #दीर्घायु
27/10/2025
जब एउटि केटीले पहिलोपटक आफ्नो प्रेमी केटा साथीसँग फिजिकल सम्बन्ध राखेर घरमा आउछे भने त्यसबेला उनको शिर देखि पाउसम्म कापिरहेको हुन्छन्। र जब आफुले आफैलाई ऎनामा हेरेपछि उनलाई आफुले धेरै गल्ती गरेको महसुस हुन्छ।
यति सबैथोक भएपछि पनि केटोलाई जब बिबाहको कुरा भनिन भने केटोले भन्छ: " अहिले किन हतार, त्यसै पनि इंटरकाष्ट भनेर घरपरिवार मानेका छैनन्, उसले कयौं यस्ता बहाना बनाउदै आफ्नो बाध्यता सुनाउन थाल्छ। कहिलेकाही केटीलाई सुन्नै नसकिने अपशब्द प्रयोग पनि गर्ने गर्छ,, त्यसपछि केटीले आफुले गलत ब्यक्तिलाई माया गरेकी रहेछु भनेर महसुस हुन्छ...
त्यसैले सुन छोरी चेली हो,
मर्नु तर कुनै ब्यक्तिको अगाडी आफू नाङ्गो नहुनु, कसैले मोबाइल किनि दिन्छु, पैसा दिन्छु, कपडा चप्पल जुत्ता आदि संगै पसलमा गएर किनौला जस्ता लालचमा आफुले कपडा नखोल्नु...
उनिहरुले आफ्नो हवस मेटाइसकेपछी अश्लील भिडियो बनाउने, सँगै ओछ्यानमा नाङ्गो फोटो खिच्ने र बारम्बार त्यहीँ भिडियो र फोटोलाई माध्यम बनाएर फिजिकलको लागि धम्याउने गर्छन, तिमीलाई उसले जतिबेला चाहे त्यतिबेला प्रयोग गर्ने गर्छ। कसैले बिहे गर्छु भन्यो भन्दैमा, कसैले केही दियो भन्दैमा आफुले आफैलाई त्यो खाडलमा नहाल्नु जहाँ पसेपछि निस्क्न नसकियोस।
होसियार,
बिबाह अगाडि कुनै केटोसँग प्रेममा पर्दा उसले मौका मिल्ने बित्तिकै तिम्रो शरीरको कपडा खोल्न लगाउछ। के तिमीले आफ्नो कपडा खोलेर दुनियाँको अगाडी आफ्नो जिन्दगी बर्बाद पार्न सक्छौं? आफू मर्नु तर बिहे अगाडी कसैको अगाडी आफ्नो कपडा नखोल्नु।।
-सन्तोष कार्की मौसुफ
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Telephone
Website
Address
Anamnagar
Lalitpur
0977
Opening Hours
| Monday | 07:00 - 19:00 |
| Tuesday | 07:00 - 19:00 |
| Wednesday | 07:00 - 19:00 |
| Thursday | 07:00 - 19:00 |
| Friday | 07:00 - 19:00 |
| Sunday | 07:00 - 19:00 |