24/08/2026
जिनियस स्कुल, लुभुद्वारा महालक्ष्मी नगरपालिकाको सहकार्यमा महालक्ष्मी नगरपालिकाका १४ वटा सामुदायिक विद्यालयका ४५ जना प्रतिभाशाली विद्यार्थीलाई तेस्रो वर्षको छात्रवृत्ति प्रदान गरिएको छ।
कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जन, नगरका विभिन्न वडाका अध्यक्ष, प्रहरी प्रभागका प्रमुख, सामुदायिक विद्यालयका प्रधानाध्यापक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता थियो।
शिक्षामा सबैको समान पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यस पहलले प्रतिभाशाली विद्यार्थीलाई आफ्नो क्षमता विकास गर्ने थप अवसर प्रदान गर्ने विश्वास लिएका छौँ।