20/08/2026
यस वर्ष कक्षा १० का विद्यार्थीहरूले सर्वनाम थिएटरमा पुगेर पाठ्यक्रममा आधारित ‘आयाम’ नाटक प्रत्यक्ष हेर्ने अवसर पाए। नाटकको जीवन्त प्रस्तुतिले उनीहरूलाई भावनाको बेग्लै संसारमा पुर्यायो। अघिल्ला वर्षहरूमा कथाकार बिना थिङलाई आफ्नै विद्यालयमा भेटेर छलफल गर्ने गरिए पनि, यसपटक नाटकलाई प्रत्यक्ष अवलोकन गर्नु उनीहरूका लागि नयाँ र अद्भूत अनुभव बन्यो। पाठ्यपुस्तकको कथालाई मञ्चमा जीवन्त रूपमा देख्दा उनीहरू अत्यन्त खुसी भए। नाटकका हास्यपूर्ण दृश्यमा हलभरि हाँसो गुञ्जियो भने मार्मिक दृश्यले धेरैका आँखा रसाए। विद्यार्थीहरूले हरेक क्षणलाई पूर्ण मनोरञ्जनका साथ आत्मसात् गरे। यो प्रस्तुति उनीहरूका लागि ज्ञानसँगै असीम खुसी र भावनाले भरिएको एक अविस्मरणीय अनुभव बन्यो।