19/03/2026
हाम्रा सम्पुर्ण सदस्य, स्वयंसेवक, शुभेच्छुक तथा सरोकारवालाहरुलाई आज २१औं स्थापना दिवस (वार्षिकोत्सव) को विशेष दिनमा बधाईका साथसाथै आजको दिनले हामी सम्पुर्णलाई अझ बढि क्रियाशिल भइ सामाजिक काममा लाग्ने उत्प्रेरणा तथा शक्ति किपुबासिहरुका आराध्यदेव श्री श्री श्री बाघभैरवले प्रदान गरुन् भनि शुभकामना व्यक्त गर्दछौं ।
08/07/2025
युवा विद्यार्थीहरूलाई करियर परामर्श
कीर्तिपुर स्वयंसेवक समाजले स्मार्ट इन्फोटेक र एनसिसिएस कलेजसँगको सहकार्यमा २०८२ असार २१ मा हालसालै एसईइ स्नातक...
04/05/2025
कीर्तिपुर स्वयंसेवक समाज (Kirtipur Volunteer Society)का संस्थापक अध्यक्ष श्री रबिन्द्रबहादुर प्रधानज्यु लायन्स अन्तर्राष्ट्रिय, जिल्ला ३२५ को सन् २०२५–२६ का लागि जिल्ला गभर्नर पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
उहाँको यो गौरवपूर्ण उपलब्धिले सम्पूर्ण समाज र स्वयंसेवक अभियानलाई प्रेरणा प्रदान गर्नेछ। सामाजिक सेवा र नेतृत्वदायी भूमिकामा निरन्तर सक्रिय रहँदै आउनु भएका उहाँको अनुभव, दूरदृष्टि र प्रतिबद्धता अन्तर्गत जिल्ला ३२५ मा थप उपलब्धिमूलक कार्यहरू हुनेमा हामी विश्वस्त छौं।
22/04/2025
🌱 SEE सकेका विद्यार्थीहरूका लागि जीवन परिवर्तन गर्ने एक कदम!
🎓✨
"युवा सशक्तिकरण हाम्रो प्रतिबद्धता" भन्ने नारालाई सार्थक बनाउँदै, कीर्तिपुर स्वयंसेवक समाजले २०८२ वैशाख ८ गते सफलतापूर्वक सम्पन्न गर्यो —
👉 "करियर परामर्श तथा जीवन सीप विकास कार्यक्रम" 🎯
📍 गुड नेबर्स इन्टरनेशनल, वर्ल्ड भिजन इन्टरनेशनल र कीर्तिपुर नगरपालिकाको सहकार्यमा आयोजित यस कार्यक्रममा कीर्तिपुरका विभिन्न क्षेत्रका ४० जना उत्साही विद्यार्थीहरू सहभागी भए।
🎤 प्रा. डा. श्यामकृष्ण महर्जनले जीवन सीप सम्बन्धी सत्र सञ्चालन गर्नुभयो भने,
🎯 श्री रूपेन्द्र महर्जनले नेतृत्व विकासमा केन्द्रित अन्तरक्रियात्मक सत्रमार्फत विद्यार्थीहरूलाई आत्मपहिचान र सामाजिक जिम्मेवारीको मार्ग देखाउनुभयो।
🌟 विशेष अतिथि उपमेयर शुभलक्ष्मी शाक्यज्यूले कार्यक्रमको प्रशंसा गर्दै भनिन्,
"यस्ता कार्यक्रमहरूले युवाहरूलाई सही दिशातर्फ अग्रसर गराउन सहयोग गर्छन्।"
🙌 अध्यक्ष श्री सुधन सुवेदीले विद्यार्थीहरूलाई सपना बुन्ने, आत्मविश्वास बढाउने र सीप विकासमा सधैं साथ रहने प्रतिवद्धता जनाउनुभयो।
📌 कार्यक्रम समन्वय: डा. श्रीकुमार महर्जन
📌 सञ्चालन: श्री सरल महर्जन
💬 कीर्तिपुर स्वयंसेवक समाजले यसअघि जस्तै युवा नेतृत्व, सम्पदा पदयात्रा, र नागरिक संलग्नता मार्फत युवाहरूलाई सचेत, सक्षम र जिम्मेवार बनाउँदै लैजान निरन्तर काम गरिरहेको छ।
👉 यो कार्यक्रम पनि त्यो यात्राको एक प्रेरणादायी कडी हो।
📸 (तस्बिरहरू हेर्न नबिर्सनुहोस् 👇)
10/04/2025
🌏🎨 53 Tattoo Artists from 20 Countries Explore Kirtipur's Heritage! 🛕🌿
A vibrant group of international tattoo artists participating in the Nepal Tattoo Convention 2025 took a cultural detour today — right into the heart of historic Kirtipur!
Organized by Kirtipur Volunteer Society (KVS), with a warm welcome from Kirtipur Community Homestay, the heritage walk led artists through iconic sites like Chilancho Stupa and Bagh Bhairab Temple, blending global ink culture with Nepal’s living heritage. The walk has been supported by Community Homestay Network (CHN).🙏✨
KVS President Sudhan Subedi expressed heartfelt thanks to all the artists and convention organizers for choosing Kirtipur as a cultural starting point.
🌍 Artists from USA, UK, Germany, Austria, Australia, India, Singapore, Italy, Indonesia, Cambodia, France, Costa Rica, Spain, China, Turkey, Hong Kong, Ukraine, Argentina, Canada, and Nepal made this walk truly international! 💫
📍 Stay tuned for more from the Nepal Tattoo Convention 2025, happening April 11–13 at Sanepa Heritage Garden, promoted by Nepal Tourism Board.
📸 Check out these snapshots from the walk 👇
18/03/2025
Kirtipur volunteers society celebrated its 20th Anniversary today by lighting butter lamps at Uma Maheshwor temple, Kirtipur and having a reflection discussion in presence of Founder President, Past presidents, Life Members, BOD, and General members.
We appreciate the spirit of Volunteerism in all.
15/03/2025
कीर्तिपुर स्वयंसेवक समाजको २०औं वार्षिकोत्सवको अवसरमा दीप प्रज्वलन कार्यक्रम
हामीले बितेका २० वर्षको सेवामूलक यात्रालाई स्मरण गर्दै, कीर्तिपुर स्वयंसेवक समाज को २०औं वार्षिकोत्सव को उपलक्ष्यमा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्न गइरहेका छौँ।
तपाईंहरू सम्पूर्ण परिवार तथा साथीभाइसँग सहभागी भई यो विशेष क्षणलाई अझ स्मरणीय बनाउन हार्दिक अनुरोध गर्दछौँ।
मिति: चैत ५, २०८१, मंगलवार
समय: साँझ ६ बजे
स्थान: उमामहेश्वर मन्दिर परिसर, कीर्तिपुर
तपाईंको उपस्थितिले हाम्रो उत्सवलाई अझ उज्यालो बनाउनेछ।
सादर निमन्त्रणा!
21/01/2025
आज शंखधर जेष्ठ नागरिक दिवा सेवा केन्द्र वडा नं-१० कीर्तिपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न।
९२ जना स्थानीयबासि स्वास्थ्य जाँचका लागि उपस्थिति सहयोगि, स्वास्थ्यकर्मीहरुलाई धन्यवाद
बिशेष धन्यवादः कीर्तिपुर अस्पताल, बालकुमारी चश्मा पसल (जवान माली) NAHOH केशव मान डंगोल
सहकार्य: कीर्तिपुर नगरपालिका वडा नं-१० परिवार
आयोजक: कीर्तिपुर स्वयंसेवक समाज, कीर्तिपुर जेसिस, लियो क्लब अफ कीर्तिपुर
20/01/2025
भोलि हुने स्वास्थ्य शिविरका लागि सबैलाई चुल्है निम्तो
19/01/2025
समृद्ध सांस्कृतिक सम्पदा संरक्षणमा ‘नगाउँ सम्पदा यात्रा’
६ माघ, काठमाडौं। संघीय राजधानी काठमाडौंका समृद्ध सांस्कृतिक सम्पदा संरक्षणका लागि सुरु भएको ‘सम्पदा यात्रा’ ले ....
18/01/2025
कीर्तिपुर स्वयंसेवक समाज (केभीएस) आज सम्पन्न नगाउँ सम्पदा यात्रामा उल्लेखनीय सहभागिताबाट अत्यन्त उत्साहित छ। यस कार्यक्रमले सम्पदा प्रेमी, स्थानीय बासिन्दा र संस्कृतिमा रुचि राख्नेहरूलाई नगाउँको ऐतिहासिक र सांस्कृतिक सम्पदाको खोज र सम्मान गर्न एक ठाउँमा ल्याएको छ।
हामी हाम्रा स्रोत व्यक्तिहरू सम्पदा विशेषज्ञ कर्ण महर्जन र विनय महर्जनलाई हार्दिक धन्यवाद दिन चाहन्छौं, जसले यो अनुभवलाई सबै सहभागीहरूका लागि अझ ज्ञानवर्द्धक र स्मरणीय बनाउन महत्वपूर्ण योगदान दिनुभयो। डा. श्रीकुमार महर्जनलाई उत्कृष्ट समन्वयको लागि धन्यवाद ।
नगाउँ सम्पदा यात्रा केभीएसको निरन्तर प्रयासको हिस्सा हो, जसले कीर्तिपुरकाे समृद्ध सांस्कृतिक सम्पदाप्रति जनचेतना, प्रशंसा र संरक्षणलाई प्रोत्साहन दिन्छ। हाम्राे कार्यक्रमले साझा इतिहास र पहिचान परिभाषित गर्ने अनौठा स्थलहरू, कथाहरू र परम्पराहरूलाई उजागर गर्छ।
हाम्रा आगामी कार्यक्रमहरू, सूचनाहरू र गतिविधिहरू बारे अपडेट रहनका लागि हाम्रो पेज फलो गर्नुहोस्। हामीसँग मिलेर सम्पदा संरक्षणको अभियानमा सहभागी बनौँ।
आउनुहोस्, इतिहाससँगै हिँडौं र हाम्रा सम्पदालाई भावी पुस्ताहरूका लागि सुरक्षित राखौँ।