22/08/2026
हाम्रो यस सि आशा फाउन्डेसनद्वारा सञ्चालित आशा विशेष पाठशाला तथा पुनर्स्थापना केन्द्र हेटौडांमा विशेष बालबालिकाहरूको दिवा खानाको लागि रु. २१,१११ सहयोग प्राप्त भएको छ।
चितवन निवासी सर्प उद्धारकर्ता एवम् सामाजिक अभियान्ता यामलाल भण्डारीज्यूको पहलमा हाल तिलोतमा/बुटवल ,मणिग्राम निवासी हाल जापानमा बसोबास गर्नुहुने मनका धनी श्री चेतनारायण गौतम, सुमित्रा गौतम, छोरा नोहेन्द्र गौतम र छोरी सान्भि गौतम परिवारबाट प्राप्त यस सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
तपाईंहरूको यो निःस्वार्थ सेवा भावना, माया र सद्भाव हाम्रा विशेष बालबालिकाहरूका लागि अमूल्य उपहार हो। उहाँहरूको मुस्कान र खुसीमा जोडिनुभएको यस पुण्य कार्यका लागि सम्पूर्ण गौतम परिवार तथा यामलाल भण्डारीज्यूप्रति हार्दिक कृतज्ञता।
समस्त
सि आशा फाउन्डेसन परिवार
आशा विशेष पाठशाला तथा पुनर्स्थापना केन्द्र परिवार ।