Nepal Hotel Training Center Ltd. नेपाल होटल तालिम केन्द्र

Nepal Hotel Training Center Ltd. नेपाल होटल तालिम केन्द्र

Share

* Basic & Diploma cooking training
* Coffee & Barista training
* 100% job placement
* Secured Job

17/06/2026
08/06/2026

SEE र+2 सक्कियो ,अब के गर्ने भन्ने सोचमा हुनुहुन्छ?🤔 के तपाई विदेश जाने सोचमा वा जादै हुनुहुन्छ ?🤔🤔 ➡️ विदेश गएर राम्रो काम गर्ने सोचमा हुनुहुन्छ ?? Offer !! offer !!! offers 👉Barista(कफी) ☕तालिम👉Bakery 🎂🍰 👉Waiter Training ( तालिम )👉Chef/ Cook👩‍🍳👨‍🍳 तालिम👉Diploma in culinary Arts 👉Kitchen helpers तालिम 😮😮 अब मात्र बिशेस छुट मा 😮😮➡️ के तपाई सिप सिकेर दक्ष जनशक्ति बन्न चाहानुहुन्छ ?🤔🤔➡️ के तपाई सिप सिकेर रोजगार चाहानुहुन्छ ?🛑🛑😲😲➡️ के तपाई सिप सिकेर दक्ष जनशक्ति बनेर विदेश जान चाहानुहुन्छ ?🛫🛫🛫🛫🌏🌏🌏🌏🕎🔆🔅त्यसोभए आउनूस् हामी काँहा !हामी तपाईहरु समक्ष सम्पूर्ण होटल तथा रेस्टुरेन्टमा बनाउने खानेकुरा सिकाउँछौ त्यो पनि विशेष छुट प्रदान गरेर 😃😃Admission open for CTEVT Affiliate courses✅ Bakery Training ✅ Barista Training ( Latte art practise Everyday, Daily 2 hrs class )✅Diploma in cooking & Basic Advance cooking ❇️Why Nepal Hotel Training Centre ?🤔⚫️बिगत देखी तपाईंहरुकै सेवामा समर्पित भयकोले⚫️ Daily 1.5 to 2.5 hrs practise class गराइने ⚫️ Coffee shop +Hotel/Restaurant खोल्नेको लागि 100% support गरिने ⚫️ Course गर्दा चाहिने materials , uniform institute ले नै प्रदान गर्ने।⚫️TOT प्राप्त Instructor बाट सिकाइने ⚫️बिदेश जानेहरूको लगि विशेष सहयोग गरिने⚫️नेपाल सरकारबाट CRO मान्यता प्राप्त ➡️नेपाल सरकार बाट मान्यता प्राप्त। ⚫️ Hostel को राम्रो ब्यबस्था रहेको Training time:Barista:Morning Day & evening Cooking: Morning & EveningBakery: MorningLagankhel Lalitpur साझा भवन , पाटन मानसिक अस्पताल अगाडि।Call us:📞9851209660☎️01-5423855( Affiliate to CTEVT , Nepal Govt.) 🌐 www.nepalhoteltraining.comयो offer सिमित Time को लागि मात्र छ।Internship and Job placement Nepal and as well abroad.We make sure a good learning environment and well-equipped lab🛑🛑Dont miss put this golden opportunity to add one more skill to your bag🛑🛑🛑everyone Nepal Hotel Training Center Ltd. नेपाल होटल तालिम केन्द्र

07/06/2026

30/05/2026

Photos from Nepal Hotel Training Center Ltd. नेपाल होटल तालिम केन्द्र's post 29/05/2026

“ललितपुर महानगरपालिका वडा नम्बर २९, हरिसिद्धि, ललितपुरका युवाहरूलाई सीप तथा रोजगारीका लागि बारिष्टा तालिम प्रदान गरिदैछ। यो तालिमले युवाहरूलाई भविष्यमा राम्रो रोजगारीको अवसर दिलाउनेछ।”

27/05/2026

अरबिका कफी खेती प्रविधि:

नेपालमा अरबिका कफी खेती एक महत्वपूर्ण नगदे बालीको रूपमा विकास हुँदै गएको छ। विशेष गरी मध्यपहाडी क्षेत्रमा यसको खेती सफल मानिन्छ। नेपालमा उत्पादन हुने अरबिका कफी अर्गानिक गुणस्तर, मिठो स्वाद तथा सुगन्धका कारण अन्तर्राष्ट्रिय बजारमा समेत लोकप्रिय बन्दै गएको छ। यो लेख विभिन्न कफी खेती सम्बन्धी प्राविधिक पुस्तिका, कृषक तालिम म्यानुअल तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सामग्रीमा आधारित भएर तयार गरिएको हो।

१. कफीको परिचय

कफी रुबिएसी (Rubiaceae) परिवार अन्तर्गत पर्ने बहुवर्षीय बाली हो। यसको वैज्ञानिक नाम Coffea arabica हो। अरबिका जात विश्वकै उच्च गुणस्तरको कफी मानिन्छ। नेपालमा मुख्य रूपमा अरबिका जातकै खेती गरिन्छ किनकि नेपालको हावापानी यसको लागि उपयुक्त छ।

अरबिका कफीका विशेषताहरू:

* स्वाद मिठो तथा सुगन्धित हुने
* क्याफिन कम हुने
* अन्तर्राष्ट्रिय बजारमा उच्च माग हुने
* पहाडी क्षेत्रमा राम्रो उत्पादन हुने

२. उपयुक्त हावापानी तथा माटो

अरबिका कफी खेतीका लागि मध्यम तापक्रम, पर्याप्त वर्षा तथा हल्का छायाँ भएको वातावरण आवश्यक पर्छ। नेपालका ८०० देखि १६०० मिटर उचाइसम्मका क्षेत्र उपयुक्त मानिन्छ।

तापक्रम

* १५°C–२५°C उपयुक्त
* अत्यधिक गर्मी वा तुसारो हानिकारक

वर्षा

* वार्षिक १२००–२००० मि.मि.
* पानी जम्ने अवस्था हुनु हुँदैन

माटो

* दोमट तथा पानी नजम्ने
* प्राङ्गारिक पदार्थ प्रशस्त भएको
* pH ५.५–६.५ उपयुक्त

३. प्रमुख जातहरू

नेपालमा प्रचलित अरबिका कफीका जातहरू:

* कटिमोर (Catimor)
* टिपिका (Typica)
* बोरबोन (Bourbon)
* कातुरा (Caturra)

कटिमोर जात रोग प्रतिरोधी तथा उत्पादन राम्रो हुने भएकाले लोकप्रिय मानिन्छ।

४. बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापन

बीउ छनोट

* स्वस्थ तथा बढी उत्पादन दिने बोटबाट बीउ छनोट गर्ने
* पूर्ण रूपमा पाकेको रातो फल प्रयोग गर्ने

बीउ तयारी

* फलको बोक्रा हटाउने
* सफा पानीले धुने
* छायाँमा सुकाउने

नर्सरी तयारी

* छायाँयुक्त स्थान छनोट गर्ने
* माटो, बालुवा र गोबर मल मिसाई बेड तयार गर्ने

बीउ रोपाइँ

* २–३ से.मी. गहिराइमा रोप्ने
* हल्का पानी दिने

अंकुरण

* ४५–६० दिनमा बीउ उम्रिन्छ

पोलीब्यागमा सार्ने

* २–३ पात आएपछि पोलीब्यागमा सार्ने
* ६–८ महिनापछि खेतमा रोप्न योग्य हुन्छ

५. जग्गा तयारी तथा रोपाइँ

जग्गा छनोट

* भिरालो तथा पानी नजम्ने स्थान
* हल्का छायाँ भएको क्षेत्र

खाल्डो तयारी

* ६० × ६० × ६० से.मी. खाल्डो बनाउने
* गोबर मल तथा माथिल्लो माटो मिसाएर भर्ने

बिरुवा दूरी

* २ × २ मिटर
वा
* २.५ × २.५ मिटर

रोप्ने समय

* असार–साउन उपयुक्त

रोपिसकेपछि बिरुवाको वरिपरि हल्का थिचेर तुरुन्त सिँचाइ गर्नुपर्छ।

६. छायाँ व्यवस्थापन

अरबिका कफीलाई मध्यम छायाँ आवश्यक पर्छ।

छायाँका लागि प्रयोग हुने बोट

* उत्तिस
* इपिल–इपिल
* कटुस
* फलफूलका बोट

छायाँ व्यवस्थापनका फाइदा

* चिस्यान कायम हुन्छ
* घामको असर कम हुन्छ
* माटो संरक्षण हुन्छ

अत्यधिक छायाँले उत्पादन घटाउन सक्छ।

७. मलखाद व्यवस्थापन

कफी बोटलाई प्राङ्गारिक मल बढी आवश्यक पर्छ।

प्राङ्गारिक मल

* प्रति बोट १०–२० के.जी. गोबर मल
* कम्पोस्ट मल

रासायनिक मल

आवश्यकताअनुसार:

* नाइट्रोजन
* फस्फोरस
* पोटास

मल वर्षमा दुई पटक दिनु राम्रो मानिन्छ।

८. सिँचाइ तथा मल्चिङ

सिँचाइ

* लामो खडेरीमा सिँचाइ आवश्यक
* फूल फुल्ने समयमा चिस्यान कमी हुन दिनु हुँदैन

मल्चिङ

घाँस, पराल तथा पात प्रयोग गरेर मल्चिङ गर्दा:

* चिस्यान जोगिन्छ
* झार कम हुन्छ
* माटोको उर्वराशक्ति बढ्छ

९. गोडमेल तथा काँटछाँट

गोडमेल

* वर्षमा २–३ पटक झार हटाउने
* माटो खुकुलो बनाउने

काँटछाँट

हटाउनुपर्ने हाँगा:

* सुक्खा
* रोगी
* बाक्ला
* भुइँतिर झुकेका

यसले बोटमा घाम तथा हावा प्रवेश बढाउँछ।

१०. कफीमा लाग्ने प्रमुख रोग तथा कीरा

(क) कफी ह्वाइट स्टेम बोरर

लक्षण

* डाँठमा प्वाल पर्ने
* बोट सुक्दै जाने

व्यवस्थापन

* संक्रमित हाँगा काट्ने
* बगैंचा सफा राख्ने
* उचित छायाँ व्यवस्थापन गर्ने

(ख) पातको ढुसी रोग

लक्षण

* पातमा खैरो दाग
* पात झर्ने

व्यवस्थापन

* संक्रमित पात हटाउने
* हावा चल्ने वातावरण बनाउने

(ग) फल कुहिने रोग

व्यवस्थापन

* सरसफाइ कायम गर्ने
* समयमै रोग नियन्त्रण गर्ने

११. फल लाग्ने समय तथा उत्पादन

* रोपेको ३–४ वर्षपछि फल लाग्न सुरु हुन्छ
* ५–६ वर्षपछि राम्रो उत्पादन हुन्छ

उचित व्यवस्थापन गर्न सके राम्रो आम्दानी लिन सकिन्छ। नेपालमा उत्पादित कफीको माग आन्तरिक तथा बाह्य बजारमा बढिरहेको छ।

१२. फल टिपाइ तथा प्रशोधन

फल टिपाइ

* पूर्ण रूपमा रातो पाकेको फल मात्र टिप्ने
* पटक–पटक टिपाइ गर्ने

प्रशोधन विधि

(क) सुक्खा विधि

* फल घाममा सुकाउने
* बोक्रा हटाउने

(ख) भिजाउने विधि

* पल्प हटाउने
* किण्वन गर्ने
* धुने र सुकाउने

भिजाउने विधिबाट गुणस्तर राम्रो हुने मानिन्छ।

१३. कफी खेतीका फाइदाहरू

* नगदे बाली भएकाले राम्रो आम्दानी
* भिरालो जमिनको सदुपयोग
* माटो कटान कम हुने
* निर्यातको राम्रो सम्भावना
* वातावरण संरक्षणमा सहयोग

Copy@ krishi

Photos from Nepal Hotel Training Center Ltd. नेपाल होटल तालिम केन्द्र's post 22/05/2026

“गोदावरी नगरपालिका वडा नं. ६, ९, ११, र १३ का सबै विद्यार्थीहरूलाई, बारिस्ता र कुकीङ सिक्नको लागि यो सशक्त यात्रामा सहभागी हुनुहुनेमा हामि हृदयदेखि धन्यवाद व्यक्त गर्दछौ। तपाईंहरूको उत्साह र समर्पणले यो यात्रा अझ प्रभावकारी बन्यो। साथै, वडा अध्यक्ष र सदस्यहरूलाई पनि, यो प्रशिक्षण सफल बनाउन खेलेको अतुलनीय भूमिकाको लागि हामी गहिरो धन्यवाद दिन्छौ र तपाईंहरूकै सहयोग र नेतृत्वले हामीलाई यो यात्रा अघि बढाउन सफल भयौ। अन्त्यमा, सबै सहभागीहरूलाई आगामी जीवनमा अपार सफलता, प्रगति र उज्जवल भविष्यको शुभकामना। यो सहयात्रा जीवनभर प्रेरणा बन्नेछ।”
नेपाल होटल तालिम केन्द्र
लगनखेल, ललितपुर

Want your school to be the top-listed School/college in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Lagankhel Lalitpur
Lalitpur