05/06/2026
यस विद्यालयमा महाङ्काल गाउँपालिका वडा नं.५ चन्दनपुरकाे आ.व. २०८२/८३ काे बजेट सहयाेगबाट कालेश्वरी बाल क्लबद्वारा आयाेजित तहगत तथा सदन स्तरीय विविध अतिरिक्त कृयाकलापहरू सञ्चालन गरी मिति २०८२ साल जेठ २२ गतेका दिन वडा नं. ५ का अध्यक्ष श्री भुमिनन्द घिमिरेज्यूकाे प्रमुख आतिथ्य, वि.व्य.स. अध्यक्ष श्री उत्तमकुमार घिमिरेज्यूकाे सभापतित्व तथा बाल क्लब अध्यक्ष श्री पल्लवी दाहालकाे संयाेजकत्वमा पुरस्कार वितरण गर्ने कार्य सम्पन्न भयाे ।
विद्यार्थीहरूमा मनाेरञ्जन, सीप र कलाकाे विकास, अन्तरनिहित प्रतिभाकाे प्रस्फुटन, सिकाइ तथा क्षमता विकास र बाल सहभागितामा महत्वपूर्ण सहयोग पुगेकाे छ ।
उक्त कार्यक्रममा विद्यालयका प्र.अ., शिक्षक स्टाफ, कर्मचारी , बाल क्लब पदधिकारी र सदस्यहरू तथा विद्यार्थी बालबालिकाहरूकाे सक्रिय सहभागीता रहेकाे थियाे ।
आगामी दिनमा समेत वडा कार्यालयकाे तर्फबाट निरन्तर सहयाेगकाे अपेक्षा सहित हार्दिक आभार व्यक्त गर्दछाैँ । 🙏🙏🙏